विवाहमा मुहूर्त विचार

सृष्टि प्रक्रियालाई निरन्तरता दिने कार्य विशेषलाई विवाह भनिन्छ । मानवले औपचारिक रूपमा आफ्ना विधि-विधानपूर्वक विवाह गर्दछन् भने मानवेतरको अनौपचारिक विवाह हुन्छ । प्रकृति र पुरुषको संयोगबाट सृष्टिको सुरुवात विवाहपश्चात् हुने गर्दछ । जीवनचक्रलाई निरन्तरता दिन नै विवाहका विधि अवलम्बन गरिन्छन् । हरेक सजीव प्राणीको सृष्टि प्रक्रिया यही प्रणलीमा आधारित छ । मानव सचेत प्राणी भएर नै विवाह विधिलाई विशेष बानउने गर्दछन् ।

संसारमा विवाह विधि भिन्न भिन्न प्रकृतिका पाइन्छन् । मूलतः स्त्री र पुरूषबीचको सहअस्तित्वको स्वीकार नै विवाहमा हुने गर्दछ । जसलाई कसिलो बनाउन अनेका विधि र प्रक्रिया अवलम्बन भएका पाइन्छन् । विवाहित स्त्री पुरूषका जीवनमा पारिवारिक, आर्थिक, धार्मिक, सामाजिक आदि दायित्व हुन्छन् । यिनै दायित्वमा बाँधिने कार्य विशेष नै विवाह हो । मनुले आठ प्रकारका विवाहको चर्चा गरेका छन् । 
ब्राहृमो दैवस्तथैवार्ष प्राजापत्यस्थासुरः ।
गान्धर्वौ राक्षसश्चैव पैशाचष्टमोऽधमः ।।
’ (मनु३।२१) 
अर्थात् ब्राहृम, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच । यी आठ विवाहमध्ये सुरुका चारवटालाई राम्रा स्तुत्य विवाह मानिएको छ भने अन्य चार विवाहलाई निन्दनीय मानिएको छ ।

विवाहमा सौरमार प्रधान हुन्छ । चन्द्रमाहिनाले वैशाख छ तर सौर महिनाले चैत्र नै छ भने यस्तो स्थितिमा विवाह गर्न निषेध गरिएको छ । यसैले सातवटा महिना मात्र विवाहका निम्ति ग्राहृय रहन्छन् । यसरी जुरेका महिनाभित्र पनि उपयुक्त नक्षत्र, तिथि, बार जुरेको हुनुपर्दछ ।

विधिपूर्वक गरिने विवाह सनातन पद्धतिअनुसार आफ्नै नियममा बद्ध भएका छन् । उपयुक्त समयमा गरिएका कार्य नै फलदायी हुने गर्दछन् । हरेक कार्य गर्ने विशेष समय हुन्छ । यसैले विवाहका निम्ति पनि उपयुक्त समयको निर्धारण गरिएको छ । ज्योतिष एवं धर्मशास्त्रका विधिनिर्देश अनुसार विवाहका साइत जुर्ने गर्दछन् । जसका लागि धेरै विषयवस्तु अनुकूल तुल्याउनुपर्ने हुन्छ । यसैले विवाहका लगन प्रायः थोरै हुने गर्दछन् । विवाहका लागि सर्वप्रथम उपयुक्त महिना आवश्यक हुन्छ । सबै महिनामा विवाह गर्न मिल्दैन । वैशाख, जेठ, मंसिर, माघ, फागुन र आषाढको प्रथम तृतीयांश अर्थात् आषाढ शुक्लप्रतिपदाबाट दशमीसम्म, हरिशयनी एकादशीपूर्व मात्र विवाहका महिना जुर्ने गर्दछन् ।

मिथुनकुम्भमृगालिवृषाजगे मिथुनगेऽपि रवौ त्रिलवे शुचेः ।
अलिमृगाजगते करपीडनं भवति कार्तिकपौषमधुष्वपि ।।
’(मुहूर्त चिन्तामणि, ६।१३)

विवाहमा सौरमार प्रधान हुन्छ । चन्द्रमाहिनाले वैशाख छ तर सौर महिनाले चैत्र नै छ भने यस्तो स्थितिमा विवाह गर्न निषेध गरिएको छ । यसैले सातवटा महिना मात्र विवाहका निम्ति ग्राहृय रहन्छन् । यसरी जुरेका महिनाभित्र पनि उपयुक्त नक्षत्र, तिथि, बार जुरेको हुनुपर्दछ । मृगशिरा, हस्त, मूल, अनुराधा, मघा, रोहिणी, उफा, उषा, उभाप र स्वाती विवाहका निम्ति शुभ नक्षत्र मानिएको छ । यस्ता नक्षत्र पनि पापग्रहले युक्त छन् भने त्याज्य रहन्छन् । यसका साथै पापग्रह बसेको नक्षत्रबाट पञ्चशलाकामा सामनेको नक्षत्र पनि अशुभ रहने गर्दछ । शलाका चक्रमा वेधरहित नक्षत्रमात्र शुभ रहन्छ भनी मुहूत्र्तचिन्तामणिमा बताइएको छ :

‘निर्वेधैः शशिकरमूलमैत्र्यपित्र्यब्राहृमान्त्योत्तरपवनैः शुभो विवाहः ।
रिक्ताऽमारहिततिथौ शुभेऽहिृन वैश्व–प्रान्त्याङ्घ्रिः श्रुतितिथिभागतोऽभिजित्स्यात् ।।
’ (मुहूत्र्तचिन्तामणिः, ६।५५)

विवाहका लागि उपयुक्त तिथि पनि आवश्यक रहन्छ । रिक्ता (४।९।१४) र औंसी (३०) बाहेकका अन्य तिथि शुभ रहन्छन् । (मुहूर्त चिन्तामणि, ६।५५) यसमा पनि प्रदोष परेको द्वादशीलाई उपयुक्त मानिँदैन । तिथि पनि अनुकूल भएपछि वार पनि शुभ हुनु अनिवार्य रहन्छ । विवाहका लागि मंगलबार अशुभ मानिएको छ । आइतर, शनिबार मध्यम हुन् भने अन्य बार शुभ रहन्छन् :

‘शुक्लद्वितीयादित एव कृष्णे पक्षे दशम्यान्तर्गताः प्रशस्ता ।
तास्वाष्टमीस्कन्द्रगणेशदुर्गाचतुर्दशी चापि तिथिर्विवज्र्य ।।
वाराः प्रशस्ताः शुभखेचराणां सूर्यार्किवारौ खलु मध्यमौ तौ ।
त्यज्यः सदा भूमिसूतस्य वारः कामार्कतिथ्योरपि तौ प्रदोषौ ।।
’ (पीयूषधारटीका, वसिष्ठको मत, पृ.३४८)

यसैगरी विवाहका लागि निषिद्ध मुहूत्र्त पनि बताइएको छ । ४८ मिनेटको एक मुहूत्र्त हुन्छ । दिनमा पन्ध्र मुहूत्र्त र रातमा पनि १५ मुहूत्र्त हुन्छन् । आइतबार दिनको चौधौं मुहूर्त अशुभ रहन्छ र सोमबार नवौं र बाह्रौं मुहूर्त, बुधवार आठौं मुहूर्त, बिहीबार छैटौं र बाह्रौं मुहूर्त, शुक्रबार चौथो र नवौं र शनिबार पहिलो र दोस्रो मुहूर्त निषेध गरिएको छ । यसैगरी रातमा सोमबार र शुक्रबार आठौं मुहूर्त र शनिबार पहिलो मुहूर्तमा विवाह निषेध गरिएको छ । (मुहूर्त चिन्तामणि, ६।५२-५४)

यसैगरी विवाहका निम्ति मृत्युवाण त्याज्य रहन्छ । सूर्य १,१०,१९,२८ अंशमा रहेका दिन मृत्युबाण हुन्छ । (मुहूर्त चिन्तामणि, ६।७४) यसका साथै विवाहमा संक्रान्तिको आसपासको विशेष समय त्याग्नुपर्दछ । हरेक ग्रह एक राशिबाट अर्को राशिमा गएको दिन तत् ग्रहको सङ्क्रान्ति हुन्छ । सूर्यसंङ्क्रान्ति भएको ३३ घटी त्याज्य रहन्छ । यसैगरी चन्द्रसङ्क्रान्ति भएको २ घटी, मंगल सङ्क्रान्ति भएको ९ घटी, बुधसङ्क्रान्ति भएको ६ घटी, गुरू सङ्क्रान्ति भएको ८८ घटी, शुक्र सङ्क्रान्ति भएको ९ घटी, शनि सङ्क्रान्ति भएको १६ घटी त्याज्य रहन्छ । विशेषतः विवाहका निम्ति सूर्यसङ्क्रान्ति सर्वथा त्याज्य रहन्छ । (मुहूर्त चिन्तामणि, ६।८०)

महिना, दिन, नक्षत्र, तिथि, वार उपयुक्त भएपछि शुभ लग्न जुराउनु पर्दछ । लग्न भनेको समय हो । उक्त दिन कुन समयमा विवाहको मुख्य कार्य कन्यादान शुभ रहन्छ भनी लग्नद्वारा निर्धारण गरिन्छ । एक दिनमा बाह्रवटा लग्न हुन्छन् । विवाहलग्नबाट १२ औँ शनि अशुभ मानिएको छ । यसैगरी लग्नबाट १०औं मंगल, तेस्रो स्थानमा शुक्र अशुभ मानिन्छ । लग्नमा चन्द्रमा र पापग्रह (सू.,मं,श,रा,के) बसेका छन् भने उक्त लग्न (समय) विवाहका निम्ति ग्राहृय हुँदैन । छैटौं स्थानमा लग्नस्वामी शुक्र र चन्द्रमा अशुभ रहन्छन् । आठौं स्थानमा चन्द्रमा, लग्नेश, सबै शुभग्रह, मंगल अशुभ रहन्छन् । सातौं स्थानमा सबै शुभग्रहको निवास अशुभ रहन्छ ।

सप्तमस्थान पनि शुद्ध रहनुपर्छ (मुचि., ६।८६) । ३।११।८।६ स्थानमा सूर्य, शनि, राहु, केतु रहेको, ३।६।१० स्थानमा मंगल, २।३।११ स्थाना चन्द्रमा, १।२।३।४।५।६।९।१०।१२ स्थानमा बुध र बृहस्पति, १।२।४।५।९।१०।११।१२ स्थानमा शुक्र शुभ रहन्छ । छैटौं स्थानमा शुक्रको निवास शुभ मानिन्छ । तर आफ्नो शत्रुको राशि (४।५), नीच (६) राशिमा शुक्र भए दोष लाग्दैन । मंगल अष्टमस्थानमा अशुभ रहन्छ । तर सूर्यसँग रहेर अस्त भई बसेको भए, आफ्नो शत्रुको राशि (३।६) मा भए, नीच राशि (४)मा भए अष्टमस्थभौमको दोष लाग्दैन ।

चन्द्रमा आफ्नो नीच राशि (८) वा कुनै लग्नमा वृश्चिक राशिको नवमांशमा चन्द्रमा भए ४।८।१२औं चन्द्रमाको दोष रहँदैन ।(मुहूर्त चिन्तामणि, ६।८८)

यसरी लग्नको विचार गरिसकेपछि नवमांश पनि उचित हुनुपर्दछ । नवमांश भनेको राशिको नवौं भाग हो । एक राशिको लग्नभित्र नौवटा नवमांश हुन्छन् । दुई घण्टाको लग्न हुँदा १३ मिनेट २० सेकेण्डको एक नवमांश हुन्छ । विवाहका निम्ति : धनु, तुला, कन्या, मिथुन, मीन नवमांश शुभ मानिएको छ । (मुहूर्त चिन्तामणि, ६।८४)

यसैगरी विवाहमा गोधुली समय त्याज्य रहन्छ । मंसिर, पुस, माघ, फागुन महिनामा सूर्य अस्त क्षितिजमा रहेको १ घटी पछि सम्म गोधुलि रहन्छ । चैत्र, वैशाख, जेठ, असार महिनामा सूर्य बिम्ब अस्त क्षितिजमा आधा देखिएपछिको १ घटीपछि सम्म गोधुली रहन्छ । श्रावण, भाद्र, आश्विन, कार्तिक महिनामा सम्पूर्ण सूर्य अस्त भएपछिको १ घटीपछि सम्म गोधुली काल रहन्छ । (मुहूर्त चिन्तामणि,.६।१०२) । यसका साथै ग्रहणलागेको नक्षत्र र ग्रहण लागेको दिन पनि विवाह नगर्नू भन्ने शास्त्रको आदेश छ । पाप ग्रहयुक्त नक्षत्र र पञ्चशलाकामा उक्त नक्षत्रबाट विद्व नक्षत्र पनि विवाहका निम्ति अशुभ मानिन्छ ।

पात्रामा लगन दिएका दिनमा पनि कुनै व्यक्तिको विवाह नजुर्नसक्ने स्थिति रहन्छ । सर्वप्रथम व्यक्तिलाई अर्थात् वर र कन्या दुबैलाई विवाह जुरेको हुनपर्दछ । कन्याको समवर्षमा बृहस्पति शुद्धिपश्चात् विवाह शुभ हुन्छ । यसैगरी विसमवर्षमा सूर्य शुद्धिपूर्वक वरको विवाह शुभ हुन्छ ।

यसका साथै लत्ता दोष, पात दोष, उपग्रह दोष, अर्धयाम दोष, कुलिक दोष, जामित्रदोष, बधिर दोष पनि त्याज्य रहन्छन् । यसरी यी सबै कुरा जुराउँदा विवाहका लग्न थोरै दिनमात्र जुर्ने गर्दछन् । पात्रामा यी सबै कुरा जुराएर लग्न दिएको हुन्छ । यसैले पात्रामा विवाहका लगन जुरेका दिन थोरै हुने गर्दछन् । पात्राका सबै लगन सबैलाई उपयुक्त नहुनसक्छन्

पात्रामा लगन दिएका दिनमा पनि कुनै व्यक्तिको विवाह नजुर्नसक्ने स्थिति रहन्छ । सर्वप्रथम व्यक्तिलाई अर्थात् वर र कन्या दुवैलाई विवाह जुरेको हुनपर्दछ । कन्याको समवर्षमा बृहस्पति शुद्धिपश्चात् विवाह शुभ हुन्छ । यसैगरी विसमवर्षमा सूर्य शुद्धिपूर्वक वरको विवाह शुभ हुन्छ । वर कन्या दुवैको मिलान गर्दा चन्द्रमा शुद्धिलाई विचार गर्नुपर्दछ । (मुहूर्त चिन्तामणि, ६।१२) अर्थात् वरको राशिबाट सूर्य रहेको राशि चौथो, आठौं र बाह्रौं हुनुहुँदैन । यसको साथै जन्ममहिनामा पनि विवाह निषेध गरिएको छ । कन्याको राशिबाट ४।८।१२ राशिमा बृहस्पति अशुभ रहन्छन् । यसका साथै वर र कन्या दुवैको राशिबाट चन्द्रमाको राशि ४।८।१२ पार्नु हुँदैन ।

यसैले पात्रामा दिएका विवाहका लग्नका दिन यी कुरा वर कन्या विशेषलाई जुरेका छन् छैनन् हेनुपर्ने हुन्छ । यसका साथै वर र कन्याको जन्मलग्नबाट आठौं राशिको विवाहलग्न हुनुहुँदैन भनिएको छ । यसका साथै जन्मलग्नबाट आठौं राशिको नवमांश पनि विवाहका समयमा हुनु हुँदैन । यसका साथै जन्म तिथि, वार, नक्षत्र आदिको पनि विचार गनुपर्दछ । जेठो (पहिलो गर्भको) व्यक्तिको विवाह जेठ महिनामा नगर्नू भनिएको छ । यसैले यी कुरालाई पनि विचार गरेरमात्र विवाहको उपयुक्त लग्न निकाल्नुपर्दछ ।

विधिपूर्वक कन्यादान दिने समय विवाहका निम्ति मुख्य रहने गर्दछ । कन्यादान गर्ने उपयुक्त समय जुराउन धेरै विषवस्तुको विचार गरेर उपयुक्त समय निर्धारण गर्नुपर्दछ । जसका निम्ति महिना, दिन, वार, नक्षत्र, तिथि, लग्न नवमांश विशेष रहन्छन् । महिनाभित्र दिन, दिनभित्र लग्न र लग्नभित्र नवमांश रहनेगर्दछन् । यसरी उचित समयमा गरिएका विवाह वैवाहिक जीवनलाई सुखद् तुल्याउने हुन्छन् । हरेकको कार्यगर्ने उचित समय हुन्छ । यस्तै विवाह गर्ने पनि शास्त्रले उचित समय निर्धारण गरेका छन् । उक्त सही समय तय गर्नका लागि धेरै विषयवस्तु विचारणीय हुन्छन् जसले गर्दा विवाहका लगन थोरै हुने गर्दछन् ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish