सूर्य ग्रह र यसको शुभ/अशुभ प्रभाव

यो वैदिक ज्योतिषमा एक महत्वपूर्ण र प्रमुख ग्रह हो। सूर्यले जन्मकुण्डलीहरूको अध्ययनमा पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। हिन्दू धर्ममा सूर्यलाई देवी देवताको रुपमा पूजा गरिन्छ। वैदिक ज्योतिषका अनुसार सूर्यलाई ताराहरूको बुबा मानिन्छ। यो एक यस्तो ग्रह हो जुन कहिले पनि वक्री हिड्दैन।

वैदिक ज्योतिषमा सूर्य ग्रह जन्मकुण्डलीमा  बुबाको प्रतिनिधित्व गर्दछ।

ज्योतिषमा सूर्यलाई आत्माको कारक मानिएको छ। यसको मेडिकल र आध्यात्मिक फाइदाहरूका लागि मानिसहरू बिहान उठ्दछन् र सूर्य नमस्कार गर्छन्।

हिन्दू पन्चाङ्ग अनुसार आइतवार सूर्य ग्रहलाई समर्पित छ। सूर्यको रंग ताम्र  र रत्न माणिक्यलाई मानिन्छ। सूर्य ग्रह सिंह राशिको स्वामी हो र यो मेष राशिमा उच्च हुन्छ, जबकि तुला यसको नीच राशि हो। सूर्यलाई कुण्डलीमा सम्मान र प्रगतिको कारक मानिन्छ।

हिन्दू पन्चाङ्गको गणना विभिन्न राशिमा सूर्य ग्रहको आवागमनको आधारमा मात्र सम्भव छ। जब सूर्य एक राशिबाट अर्को राशिमा सर्छ, यसलाई सौर्य महिना भनिन्छ। राशि चक्रमा १२ राशिहरु रहेका छन्। त्यसकारण, सूर्यलाई १२ राशिको चक्र घुम्नको लागि एक वर्ष लाग्छ।

सूर्य ग्रहको बारे मा मान्यता
ज्योतिष अनुसार राम्रो बलयुक्त सूर्य ब्यक्तिलाई लक्ष्य प्राप्ति, साहस, प्रतिभा, नेतृत्व क्षमता, सम्मान, ऊर्जा, आत्म-विश्वास, आशा, ख़ुशी, आनंद, दयालु, शाही उपस्थिति, वफादारी, कुलीनता, सांसारिक कुरामा  सफलता, सत्य, जीवन शक्ति आदि प्रदान गर्दछ।
त्यस्तै, यसको विपरीत कमजोर वा नीच सूर्य ग्रहले व्यक्तिलाई अहंकारी, उदास, विश्वासहीन, ईर्ष्यालु, क्रोधी, महत्वाकांक्षी, आत्म केंद्रित, क्रोधी आदि बनाउँछ।

मान्यता अनुसार सुनमा सूर्यको बल छ भने चाँदीमा चन्द्रमाको शक्ति छ भन्ने विश्वास गरिन्छ। त्यस्तै, ज्योतिष अनुसार कुण्डलीमा सूर्य कमजोर हुनाले आँखा सम्बन्धी रोगहरू हुन सक्छ भने नीच सूर्यले तपाईंलाई धेरै ठाउँमा अपमानित पनि गराउँछ।

सूर्य ग्रह खराब हुनुको कारण-

  • घरको पूर्व दिशा दूषित हुनाले।
  • भगवान विष्णुको अपमान।
  • पिताको सम्मान नगर्नाले।
  • बिहान ढिलो सम्म सुतेर उठ्नाले।
  • शुक्र, राहु और शनिसँग रहनाले।

 

सूर्य ग्रहको कारणले हुन सक्छ यी स्वास्थ्य सम्बन्धि समस्या-

  • सूर्य खराब हुनाले आखाँको कमजोरी हुन सक्ने धेरै सम्भावना रहन्छ।
  • व्यक्तिले आफ्नो विवेकको राम्रो उपयोग गर्न सक्दैन ।
  • दिमाग समेत शरीरको दायां भाग सूर्यबाट प्रभावित हुन सक्छ।
  • मुख र दाँतमा समस्या हुन सक्छ।
  • बेहोश हुने रोग हुन सक्छ।

 

सूर्य ग्रह खराब हुनुको लक्षण-

  • पटक-पटक बिना गल्ति पनि अपमान हुनुपर्ने।
  • गुरु, देवता और पिताको साथ छुट्नु।
  • राज्य वा प्रशासनबाट समस्या हुनु।
  • जागिरमा समस्या हुनु वा काम छुट्नु।
  • सुन हराउनु वा चोरी हुनु।
  • यदि सूर्य र शनि कुण्डलीमा एउटै भावमा छ भने श्रीमतीलाई कष्ट हुन सक्छ।
  • यदि सूर्य र मंगल ग्रह कुण्डलीमा सँगै छ र चन्द्र र केतु पनि सँगै छ भने छोरा, मामा र पितालाई  कष्ट दिन सक्छ।

 

सूर्य ग्रहको शान्ति उपाय : कुण्डली अनुसार अलग अलग-

  • घरको पूर्व दिशा वास्तुशास्त्र अनुसार ठीक गर्नुपर्छ।
  • भगवान विष्णुको उपासना गर्नुपर्छ ।
  • आदित्य हृदय स्तोत्रको पाठ गर्नुपर्छ।
  • गायत्री मंत्रको जाप गर्नुपर्छ।
  • सूर्य ग्रहको मन्त्रको जाप गर्नुपर्छ।
  • उदाउँदो सूर्यलाई बिहान नमस्कार गर्नुपर्छ।
  • सूर्यलाई तामाको भाँडाबाट अर्घ्य दिनुपर्छ।
  • रविवारको व्रत गर्नुपर्छ।
  • पिताको सम्मान गर्नुपर्छ।
  • तामा, गहुँ र गुडको दान गर्नुपर्छ।
  • ॐ घृणी सूर्याय नमः 108 पटक (1 माला) जाप गर्नुपर्छ।

 

सूर्य ग्रहको वैदिक मन्त्र
ॐ आ कृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्यं च।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन्।।

सूर्य ग्रहको तान्त्रिक मन्त्र
ॐ घृणि सूर्याय नमः।।

सूर्य ग्रहको बीज मन्त्र
ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः।।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish