सूर्यग्रहको स्वरुप-
सूर्य ग्रहको पित्त प्रकृति हुन्छ। यसको अस्थि (हड्डी) मजबुत हुन्छ। कपाल थोरै वा पातलो हुन्छ। आकृति रक्त-श्याम (रातो र नीलो रङ्ग मिसिएको) वर्णको हुन्छ। आँखा पिङ्गल वर्णको हुन्छ। शरीरको बनावट चतुरस्र अर्थात् लम्बाई र चौडाई मिलेको हुन्छ। हातको भुजा ठूलो हुन्छ। रातो कपडा धारण गर्ने हुन्छ भने शूरवीर र प्रचण्ड स्वभावको हुन्छ।
पित्तास्थिसारोSल्पकचश्च रक्तश्यामाकृति: स्यान्मधुपिंङ्गलाक्ष:।
कौसुम्भवासाश्चतुरस्रदेह: शूर: प्रचण्ड: पृथुबाहुरर्क: ।।
(फलदीपिका)
सूर्यग्रहसँग सम्बन्धित वा सूर्यग्रहको कारक विषयहरु-
तामा, सुन, पिताको शुभफल, आफ्नो सुख, आत्मा, सुख, प्रताप, धैर्य, शौर्य, युद्धमा विजय, राजाको सेवा, ज्ञान, भगवान् शिव सम्बन्धि विषय, वन वा पहाडको यात्रा, हवनादि काममा प्रवृति, देवस्थान, तीक्ष्णता र उत्साह आदिको विचार सूर्यबाट गर्नुपर्छ वा सूर्य ग्रह यी विषयहरुको कारक रहेको छ।
ताम्रं स्वर्णं पितृशुभफलं चात्मसौख्यप्रतापं
धैर्यं शौर्यं समितिविजयं राजसेवा प्रकाशम्।
शैवं कार्यं वनगिरिगतिं होमकार्यप्रवृतिं
देवस्थानं कथयतु बुधस्तैक्ष्ण्यमुत्साहमर्कात्।।
(फलदीपिका)