धनु लग्नमा उत्पन्न जातकको फल

(धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन् धनु लग्न भएका मानिसहरू)
यस लग्नका जातक सिद्ध स्वभावयुक्त, पित्तप्रकृति र अधिकार प्रिय हुन्छन्, ज्ञानसम्बन्धी विषय र धार्मिक क्रियाकलाप यिनीहरूको रुचिको क्षेत्र हो। यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा देवगुरु बृहस्पतिको प्रभाव देख्न पाइन्छ, त्यसैले यस्ता मानिसहरू आस्तिक हुन्छन् र दर्शनशास्त्रमा रूचि राख्दछन्। यिनीहरूको छाती पुष्ट र ठूलो हुन्छ र मोटो शरीरका साथै कद सामान्य हुन्छ। यिनीहरूको कफ प्रकृति भएका कारण धेरै छिटो मौसमी परिवर्तनको प्रभाव पर्दछ, यिनीहरूले सादा पानी र आयुर्वेदिक दबाइको प्रयोग गर्नु उचित हुन्छ।
मेष लग्नमा उत्पन्न जातकको फल
यस्ता व्यक्तिको आध्यात्म र ज्योतिषप्रति रूचि हुने गर्दछ। यस्ता व्यक्ति सबैभन्दा श्रेष्ठ, ज्ञाता र बुद्धिमान् हुने गर्दछन्। चिनामा देवगुरु बृहस्पति बलियो स्थितिमा छ भने त यस्ता व्यक्तिमा आफ्नो ज्ञानका सम्बन्धमा अहंकार पनि हुन्छ, अनि स्वयं आफै आफ्नो ज्ञानको बखान गर्न मन पराउँछन्। यस्ता व्यक्ति आफ्नो कुरामा गम्भीर हुन्छन्, धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन्। यस्ता मानिस राम्रो सल्लाहकार बन्न सक्छन्, तर यिनीहरूले कसैले नमागी सल्लाह दिंदै हिंडनु हुंदैन, यसो गरेमा आलोचनाको पात्र हुनु पर्नेछ। यिनीहरूको वित्त व्यवस्थापनसम्बद्ध सल्लाह राम्रो हुन्छ, यस्ता मानिसहरूले आम्दानीखर्चको हिसाबकिताब राम्ररी राख्न सक्छन्। यस्ता व्यक्तिमा निरन्तर आफ्नो लक्ष्यप्रति केन्द्रित रहने गण हुन्छ र जबसम्म त्यसलाई प्राप्त गर्दैनन्, तबसम्म शान्तिले बस्दैनन्।
वृष लग्नमा उत्पन्न जातकको फल
यस्ता व्यक्ति प्रत्येक समयमा प्रसन्नचित्त अवस्थामा रहन्छन्। यस्ता व्यक्तिको ज्यादातर रूचि आफ्नो पारम्परिक व्यवसायलाई अघि बढाउनुमा हुन्छ।यिनीहरूमा दूरदर्शिताको गुण पनि पाउन सकिन्छ त्यसैले यिनीहरूको कार्यमा हानिको मात्रा कम हुन्छ। यस्ता मानिसहरू ईश्वरप्रिय भएका कारणले गलत कामबाट टाढा बस्न चाहन्छन् र कहिलेकाहीं चिन्तित पनि हुनपुग्छन्। यस लग्नमा जन्म लिने व्यक्ति आदर्शवादी हुनाले उत्साही हुन्छन्। यिनमा छलण्कपटको भावना हुँदैन। यिनीहरू गुलियो र मिठो खानेकुरामा धेरै चासो राख्छन्, त्यसैले यस्ता व्यक्ति मोटा हुने गर्दछन् तर यिनीहरूले गुलियो पदार्थको सेवन घटाउँदा स्वास्थ्य सबल हुने देखिन्छ। कहिलेकाहीं अन्य मानिसहरूले यिनीहरूलाई अर्काका विरुद्ध भडकाउने प्रयास गर्दछन्, तर यस्ता मानिसहरूले आफ्नो सुझबुझ र समझदारीको परिचय दिंदै यी कुरामा वास्ता गर्दैनन्।
मिथुन लग्नमा उत्पन्न जातकको फल
यस्ता मानिसहरू इमानदार र धनसंयमी हुने गर्दछन्, त्यसैले लेखा र व्यवस्थापनको कलामा यिनीहरू प्रवीण हुन्छन्। समाजसेवी, कथावाचक, कर्मकाण्डी, सम्मानको आकांक्षा राख्ने, ड्राइभर, भूगर्भविद्, साहित्यकार आदि हुनु यस लग्नको वैशिष्ट्य हो।

कर्कट लग्नमा उत्पन्न जातकको फल

सिंह लग्नमा उत्पन्न जातकको फल

कन्या लग्नमा उत्पन्न जातकको फल

तुला लग्नमा उत्पन्न जातकको फल

वृश्चिक लग्नमा उत्पन्न जातकको फल

मकर लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नमा उत्पन्न जातकको फल

मीन लग्नमा उत्पन्न जातकको फल

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish