शुक्रले गर्नेछन् आफ्नो नीच राशि कन्यामा गोचर, कस्तो रहनेछ तपाईंको राशिमा प्रभाव

शुक्र ग्रह जसलाई सुन्दरताको ग्रह पनि भनिन्छ। जसलाई दैत्यको गुरु पनि मानिन्छ।  शुक्र ग्रह मीन राशिमा उच्च हुन्छन् भने कन्या राशिमा नीचको मानिन्छ। उच्च शुक्र शुभ फलदायी हुन्छन् भने नीच शुक्र नकारात्मक परिणाम दिन्छन्। २०७८ साउन २६ गते बेलुका २०:४१ मा शुक्र कन्या राशिमा प्रवेश गर्दैछन् र यो राशिमा भदौं २० गतेसम्म रहन्छन्। आउनुहोस् जानौं सबै १२ राशिहरुलाई शुक्रले कसरी प्रभावित गर्दैछन्?

 

शुक्रको गोचरको १२ राशिहरुमा पर्ने प्रभाव

 

शुक्रको कन्या राशिमा गोचरको मेष राशिमा प्रभाव
शुक्र मेष राशिबाट छैटौँ भावमा स्थित रहनेछ। यो समयमा तपाईं अनैतिक गतिविधिमा लाग्न सक्नुहुन्छ। तपाईं आफ्नो साथीप्रति अविश्वास राख्न सक्नुहुन्छ जसले गर्दा तपाईं समय पर्न सक्नुहुन्छ। तपाईंको कामको क्षेत्रमा समस्या तथा व्यवसायमा विवाद तथा हानी हुन सक्छ। यात्राबाट पनि लाभ मिल्न सक्दैन। पारिवारिक जीवनमा कलह तथा खर्च बढ्न सक्छ। विद्यार्थीले उचित परिणामको लागि कडा मेहेनत गर्नुपर्नेछ। 

 

शुक्रको कन्या राशिमा गोचरको वृष राशिमा प्रभाव
शुक्र वृष राशिबाट पन्चम भावमा स्थित रहनेछ। यो समयमा तपाईं आफ्नो स्थितिबाट संतुष्ट हुनुहुन्न र यसलाई सुधार गर्ने प्रयास गर्नुहुन्छ।  नैतिकताको कमीले गर्दा तपाईं अत्यधिक सुखमा ध्यान दिनुहुन्छ। तपाईं आफ्नो साथीहरुका साथ मनोरंजनमा सामिल हुन सक्नुहुन्छ। अनावश्यक खर्च र गलत ठाउँमा निवेश गर्न सक्ने सम्भावना रहेकाले ध्यान दिनुपर्छ। कामको खोजीमा रहेका व्यक्तिहरुले यो समयमा काम प्राप्त गर्न सक्छन्। 

 

शुक्रको कन्या राशिमा गोचरको मिथुन राशिमा पर्ने प्रभाव
शुक्र मिथुन राशिबाट चतुर्थ भावमा प्रवेश गर्नेछ। यस समयमा तपाईं परिवारमा रहेर पनि आफुलाई एक्लो महसुस गर्न सक्नुहुन्छ। तपाईं भौतिकवादी लाभ प्राप्त गर्नमा ध्यान केंद्रित गर्नुहुन्छ। तपाईंलाई यो समयमा विभिन्न वस्तुहरु खरिद गर्ने सोच आउँन सक्छ र त्यस्ता वस्तुको खरिदले आर्थिक समस्या हुन सक्ने भएकाले ध्यान दिनुपर्छ। 
यो समयमा तपाईंले काममा असफलताको सामना गर्नुपर्ने हुन सक्छ।  वैवाहिक तथा प्रेम जीवनमा विवाद तथा झगडा हुन सक्ने भएकाले समझदारीमा रहँदा राम्रो रहला। 

 

शुक्रको कन्या राशिमा गोचरको कर्कट राशिमा पर्ने प्रभाव
यो गोचर कर्कट राशिबाट तेश्रो भावमा हुन्छ। यो समयमा तपाईंले सुख-सुविधाहरुको कमीको सामना गर्नुपर्ने हुन सक्छ। काममा कडा मेहेनतबाट मात्र उचित उपलब्धि हासिल गर्न सकिन्छ। तपाईंको आफ्नो आमा तथा भाई-बहिनीसँगको सम्बन्ध समस्यात्मक रहन सक्छ। यस अवधिमा छोटो यात्रा पनि हुन सक्ने योग छ। 

 

शुक्रको कन्या राशिमा गोचरको सिंह राशिमा पर्ने प्रभाव
सिंह राशिबाट दोश्रो भावमा शुक्र स्थित हुनेछ। यो समयमा तपाईंले थोरै आम्दानीको लागि पनि धेरै मेहेनत गर्नुपर्ने हुन सक्छ। तपाईं  व्यक्तिगत दृष्टिकोणबाट अधिक भौतिकवादी हुन सक्नुहुन्छ। यो समयमा तपाईंले धन संचय गर्न र जीवनको आनन्द लिनको लागि अनैतिक साधनको प्रयोग गर्ने प्रयास गर्न सक्नुहुन्छ। तपाईंको प्रेम तथा वैवाहिक जीवन राम्रो रहन सक्छ भने विद्यार्थीले यस अवधिमा राम्रो नतिजा प्राप्त गर्न सक्छन्। 

 

शुक्रको कन्या राशिमा गोचरको कन्या राशिमा पर्ने प्रभाव 
कन्या राशिबाट पहिलो भावमा शुक्रको गोचर हुनेछ। यो समयमा तपाईं आफ्नो रुप तथा व्यक्तित्वलाई लिएर असुरक्षित महसूस गर्न सक्नुहुन्छ। यो समयमा तपाईंको आत्मविश्वासमा कमी आउन सक्छ। व्यापारमा उन्नति हुन सक्छ भने कामबाट राम्रो प्रतिफल मिल्न सक्छ। आफ्नो मात्र कुरालाई महत्व दिनाले प्रेम जीवनमा समस्या हुन सक्छ। विद्यार्थीको पढाई यो अवधिमा राम्रो रहन सक्छ। 

 

शुक्रको कन्या राशिमा गोचरको तुला राशिमा पर्ने प्रभाव
तुला राशिबाट बाह्रौँ भावमा शुक्रको गोचर हुन्छ । यो समयमा तपाईंको स्वास्थ्यमा समस्या हुन सक्छ, त्यसैले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। यो समयमा तपाईंको अस्पतालमा खर्च हुन सक्छ। यस अवधिमा व्यापारमा वृद्धि हुन सक्छ। धातुको खरिद हुन सक्छ। लामो तथा छोटो यात्रा हुन सक्ने समय छ। वैवाहिक जीवन राम्रो रहनेछ। 

 

शुक्रको कन्या राशिमा गोचरको वृश्चिक राशिमा पर्ने प्रभाव
शुक्र वृश्चिक राशिबाट एकादश भावमा प्रवेश गर्नेछ। यो अवधिमा तपाईंलाई सामाजिक दायरा बनाउनमा असमर्थताको सामना गर्नुपर्ने हुन सक्छ। भौतिक सुख-सुविधाहरु प्रति तपाईंको स्वार्थको कारण अन्य व्यक्तिहरुले तपाईंलाई तुच्छ सम्झिन सक्छन् । यो समयमा तपाईंको आर्थिक स्थिति राम्रो रहन सक्छ र विभिन्न क्षेत्रबाट धन आर्जन हुन सक्छ। दाजुभाईको सहयोग प्राप्त हुनेछ भने प्रेम जीवन पनि राम्रो रहनेछ। 

 

शुक्रको कन्या राशिमा गोचरले धनु राशिमा पार्ने प्रभाव
धनु राशिबाट दशम भावमा शुक्रको गोचर हुन्छ। यो गोचर तपाईंको लागि अनुकूल रहन सक्छ।  तपाईंको कार्यक्षेत्रमा राम्रो प्रगतिका साथै तपाईं प्रशंसा हुनेछ। व्यापार तथा व्यवसायमा राम्रो लाभ तथा कारोबारमा विश्वासको वातावरण बन्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ।  विद्यार्थीले यो समय मेहेनत अनुसारको उचित प्रतिफल हासिल गर्नेछन्। 

 

शुक्रको कन्या राशिमा गोचरले मकर राशिमा पार्ने प्रभाव
शुक्र मकर राशिबाट नवम भावमा स्थित हुन्छ। यो समयमा तपाईंको आलोचनात्मक स्वभावले तपाईंलाई समस्यामा पार्न सक्छ। तपाईं आफ्नो कामको क्षेत्रमा मालिकको आज्ञा पालन गर्न चाहनुहुन्न, जसले गर्दा तपाईंको मालिकसँग विवाद हुन सक्छ। यो समयमा पारिवारिक जीवन राम्रो र खुसियाली रहन सक्छ। माता-पिताबाट धन प्राप्त हुन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान नदिँदा अनुकूल नतिजा प्राप्त नहुन सक्ने भएकाले पढाईमा ध्यान दिनुपर्छ। 

 

शुक्रको कन्या राशिमा गोचरले कुम्भ राशिमा पार्ने प्रभाव
कुम्भ राशिबाट शुक्रले आठौँ घरमा गोचर गर्नेछ। कुम्भ राशिक व्यक्तिहरुको जीवनको विभिन्न पक्षहरुमा महत्वपूर्ण प्रभाव पर्नेछ । घरेलू जीवनमा समस्याको सामना गर्नुपर्ने हुन सक्छ। जग्गाजमिनमा लगानीको लागि उचित समय छैन। शेयर बजार तथा अन्य जोखिमवाला लगानीको लागि पनि यो समय उचित छैन। कामवासना बढ्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न ध्यान दिनुपर्छ। विद्यार्थीको पढाई यो अवधिमा राम्रो रहन सक्छ। पिताको स्वास्थ्यमा समस्या हुन सक्ने भएकाले ध्यान दिनुपर्छ। 

 

शुक्रको कन्या राशिमा गोचरको मीन राशिमा पर्ने प्रभाव
शुक्र मीन राशिबाट सप्तम भावमा गोचर गर्नेछ। यो समयमा तपाईंको प्रेम जीवन तथा वैवाहिक सम्बन्धमा समस्याको सामना गर्नुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा सफलताको लागि तपाईंले अलिक धेरै मेहेनत गर्नुपर्ने हुन सक्छ। विपरीत लिंगीका सहकर्मीसँग विवाद हुन सक्ने भएकाले विचार गर्नुपर्छ। तपाईंको आर्थिक क्षेत्र यो अवधिमा सामान्य रहन सक्छ। विद्यार्थीले आफ्नो मेहेनत अनुसार परिणाम प्राप्त गर्न सक्छन्। 


यो गोचरफल सामान्य ज्योतिषीय आकलनको आधारमा लेखिएको छ।

यो पनि पढ्नुहोस्

ज्योतिषमा शुक्र (Venus) ग्रहको महत्व र यो ग्रहले मानव जीवनमा पार्ने प्रभाव