वृहज्जातकम् अनुसार नक्षत्र अनुसार मानिसको स्वभावहरू

अश्विनी नक्षत्र भएको मानिस अलङ्कार प्रिय अर्थात कपडा गरगहना फेरि फेरि लगाउन सौखिन,सुन्दर शरीर भएको, सबैलाई रिझाउन सक्ने, काम गर्नमा दक्ष र बुद्धिमान हुन्छ। चु, चे, चो, ला नामको पहिलो अक्षर भएका मानिसहरूको अश्विनी नक्षत्र हुन्छ।

भरणी नक्षत्र भएका मानिस बोलेको वचन पूरा गरनेवाला, सत्य बोल्नेवाला, रोग कम भएको, चलाख र सुखी हुन्छन्। ली, लु, ले, लो नामको पहिलो अक्षर भएका मानिसहरूको भरणी नक्षत्र हुन्छ।

कृत्तिका नक्षत्र भएका मानिस धरै खाने, परस्त्रीरत, असहिष्णु र विख्यात हुन्छन्। अ, ई, ऊ, ए नामको पहिलो अक्षर भएका मानिसहरूको कृत्तिका नक्षत्र हुन्छ।

रोहिणी नक्षत्र भएका मानिस सत्य वोल्ने, पवित्र रहने, मीठो बोली बोल्ने, स्थिरबुद्धि र सुन्दर हुन्छ । ओ, वा, वी, वू नामको पहिलो अक्षर भएका मानिसहरूको रोहिणी नक्षत्र हुन्छ।

मृगशिरा नक्षत्र भएका मानिस चञ्चल, चलाख, डराउने, पण्डित, उत्साही, धनी र भोगविलासी हुन्छ। वे, वो, का, की नामको पहिलो अक्षर भएका मानिसहरूको मृगशिरा नक्षत्र हुन्छ।

आर्द्रा नक्षत्र भएको मानिस नरम ह्रदयको, घमण्डी, कृतघ्न, हिंसक, र पापी हुन्छ। कू, घ, ङ, छ नामको पहिलो अक्षर भएका मानिसहरूको आर्द्रा नक्षत्र हुन्छ।

पुनर्वसु नक्षत्र भएको मानिस दु:ख सहने, सुखी, सुशील, बुद्धिहीन, रोगी, थोरैमा सन्तुष्ट रहने हुन्छ। के, को, हा, ही नामको पहिलो अक्षर भएका मानिसहरूको पुनर्वसु नक्षत्र हुन्छ।

तिष्य नक्षत्र भएको मानिस शान्त ह्रदय भएको, सबैको प्रिय, विद्वान, धनी र धार्मिक हुन्छ। हू, हे, हो,डा नामको पहिलो अक्षर भएका मानिसहरूको तिष्य नक्षत्र हुन्छ।

अश्लेषा नक्षत्र भएको मानिस मूर्ख, सर्वहारा, पापी, अर्काको उपकार नमान्ने र धूर्त हुन्छ। डी, डू, डे, डो नामको पहिलो अक्षर भएका मानिसहरूको अश्लेषा नक्षत्र हुन्छ।

मघा नक्षत्र भएको मानिस धनी, नोकरचाकरले युक्त, भोगविलासी, भगवान र मातापिताको भक्त र मेहनति हुन्छ। मा, मी,मू, मे नामको पहिलो अक्षर भएका मानिसहरूको मघा नक्षत्र हुन्छ।

पूर्वफाल्गुनी नक्षत्र भएको मानिस प्रियवक्ता, दान गर्ने, कान्तियुक्त, भ्रमणप्रिय र राजाको सेवक हुन्छ। मो, टा, टी, टू नामको पहिलो अक्षर भएका मानिसहरूको पूर्वफाल्गुनी नक्षत्र हुन्छ।

उत्तरफाल्गुनी नक्षत्र भएको मानिस सबैको प्रिय, विद्याको उपयोगबाट धनलाभ गर्ने, भोगविलासी र सुखी हुन्छ। टे, टो, पा, पी नामको पहिलो अक्षर भएका मानिसहरूको उत्तरफाल्गुनी नक्षत्र हुन्छ।

हस्ता नक्षत्र भएको मानिस उत्साही, लज्जा नभएको, मदिरा सेवन गर्ने, दया नभएको र चोर हुन्छ। पू, ष, ण, ठ नामको पहिलो अक्षर भएका मानिसहरूको हस्ता नक्षत्र हुन्छ।

चित्रा नक्षत्र भएको मानिस रंगीविरंगी कपडा लगाउने , सुन्दर आँखा र सुन्दर शरीर भएको हुन्छ। पे, पो, रा, री नामको पहिलो अक्षर भएका मानिसहरूको चित्रा नक्षत्र हुन्छ।

स्वाती नक्षत्र भएको मानिस दुख सहने, तपस्वी, उदार, व्यापारी, कृपालु, मधुरभाषी र धर्मात्मा हुन्छ। रू, रे, रो, ता नामको पहिलो अक्षर भएका मानिसहरूको स्वाती नक्षत्र हुन्छ।

विशाखा नक्षत्र भएको मानिस ईर्ष्या गर्नेवाला, लोभी, कान्तिवान्, बोल्नमा दक्ष र कलह गर्ने हुन्छ। ती, तू, ते, तो नामको पहिलो अक्षर भएका मानिसहरूको विशाखा नक्षत्र हुन्छ।

अनुराधा नक्षत्र भएको मानिस धनी, परदेशमा रहने र भ्रमणप्रिय हुन्छ। ना, नी, नू, ने नामको पहिलो अक्षर भएका मानिसहरूको अनुराधा नक्षत्र हुन्छ।

ज्येष्ठा नक्षत्र भएको मानिस थोरै साथी भएको, सन्तोषी, धर्मात्मा तर धेरै रिसाहा हुन्छ। नो, या, यी, यू नामको पहिलो अक्षर भएका मानिसहरूको ज्येष्ठा नक्षत्र हुन्छ।

मूल नक्षत्र भएको मानिस मानसम्मान पाउने वाला, धनी, सुखी, शान्त ह्रदयको, स्थिर चित्त भएको र भोगविलासी हुन्छ। ये, यो, भा, भी नामको पहिलो अक्षर भएका मानिसहरूको मूल नक्षत्र हुन्छ।

पूर्वषाढा नक्षत्र भएको मानिस असल पत्नीले युक्त, मानसम्मान पाउने वाला, दृढ मित्रता गरनेवाला हुन्छ। भू, ध, फा, ढा नामको पहिलो अक्षर भएका मानिसहरूको पूर्वषाढा नक्षत्र हुन्छ।

उत्तरषाढा नक्षत्र भएको मानिस विनययुक्त, धर्मात्मा, धेरै मित्र भएको, अर्काको उपकारको कदर गर्ने र सबैको प्रिय हुन्छ। भे, भो, जा, जी नामको पहिलो अक्षर भएका मानिसहरूको उत्तरषाढा नक्षत्र हुन्छ।

श्रवण नक्षत्र भएको मानिस धनसम्पत्तीले युक्त, पण्डित, उदार, असल पत्नी/पती भएको र प्रख्यात हुन्छ। खी, खू, खे, खो नामको पहिलो अक्षर भएका मानिसहरूको श्रवण नक्षत्र हुन्छ।

धनिष्ठा नक्षत्र भएको मानिस दाता, धनी, बलवान, गीतप्रिय र लोभी हुन्छ। गा, गी, गू, गे नामको पहिलो अक्षर भएका मानिसहरूको धनिष्ठा नक्षत्र हुन्छ।

शतभिषा नक्षत्र भएको मानिस स्पष्ट बोलने वाला, शत्रुलाई जित्ने, बिना विचार काम गर्ने र कसैको पनि अधिनमा नरहने हुन्छ। गो, सा, सी, सू नामको पहिलो अक्षर भएका मानिसहरूको शतभिषा नक्षत्र हुन्छ।

पूर्वभाद्रपदा नक्षत्र भएको मानिस दुःखी ह्रदय भएको, स्त्रीको अधिनमा रहने, धनी, पण्डित र लोभी हुन्छ। से, सो, दा, दी नामको पहिलो अक्षर भएका मानिसहरूको पूर्वभाद्रपदा नक्षत्र हुन्छ।

उत्तरभाद्रपदा नक्षत्र भएको मानिस बोल्नमा दक्ष, सुखी, धेरै छोराछोरी भएको, शत्रुलाई जित्ने र धार्मिक हुन्छ। दू, ध, झ, ञ नामको पहिलो अक्षर भएका मानिसहरूको उत्तरभाद्रपदा नक्षत्र हुन्छ।

रेवती नक्षत्र भएको मानिस सुन्दर शरीर भएको, सबैको प्रिय, युद्धप्रिय, पवित्र ह्रदय र धनवान् हुन्छ। दे, दो, चा, ची नामको पहिलो अक्षर भएका मानिसहरूको रेवती नक्षत्र हुन्छ।

 

नोट: यो केवल जन्म नक्षत्र अनुसारको फल भएकाले जन्म समयको राशि र ग्रहस्थितिले मानिसको स्वभावमा केही भिन्नता पनि हुन सक्छ ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish