गरुड पुराण: यस्ता व्यक्तिको घरमा खाना खानुहुँदैन

गरुड पुराणमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन् । यो १८ पुराणमध्येको एक हो । यसमा २७९ अध्याय र १८ हजार श्लोक छन् । यसको रचना वेदव्यासले गरेका थिए ।

गरुड पुराणले गर्न हुने र नहुने कुरामा मार्गदर्शन गरेको छ । यसमा कस्ता व्यक्तिले पकाएको खानेकुरा खान उचित हुँदैन भनी उल्लेख गरेको छ । झट्ट सुन्दा त यो सामान्य लाग्छ । तर, यी साना कुराहरुले नै जीवनमा ठूलो अर्थ राख्छ ।

गरुड पुराणमा भनिएको छ, खराब आचरण भएको, खराब ढंगका, क्रोधित, लोभी व्यक्तिले पकाएको वा उसको भान्सामा पाकेको खानेकुरा सेवन गर्नुहुँदैन ।

 

लुटेर ल्याइएको खानेकुरा

लुटेर, ठगेर, छलेर, ढाँटेर ल्याएको खानेकुरा छ भने त्यस्ता मान्छेको भान्सामा पाकेको खानेकुरा खानु अनुचित हो । अरुलाई दुःख दिएर, रुवाएर बटुलेको अन्नपानी खाँदा हाम्रो शरीर नै विकारयुक्त हुन्छ । आफ्नो इमान, श्रम, मिहेनतले आर्जन गरेको अन्नपानी मात्र खानुपर्छ ।

 

क्रोधित व्यक्तिले पकाएको

खाना पकाइरहेको बेला प्रशन्न र आनन्दित हुनुपर्छ भनिन्छ । क्रोधित व्यक्तिले पकाएको खानेकुरा खान उचित नहुने गरुण पुराणमा उल्लेख छ । क्रोधित एवं रिसाह व्यक्तिले रिसको झोंकमा खानेकुरालाई विषाक्त बनाइदिन सक्छन् । त्यसैले उनीहरुको हातबाट पाकेको खानेकुरा खान हुँदैन ।

 

दुष्ट व्यक्ति

अरुलाई दुःख दिने, अरुको पीडामा रमाउने र अरुको कुभलो चिताउने व्यक्तिले पकाएको वा उसको घरमा पाकेको खानेकुरा खान उचित हुँदैन । यस्ता व्यक्ति खराब नियतका हुन्छन् । उनीहरुले तपाईंलाई हार्दिकतापूर्वक खान ख्वाउँदैनन् । कुनै कालो नियत राखेर ख्वाउँछन् । त्यसरी खराब नियत राखेर बनाएको वा दिएको खानेकुरा खानु स्वास्थ्यका लागि ठिक हुँदैन ।

 

कुरा काट्ने व्यक्ति

कतिपय व्यक्ति अरुको कुरा काट्नमा माहिर हुन्छन् । उनहिरुको यो प्रवृत्ति नै हो । अरुको कुरा काटेर उनीहरु मज्जा लिन्छन् ।

अरुको कुरा काट्नु भनेको अरुको नकारात्मक, कमजोर पक्ष केलाउनु हो । यस्ता व्यक्तिहरु सधै अरुलाई होच्याएर हेरिरहेका हुन्छन् । यसरी अरुको कुरा काट्ने व्यक्तिहरुले पकाएर कुनै खानेकुरा दिन्छ भने त्यो खानेकुरा खान हुँदैन ।

 

निर्दयी व्यक्ति

कुनै निर्दयी व्यक्तिले पकाएको वा उनको भान्सामा पाकेको खानेकुरा पनि खान उचित हुँदैन । यस्ता व्यक्ति दोस्रो व्यक्तिप्रति कुनै मानविय भावना राख्दैनन् । सबैलाई कष्ट दिने प्रवृत्तिका हुन्छन् । यस्तो व्यक्तिले पकाएको खानेकुरा खानु हुँदैन ।

 

चाकडीबाजको भान्सामा

चाकडी गर्ने व्यक्तिको घरमा पनि खानेकुरा खान उचित नहुने बताइएको छ । यस्ता व्यक्तिले कुनै न कुनै स्वार्थका लागि खाना ख्वाउने व्यवस्था मिलाएका हुनसक्छन् । उनको भान्सामा पाकेको खानेकुरा खानु हुँदैन ।

 

रोगी व्यक्ति

कुनैपनि रोगले ग्रस्त व्यक्तिले पकाएको खानेकुरा पनि खान हुँदैन । उनीहरुलाई हेला गरेर वा घृणा गरेर होइन यसो भनिएको होइन । तर, उनीहरुले पकाएको खानेकुराबाट रोग सर्ने भय हुने भएकाले शारीरिक स्वास्थ्यका लागि उचित हुँदैन ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish