साँझको समयमा नगरौ यी काम, हुन्छ आर्थिक तथा पारिवारिक समस्या

साँझको समय नगरौ यी काम। 

केहि यस्ता कामहरु हुन्छन् जुन साँझको समयमा गर्नुहुँदैन। भनिन्छ कि यी कामहरु गर्नाले घरमा नकारात्मक ऊर्जाको वास हुन्छ, परिवारका सदस्यहरु बीच तालमेल मिल्दैन र माता लक्ष्मी पनि रुष्ठ हुन्छिन्, जसले गर्दा दरिद्रताको सामना पनि गर्नुपर्ने हुन सक्छ। आज हामी तपाईंलाई हिन्दू धर्म अनुसार जुन कामहरु साँझको समयमा गर्नुहुँदैन भनिएको छ, ती कामहरुको बारेमा बताउँदैछौँ।  हिन्दू धर्ममा केहि कामहरुको लागि विशेष नियम रहेको छ, ती नियमहरुको पालन गर्नाले घरमा र  आफ्नो जीवनमा सुख शान्तिको वातावरण बन्दछ। यदि तपाईं पनि चाहनुहुन्छ कि तपाईंलाई ईश्वरको आशीर्वाद मिलोस् र  तपाईंको घरमा सुख शान्तिको वातावरण बनिरहोस्, तपाईंले तल बताइएका कामहरुलाई नगर्नु भनेर निर्धारित गरिएको समयमा गर्नबाट बच्नुपर्छ।

सबैभन्दा पहिले हामी कुरा गर्नेछौँ झ्याल र ढोकासँग सम्बन्धित नियमको । सूर्यास्तको समयमा घरको मुख्य द्वार कहिलेपनि बन्द राख्नुहुँदैन। भनिन्छ कि साँझको समयमा घरमा माता  लक्ष्मीको आगमन हुन्छ, यदि यस्तो अवस्थामा यदि तपाईं घरको द्वार बन्द गर्नुहुन्छ भने तपाईंको घरमा माता लक्ष्मीको आगमन कसरी हुन सक्छ, त्यसैले सूर्यास्तको समयमा वा साँझमा आफ्नो घरको मुख्य द्वार खुला राख्नुपर्छ, जसले गर्दा घरमा माता लक्ष्मीको आगमन हुन्छ र परिवारमा खुसी प्राप्त हुन्छ ।

हाम्रो समाजमा अनेकतामा एकता देख्न सकिन्छ । सबैजना मिलेर समाजमा रहन्छन्। जब घरमा कुनै वस्तु सकियो भने कहिलेकाहि छिमेकीकोमा माग्न जाने चलन पनि रहेको छ। तर यदि साँझको समयमा लसुन, प्याज वा सियो माग्न आयो भने बिर्सेर पनि उसलाई ती कुराहरु दिनु हुँदैन।  साँझको समयमा यी चीजहरु अरुलाई दिनु वा अरुसंग माग्नु अशुभ मानिन्छ।  यस्तो मान्यता छ कि यदि साँझको समयमा यी चीजहरु घरबाट निस्किन्छन् भने त्यसले अशुभ परिणाम दिन्छ जसले गर्दा घरका सदस्यहरु बीच आपसी तालमेल नमिल्न सक्छ।

तुलसीको बोट एक पवित्र वृक्ष हो। यससँग सम्बन्धित विभिन्न नियमहरु रहेका छन्, जस्तै कि आइतबारको दिन तुलसीको वृक्षलाई छुनु हुँदैन । यदि तपाईं तुलसीको वृक्षमा बत्ति बाल्नुहुन्छ भने बत्ति निभेपछि त्यसलाई तुलसीको वृक्षमा छोड्नु हुँदैन।  यस्तै शास्त्रीय मान्यता अनुसार साँझको समयमा तुलसीको वृक्षलाई छुनु हुँदैन। तुलसीको वृक्षलाई राधा रानीको स्वरूप मानिएको छ र साँझको समयमा उनी लीला गर्न जान्छिन्, त्यसैले साँझको समयमा  तुलसीलाई छुनु अपराध मानिएको छ। यदि तपाईं साँझमा तुलसीमा बत्ति बाल्नुहुन्छ भने तुलसीलाई नछोइकन बाल्नुपर्छ।  

दान गर्नु राम्रो कुरा हो तर  सूर्यास्तको समयमा  दान गर्नु तपाईंको लागि समस्याको कारण बन्न सक्छ। शास्त्रीय मान्यता अनुसार सूर्यास्तको समयमा पैसाको लेनदेन गर्नुहुँदैन। साँझको समय व्यक्तिले कसैलाई पनि उधारो दिनुहुँदैन र उधारो लिनु पनि हुँदैन। यस्तै साँझको समयमा दान पनि गर्नुहुँदैन। धनसँग सम्बन्धित काम बिहान गर्नु शुभ मानिएको छ। 

यस्तै एउटा यस्तो  मान्यता छ जुन भोजनसँग सम्बन्धित छ। भनिन्छ कि साँझको समयमा भोजन गर्नुहुँदैन। यदि कुनै व्यक्ति सूर्यास्तको समयमा भोजन गर्दछ भने यसले उसको आयु कम हुन्छ र स्वास्थ्यमा पनि राम्रो प्रभाव पर्दैन। सूर्यास्तको समयमा भोजन गर्नाले त्यसको सीधा प्रभाव मन-मस्तिष्क र पाचन क्रियामा नकारात्मक रुपमा पर्दछ।  यदि कुनै व्यक्ति सूर्यास्तको समयमा भोजन गर्दछ भने  त्यसको धनको हानी र घरमा दरिद्रता आउँछ ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish