केतु
वैदिक ज्योतिषमा केतु ग्रहको धेरै महत्व रहेको छ। केतु (Ketu) लाई ज्योतिषमा छाया ग्रह मानिन्छ। यो लेखमा हामी केतु ग्रहको ज्योतिषीय महत्वको साथै यसको पौराणिक मान्यताको बारेमा पनि जान्नेछौँ । यो लेखमा हामी केतु यन्त्र, मन्त्र तथा रत्नको बारेमा पनि जानकारी दिनेछौं । त्यसोभए आउनुहोस् जानौं केतु ग्रहको बारेमा -
केतु ग्रह
केतु ग्रहको खगोलीय दृष्टिले हेर्दा यसको कुनै अस्तित्व छैन । वैदिक ज्योतिषमा मात्र यो ग्रहको उपस्थितिको बारेमा वर्णन रहेको पाइन्छ र त्यो पनि एक छाया ग्रहको रुपमा, जसले आफ्नो साथमा रहेको ग्रहको अनुरूप फल प्रदान गर्दछ। केतु कुण्डलीको कुन भावमा रहेको छ, यसले केतु ग्रहले दिने परिणाममा प्रभाव पार्दछ। कुनै भाव यस्ता छन् जसमा केतुग्रह हुनुले शुभ परिणाम दिन्छ भने कुनै भावमा नकारात्मक परिणाम दिन्छ। त्यसैले ज्योतिषमा यसको विशेष महत्व रहेको छ।
वैदिक ज्योतिषमा केतु ग्रहको महत्व
केतु ग्रहलाई वैदिक ज्योतिषमा एक अशुभ ग्रह मानिन्छ, तर यो कदापी होइन कि केतु ग्रहले सधैँ जातकलाई अशुभ फल नै दिन्छ। ज्योतिषीहरुको अनुसार केतु ग्रहबाट जातकलाई शुभ फल पनि प्राप्त हुन्छ। वैदिक ज्योतिषमा केतु ग्रहलाई अध्यात्म, वैराग्य, मोक्ष तथा तान्त्रिक विद्याको कारक ग्रह मानिएको छ। ज्योतिषमा केतु (Ketu) लाई कुनै पनि राशिको स्वामित्व प्राप्त छैन। धनु केतु ग्रहको उच्च राशि हो भने मिथुन राशि यो ग्रहको नीच राशि रहेको छ ।
केतु यी नक्षत्रहरुको हो स्वामी
वैदिक ज्योतिषमा रहेका २७ नक्षत्रहरुमध्ये केतु अश्विनी, मघा र मूल नक्षत्रको स्वामी हो। वैदिक शास्त्रहरुको अनुसार केतु ग्रह स्वरभानु राक्षसको हो, त्यस्तै यस राक्षसको शिर भाग भनेको राहु ग्रह हो। ज्योतिष शास्त्र अनुसार राहु र केतु ग्रह कुनै जातकको जन्म कुण्डलीमा काल सर्प दोष निर्माण गर्ने कारक ग्रह हुन्छन् अर्थात् राहु र केतुको बीचमा अन्य सातै ग्रहहरु रहेमा कालसर्प योग बन्दछ। दिशाहरुमा केतु (Ketu) को प्रभाव वायव्य कोणमा रहेको मानिन्छ।
केतु ग्रहको मानव जीवनमा प्रभाव
शारीरिक संरचना तथा गुण–अवगुण अनुसार केतुको प्रभावको विचार गर्दा जातकमा केतु (Ketu) ले अग्नि तत्वको प्रतिनिधित्व गर्दछ। केतुको कारणले नै जातकको स्वभाव कठोर हुन्छ र जातक छिटो आक्रोशित हुन्छ। ज्योतिष शास्त्रमा केतु ग्रहको कुनै निश्चित राशिको व्यवस्था छैन, त्यसैले केतु जुन राशिमा स्थित हुन्छ त्यो त्यहिँ राशि वा त्यसमा रहेको ग्रह अनुसार जातकलाई परिणाम दिने हुन्छ। ज्योतिषीहरुको अनुसार यदि केतु ग्रह लग्नमा छ भने यस्तो अवस्थामा जातक स्वभावले साधू हुन्छ वा अध्यात्म प्रति उसको रुचि हुन्छ।
कुण्डलीमा केतु ग्रह प्रबल हुनु
यदि कुनै जातकको कुण्डलीमा केतु तेश्रो, पाँचौं, छैटौँ, नवौँ तथा दशौँ भावमा स्थित छ भने जातकलाई यसको शुभ परिणाम प्राप्त हुन्छ। यदि जातकको कुण्डलीमा केतु बृहस्पति ग्रहको साथ युति बनाउँछ अर्थात् एकै राशिमा रहन्छ भने जातक यसको प्रभावले राजाको समान जीवनयापन गर्नमा सक्षम हुन्छ। यदि यहिँ युति मंगलको साथ केतुको हुन्छ भने जातकलाई यसले साहस प्रदान गर्दछ।
कुण्डलीमा केतु ग्रह कमजोर हुनु
कुण्डलीमा केतु (Ketu) ग्रह कमजोर हुनाले जातकलाई विभिन्न प्रकारको समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा जातक आवेश तथा रिसाहा हुन सक्छ । जातकको कार्य सजिलै सिद्ध हुँदैन, उसलाई सानो-सानो कामलाई पूरा गर्न पनि जरूरत भन्दा धेरै परिश्रम गर्नुपर्ने हुन्छ।
केतुको पौराणिक महत्व
केतु ग्रहको पौराणिक मान्यताको कुरा गर्दा यसको सम्बन्ध समुन्द्र मन्थनसँग रहेको छ। स्वरभानु नामको राक्षसको शरीर हो केतु ग्रह, कथा अनुसार अमृत पान गर्नाले नारायणले स्वरभानु राक्षसको शिर सुदर्शन चक्रले काटिदिएका थिए, तत्पश्चात् त्यस असुरको शिरको नाम राहु र शरीरको नाम केतु भयो। स्वरभानु दैत्यलाई सुर्य र चन्द्रमाले अमृत पान गर्दा चिनेर विष्णु भगवानलाई बताएका थिए, त्यसैले यी दुई मिलेर सूर्य तथा चन्द्र ग्रहण लगाउँछन् भन्ने मान्यता रहेको छ।
यन्त्र - केतु यन्त्र
मन्त्र - ऊँ स्रां स्रीं स्रौं सः केतवे नमः
रत्न - लहसुनिया
रंग – खैरो
उपाय - केतुको अशुभ प्रभावबाट बच्नको लागि जातकले केतु ग्रहको शान्तिको उपाय गर्नुपर्छ। यसको साथै जातक केतु (Ketu) यन्त्र वा मन्त्रको पनि उपयोग गर्न सक्छन्।