कुन ठाउँमा कोठी हुनाले कस्तो सङ्केत गर्दछ ? जान्नुहोस् |
समुन्द्रशास्त्र अनुसार मानिसको शरीर , अनुहार, हातखुट्टा लगायत बिभिन्न अंगबाट उसको लक्षण, असल एवं कमजोर पक्षहरु बारे थाह पाउन सकिन्छ । शरीरमा भएका चिन्ह, खत एवं कोठीबाट पनि उसको भाग्य र भविष्यको बारेमा बुझ्न सकिन्छ । ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको व्यवहार बताउन सक्ने सक्ने बिषयमा उल्लेख गरेको पाइन्छ । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? शरीरको विभिन्न भागमा हुने कोठीहरुको अर्थ र संकेत यसप्रकार रहेको छ।
- यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।
- कसैको चिउडोमा कोठी भएमा उ आफ्नो जिवनसाथी संग खासै प्रेम गर्दैन र रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ ।
- यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नो श्रीमान वा श्रीमतीसंग बहुतै प्रेम गर्छ र राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ ।
- देब्रे पटी बायाँ आँखामा कोठी हुने व्यक्तिको जिवनसाथीसंग झगडा भइरहन्छ । दाम्पत्य जीवन तनाबपूर्ण रहन्छ ।
- दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन । उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।
- देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन ।
- ओठमा कोठी हुने मान्छे बढी उत्तेजक हुन्छन र यिनीहरुको मन खाली काम वासनासम्बन्धि कुराहरुमा भड्की रहन्छ ।
- कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात कम उमेरमा नै मृत्यु हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ ।
- गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि ।
- दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ ।
- दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन भन्ने संकेत हो ।
- नाकमा कोठी हुन्छ उनीहरुलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले यिनीहरु यात्रा गरिरहन पाउछन ।
- दाहिने छातीमा कोठी हुनु भनेको प्रेम हुनुको संकेत हो । जसको दाहिने छातीमा कोठी हुन्छ उनीहरु आफ्नो पती पत्नीलाई खुबै प्रेम गर्छन् ।
- देब्रे छातीमा कोठी छ भने त्यस्ता मानिसहरुको आफ्नो श्रीमान श्रीमती वा अन्य महिला पुरुषहरुसंग कुनै ना कुनै बहानामा झगडा भइ रहन्छ ।
- कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग लडिरहनु पर्छ भन्ने कुराको संकेत हो ।
- पेटमा कोठी हुने मानिसहरु राम्रो र मिठो मसिनो खानाको सौखिन हुन्छन ।
- पिठ्युँमा कोठी हुने मानिसहरु आफ्नो जीवनकालमा धेरै यात्रा गर्छन ।
- दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान हुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।
- जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे खर्चालुमध्येमा पर्छ ।
- दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ भन्ने संकेत हो ।
- कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने बुझ्नुपर्छ ।