शुक्रको दोषको लक्षण:
हातको औंला, छाला आदिमा समस्या।
राजनीतिको क्षेत्रमा घाटा, प्रेम र विवाहको सम्बन्धहरु बिग्रिने।
जीवन साथीको स्वास्थ्यले गर्दा तनाब हुने।
शुक्रको दोषको समाधान:
माता लक्ष्मीको पूजा गर्नुहोस्।
ऊं श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसिद प्रसिद श्रीं ह्रीं श्रीं महालक्ष्म्यै नम:
यो मन्त्र हरेक रातमा १ माला जप गर्नुहोस्।
कमलको फूलको माला माता लक्ष्मीलाई अर्पण गर्नुहोस्।
मन्दिरमा आरती पूजाको लागि गाईको घिऊ दान गर्नुहोस्।
गाईलाई घाँस खुवाउनुहोस्।
चाँदी वा माटोको भाँडोमा मह भर्नुहोस् र घरको कौसीमा राख्नुहोस्।
शुक्रबारको दिन मन्दिरमा काँसको भाँडा दान दिनुहोस्।
रातो रंगको गाईको सेवा गर्नुहोस्।