राशि अनुसार मानिसका कमजोर पक्षहरु

ज्योतिषशास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । उसको जन्म समयलाई आधार मानेर जन्म कुण्डली तयार पारिन्छ । जन्म कुण्डलीमा बसेका ग्रहको प्रभाव स्वरुप उसमा देखिने भूत, वर्तमान र भविष्यको फलादेश गरिन्छ ।
त्यसो त हरेक मानिसका राम्रा र कमजोर पक्षहरु हुन्छन् । कतिपय कुराहरुको विषयमा आफू जानकार नभएर पनि हामी असफलताको बाटोमा गईरहेका हुन सक्छौ । समयमै आफ्नो कमजोरी बुझेर अगाडी बढ्न सक्ने हो भने सफलता हात मिल्नेमा दुविधा छैन । त्यसैले राशि अनुसार व्यक्तिमा कस्ता कमजोरी हुन सक्छन्  ? आज हामी त्यसको बारेमा चर्चा गर्दैछौँ। 

मेष राशि
मेष राशिका मानिसहरु धेरै चाँडै रिसाउँछन्, जसको कारण मानिसहरुसंग उनीहरूको सम्बन्ध बिग्रन्छ । परिणाम स्वरूप यसले सफलताको बाटोबाट पछाडि धकेल्छ । त्यसैले मेष राशि भएका व्यक्तिहरूले आफ्नो रीस नियन्त्रण गर्नुपर्ने शास्त्रले बताउँछ ।

वृष राशि
वृष राशि भएका मानिसहरू अटेरी, घमण्डी, जिद्दीपन स्वभावका हुन्छन् । यी राशि भएका मानिसहरुमा रिसालु स्वभाव पनि उत्तिकै हुन्छ । त्यसैले आफूमा हुने यी स्वभावमा परिवर्तन गर्ने हो भने वृष राशि भएका व्यक्तिले सफलता पाउनेछन् ।

मिथुन राशि
मिथुन राशि भएका व्यक्तिहरू अरुलाई धेरै चाँडै विश्वास गर्दछन् । अरुको विवेकमा काम गर्दा प्राय उनीहरुले नोक्सान भोगिरहेका हुन्छन् । उनीहरुको हातबाट धेरै राम्रा अवसरहरू समेत गुमिरहेका हुन्छन् । तसर्थ यी अवस्थालाई ध्यानमा राखेर अघि बढ्ने हो भने मिथुन राशिका व्यक्तिहरूले कार्यसिसिद्धि पाउनेछन् ।

कर्कट राशि
कर्कट राशि भएका मानिसहरु धेरै भावनात्मक हुन्छन् । तिनीहरू प्रायः भावनात्मकतामा लागेर गलत निर्णय लिन्छन् । जसको कारणले कर्कट राशि भएका व्यक्तिहरुले पछि पछुताउनुबाहेक केही हुँदैन । त्यसैले कर्कट राशि भएका व्यक्तिहरुले यी विषयमा बेलामै सोच्नुपर्ने हुन्छ ।

सिंह राशि
सिंह राशि भएका मानिसहरु आफ्नो आवश्यकता पुरा गर्नको लागि कुनै कुरा बाँकी राख्दैनन् । यहाँसम्म कि उनीहरु धेरै समय खर्च गरेर भए पनि आफ्नो काम फत्ते गर्न चाहान्छन् । साथै छोटो तरिकाले काम गर्ने कुरामा निर्धक्क तरिकाले खर्च गर्छन् । जसको कारण उनीहरुलाई भविष्यमा पछुतो हुन सक्छ । उसको सबैभन्दा ठूलो कमजोरीनै खर्च गर्ने बानी हो, जुन बानी परिवर्तन गर्नुपर्दछ ।

कन्या राशि
कन्या राशि भएका मानिसहरु स्वभावैले अहंकारी हुन्छन् । त्यसैले अरूलाई उनीहरु आफूभन्दा साधारण भन्ने ठान्छन् । तिनीहरूको यस्तै कार्यहरूले यिनीहरुको प्रगतिमा बाधा सिर्जना भइरहेको हुन्छ । कन्या राशि भएका व्यक्तिहरूले आफ्नो अहंकार र अरूलाई तुच्छ ठान्ने प्रकृतिबाट टाढा बस्नु उपयुक्त हुनेछ ।

तुला राशि
तुला राशि भएका व्यक्तिहरू सहयोगी भावनाका हुन्छन् । उनीहरु दिन दुखीहरुलाई मात्र नभएर आवश्यकता भन्दा बढी सहयोग गर्ने हुन्छन । यसले सधैँ सफलता हुन्छ भन्ने होइन । यस विषयमा पनि तुला राशि भएकाहरुले सोच्नुपर्ने हुन्छ । किनकी मानिसहरूले तपाईको कमजोरीको फाइदा उठाइरहेका हुन्छन् । उदार प्रकृति स्वभाव देखेर मानिसहरुले यिनीहरुलाई धोका नदेलान् भन्ने के छ र ?

वृश्चिक राशि
वृश्चिक राशि भएका मानिसहरु हरेक कुरामा रिसाउने स्वभावका हुन्छन् । यो उनीहरुको सबैभन्दा ठूलो कमजोरी नै रिस हो । यही क्रोधको कारण तिनीहरूलाई सफलताको मार्गमा अवरोध सिर्जना भइरहेको हुन्छ । वृश्चिक राशि भएकाहरुले आफ्नो रिस र आवेगलाई नियन्त्रणमा राख्नु नै सवैभन्दा ठूलो बुद्धिमता हुनेछ ।

धनु राशि
धनु राशि भएका मानिसहरु धेरै बोल्ने स्वभावका हुन्छन् । उनीहरुलाई कतिपय ठाउँमा बोली कै प्रभाव स्वरुप सफलतामा अड्चन आइरहेको हुनसक्छ । उनीहरु आफू साधारण भएपनि ठूला ठूला कुरा गरेर अरुलाई सानो बनाउन खोज्ने प्रवृत्ति हुन्छ । उनीहरूको यही बानीले प्रगति पथमा अवरोध सिर्जना भएको हुनसक्छ । त्यसैले सकेसम्म कम बोल्ने महत्वपूर्ण बिषयमा बोल्दा पनि सोचेर मात्र बोल्ने गर्नुपर्दछ ।

मकर राशि
मकर राशिका मानिसहरुलाई लाग्दछ कि आफू नै सवै कुरामा निपूर्ण छु । तर, यो भ्रम मात्र हो । यसले तपाईलाई नयाँ कुरा जान्ने र सिक्नेमा बाधा पुगिरहेको हुन्छ । यस्तो स्वभावलाई मकर राशिका मानिसहरुले परिवर्नत गर्न सके उसले सफलता हात पार्ने विश्वास गरिन्छ । तसर्थ अहमता त्यागेर अरुको कुरा सुन्ने र बुझ्ने गर्नु नै मकर राशिका लागि महत्वपूर्ण हुनेछ ।

कुम्भ राशि
कुम्भ राशि भएका मानिसहरु आफ्नो कुरामा अडिग रहन्छन् । उनीहरु अरुको अगाडी झुक्न तयार हुँदैनन् । केही कुरामा अडिग रहनु ठिक होला तर सवै कुरामा यसले फाइदा पु¥याउँदैन । उनीहरुलाई यही बानीले प्रगति पथमा बाधा सिर्जना गरिरहेको हुनसक्छ । यो कुरालाई कुम्भ राशि भएकाहरुले सदैव मनन गर्नुपर्ने हुन्छ ।

मीन राशि
मीन राशि हुनेहरुमा आत्मविश्वासको कमी हुन सक्छ । जीवनमा केही गरौँ भन्ने हौशलाको कमी हुने हुँदा यिनीहरुको जीवनमा विभिन्न चुनौतीहरु आइरहेका हुन्छन् । साना–तिना कुराहरु पनि उनीहरुलाई गम्भीर लाग्न सक्छन् । त्यसैले आत्मविश्वास बढाउनु नै मीन राशिका व्यक्तिहरुका लागि सफलता हुनेछ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish