विवाहमा गुण मिलानको महत्व

गुण मिलान भनेको के हो?
ज्योतिषशास्त्रमा विवाहका लागि मिलानलाई आवश्यक मानिन्छ। हिन्दु धर्ममा विवाहलाई पवित्र बन्धनको रूपमा लिइन्छ, जसमा केटा र केटीले शपथ लिन्छन् कि उनीहरूले एक अर्कालाई सात फेर्लगाएर कहिले पनि छोड्दैनन्। हामी यहाँ विवाहलाई सात जन्मको बन्धन मान्छौं। त्यसकारण विवाह अघि त्यहाँ धेरै कुराहरु छन् जसमा हामीले विशेष ध्यान दिनु पर्छ। तर यसमा सब भन्दा महत्त्वपूर्ण कुरा कुण्डली मिलान हो जुन केहि मानिसहरू अष्‍टकूट गुण मिलान पनि भन्छन्।

विवाहमा जेठ महिनाको विचार 

कुण्डली मिलान वा गुण मिलानमा केटा र केटीको कुण्डलीमा रहेका ग्रह, नक्षत्रको विचार गरेर त्यो अनुसार केटा र केटी दुबैको गुणको मिलान गरिन्छ, र पूरै परिक्षण गरेपछि यो निष्कर्षमा पुग्न सकिन्छ। केटा  र केटी एक अर्काको लागि योग्य छन् कि छैनन्।

विवाहको महिना विचार

 गुण मिलानको महत्व
यस आधुनिक समयमा धेरैजसो व्यक्तिलहरु प्रेम विवाह गर्दछन्, त्यसैले तिनीहरू कुण्डली मिलान जस्ता चीजहरूमा विश्वास गर्दैनन्। तर धर्मशास्त्रका अनुसार सफल विवाहको लागि कुण्डली मिलान एकदम महत्त्वपूर्ण छ। यसले हामीलाई केटा र केटीको बीच कति विचारको, स्वभावको आदि समानता  छ भन्ने बारे जानकारी दिन्छ। गुणहरू मात्र होइन तर कुण्डली मिलानको मद्दतले हामी उनीहरुको बैवाहिक जीवनमा कुनै दोष वा समस्या त हुँदैन भनेर पनि विचार गरिन्छ।

विवाहमा वर्ण मिलान

विवाह पछि वर र बधु राम्रो र खुसिसँग जीवन निर्वाह गरुन् भन्नका लागि नै विवाह अघि केटा र केटीको कुण्डली मिलान गरिन्छ। साथै, दुबैको जन्म चार्टमा ग्रह, नक्षत्र, इत्यादिको स्थितिलाई हेरेर यो अनुमान गर्न सकिन्छ  कि तिनीहरूको विवाहित जीवन कस्तो हुनेछ। 

जे होस्, कुण्डली मिलान एकदम महत्त्वपूर्ण छ तर त्यहाँ अर्को पनि महत्त्वपूर्ण कुरा हामीले अवलोकन गर्नु आवश्यक छ र त्यो यो हो कि जोडीहरू माथिबाट बनेर आउँछन् तर आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नका लागि त्यो सम्बन्ध कायम राख्न जिम्मेवारी पति र पत्नीमा भर पर्छ। यदि तपाईं समझदारी  र ईमानदारीको साथ आफ्नो सम्बन्ध निभाउनुहुन्छ भने  तपाईंहरुको गुण मिलानमा थोरै गुण मिलेपनि खासै  फरक पर्दैन। अर्कोतर्फ, यदि तपाईंले आफ्नो जीवनसाथीसँग तालमेल राख्ने प्रयास पनि गर्नुभएन भने, यदि तपाईंहरुको  36 गुणहरू मिलेको  भए पनि तपाईंको सम्बन्ध स्थायी हुँदैन।

विवाहमा भकूट विचार

गुण मिलान कसरी गरिन्छ ?
यो ज्योतिष मा बताइएको छ कि व्यक्तिको जन्म समयको  ग्रह स्थितिको प्रभाव व्यक्तिको जीवनमा पर्छ। एक व्यक्तिको जीवनको सबै घटनाहरूको तारहरू त्यस समयमा ग्रह स्थितिसँग जोडिएका हुन्छन्।

वैदिक ज्योतिष प्रणालीमा, अष्टकूट विधि केटा-केटीको  गुणहरू मिलाउन प्रयोग गरिन्छ। यस विधिका अनुसार दुई बिचको अनुकूलता परीक्षण प्रमुख ८ मापदण्ड रहेका छन्, जुन बिभिन्न कुराको प्रतिक रहेका छन् । यस विधिका अनुसार केटा-केटी विवाह गुण मिलान गर्दा चन्द्रमाको स्थिति देखिन्छ।  गुण मिलानमा ८ कुराहरु प्रमुख रहेका छन्: वर्णको १ , वश्यको २, ताराको ३, योनीको ४, ग्रह मैत्रीको ५, गणको ६, राशि भकूटको ७ र नाडीको ८ गरि जम्मा ३६ गुण हुन्छ । 

 

यो पनि पढ्नुहोस्:-

विवाहमा गुण मिलानका आठ अङ्ग र तिनीहरुले नेतृत्व गर्ने क्षेत्र

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish