घरमा वा कार्यालयमा कछुवा किन राखिन्छ ? के छ यसको लाभ ?

हिन्दू धर्म र वास्तु शास्त्रका अनुसार घरमा कछुवा राख्नु धेरै शुभ मानिन्छ। यसले घरमा खुशी, समृद्धि र सकारात्मक ऊर्जाको संचार गर्दछ। धार्मिक मान्यता अनुसार भगवान विष्णुको एक रुप कछुवाको थियो। भगवान विष्णुले कछुवाको रूप लिए र समुद्रको मंथनको क्रममा मन्दार पर्वतलाई आफ्नो कवचमा उठाए। भनिन्छ जहाँ कछुवा हुन्छ, त्यहाँ लक्ष्मीको आगमन हुन्छ। चिनियाँ वास्तुशास्त्र फेंगशुईमा पनि कछुवा राख्नु धेरै शुभ मानिन्छ। कछुवा राख्नाले घर वा कार्यालयमा सकरात्मक उर्जा रहन्छ। आउनुहोस् जानौं घरमा कछुवा राख्नुको फाइदाहरु-

 

 

घरमा कछुवा राख्नुको फाइदा-

वास्तु शास्त्रका अनुसार घर वा भवनको उत्तर दिशामा कछुवा राख्नाले धनको लाभ र शत्रुहरूको नाश गर्दछ। परिवारका सदस्यहरू सुरक्षित रहन्छन्। परिवारको मुख्य व्यक्तिको आयु लामो हुन्छ। घरको मुख्य प्रवेशद्वारमा कछुवाको तस्वीर राख्नाले परिवारमा शान्ति कायम रहन्छ र समस्या र नकारात्मक चीजहरूलाई भवनबाट टाढा राख्छ। घरको नकरात्मक उर्जा पनि हट्छ। घरमा धातुको कछुवा राख्नाले घरमा रहनेहरुको मुड राम्रो रहन्छ। यदि व्यवसायीले आफ्नो व्यवसाय गर्ने स्थानको प्रवेशद्वारमा कछुवाको तस्वीर राख्छ भने व्यवसायमा सफलता र धन लाभ हुन्छ र काम धेरै समयसम्म रोकिदैंन।

 

 

धनका वा स्वास्थ्यका समस्याहरू हुन्छन् टाढा-

जसलाई आर्थिक समस्या भएको छ उसले घरमा कछुवा राख्नाले लाभ हुन्छ। यदि कसैलाई धन सम्बन्धी समस्या छ भने उसले घरमा क्रिस्टलको कछुवा ल्याउनु पर्छ। घरमा कछुवा राख्दा परिवारका सदस्यहरूको आयु बढ्छ र उनीहरूलाई थुप्रै रोगबाट टाढा राख्छ। घरमा रहेको कछुवाले तपाईं र तपाईंको परिवारलाई नराम्रो नजरबाट बचाउँछ। घरमा कछुवा राख्दा परिवारका सदस्यहरूमाझ खुशी र शान्ति आउँछ। नयाँ व्यवसाय सुरू गर्ने क्रममा पसल वा अफिसमा चाँदीको कछुवा राख्नु एकदमै शुभ मानिन्छ। घरमा कछुवा राख्नाले जीवनमा निरन्तर उर्जाको प्रवाहलाई एकसमान कायम राख्दछ, जसले गर्दा उतार-चढावहरू कम आउँछ। तपाईंको घर वा कार्यालयमा वास्तु दोषका कारण धेरै उतार-चढाव भएको हुन सक्छ।

 

 

 

चिनियाँ वास्तुमा कछुवा राख्नको लागि मान्यता

चिनियाँ फेंगशुईमा चीजहरूलाई सहि दिशामा राख्नको लागि विशेष निर्देशन छ। सही दिशामा राख्नाले नै राम्रो फल मिल्दछ । उदाहरण को लागि यदि तपाइँ फेंगशुई कछुवाको गलत दिशामा राख्नुहुन्छ भने यसले फाइदाको सट्टा तपाईंलाई हानी गर्दछ। तपाईंको व्यक्तिगत जीवनमा तपाईंले ऊर्जाको अभाव महसुस गर्न थाल्नुहुनेछ। तसर्थ कछुवालाई गलत दिशामा राख्नुको नराम्रो प्रभावबाट बच्नको लागि हामीले कछुवालाई राख्ने सहि दिशा थाहा पाउनु पर्दछ। घर होस् वा कार्यालय होस्, सकारात्मक ऊर्जा ल्याउन वस्तुहरूलाई ठीक ठाउँमा राख्नु धेरै महत्त्वपूर्ण छ । ध्यानमा राख्नुहोस् कि फेंगशुई वास्तुमा कछुवालाई संरक्षक मानिन्छ। किनकि यो चिनियाँ वास्तुकलाको चार दिव्य प्राणी मध्ये एक हो।

 

फेंगशुई अनुसार कछुवा राख्नको लागि निर्देशन

चिनियाँ वास्तुकलामा कालो कछुवाले उत्तर दिशा पाएको छ, हरियो अजिङगरले पूर्वी दिशा पाएको छ, रातो फिनिक्स(एक पौराणिक चरा जो ५०० बर्ष बाच्थ्यो)ले दक्षिण दिशा र सेतो चितुवाले पश्चिम दिशा पाएको छ। यी चारले कुनै पनि व्यक्तिको जीवनमा उर्जाको नियन्त्रण गर्छन्। अफिस वा घरको पछाडि कछुवा राख्दा अपार उर्जा दिन्छ ताकि तपाईं आफ्नो सबै कामहरू ठीकसँग गर्न सक्नुहुनेछ। यदि तपाईं क्यारियरमा धेरै प्रगति चाहानुहुन्छ भने कालो कछुवालाई उत्तर दिशामा राख्नुहोस्। यसले व्यापार र क्यारियरमा उन्नतिको संभावनाहरुलाई बढाउँछ। सामान्यतया कछुवा घरमा 'भाग्य' को लागी राखिन्छ। तर निश्चित प्रकारको महिला कछुवा, जसको पछाडि बच्चा कछुवा पनि हुन्छ, यसलाई प्रजननको प्रतीक मानिन्छ। जसको घरमा सन्तान छैनन् वा जो दम्पती सन्तान सुखबाट वञ्चित छन्, तिनीहरूले यस प्रकारको कछुवा आफ्नो घरमा राख्नु पर्छ।

 

कालो रंगको कछुवा बाहेक, धेरै प्रकारका कछुवाहरू बनेका छन्। यी सबैको  प्रभाव फरक छ। अलग- अलग तत्वबाट बनेको कछुवाहरुले उर्जालाई अलग- अलग तरिकाबाट फरक पार्छन् । तपाईं आफ्नो आवश्यकता अनुसार कछुवा छनौट गर्न सक्नुहुन्छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish