महाभारतको विराटपर्वमा वर्णित भगवती स्तोत्र नेपाली

भगवती स्तोत्र

गुप्ती नामसकी नगरमा पस्न्या बखत्मा पनि । 
कस्ता रीत्सित कष्ट भोग गरि यहाँ उत्तीर्ण ह्वौंला भनी ।। 
चिन्ता धेर हुँदा युधिष्ठिरजीका मन्मा लहड यो गयो । 
सम्झी झट्ट तहाँ जगत जननिको स्तव गर्न लाग्नु भयो ।।१।। 

 

मालिक चौध भुवन्कि जोभगतका खातिर ब्रजैमा गई । 
लिला गर्नु भयो यशोमतिजीका कोषवाट पैदा भई ।। 
नन्दैका कुललाइ उज्वल गरि भक्तै उपर प्रेम धरी । 
कंसैको पनि गर्व नाश हुन गयो जस्का प्रभावले गरि ।।२।। 

 

कंसैले पनि मार्नको मन गरि हात्मा उठायो जसै । 
विद्युतका सरि रुप धरी गगनमा उडनुभयो झट तसै ।। 
माला दिव्य र दिव्य वस्त्र जस्का खड्गै छ हात्मा पनि । 
प्रख्यात छन तीनलोकमा भगवती बैन्ही हरिकी भनी ।।३।। 

 

दु:खित भै जगदम्बिका चरणको ध्यान गर्दछन जो यहाँ । 
पापले मुक्त भएर भक्तहरु ती पुग्छन परमपदमहा ।। 
गाई धापविषे गिरिन यदि भन्या सज्जन जउन रीत गरी । 
झिक्छन सोरितले त भक्त दु:खमा पर्दा उतार्छिन धरी ।। ४।। 

 

प्रभाव यस्तो जानी जगत-जननीका चरणमा । 
मनैले शिर राखी कुरुपती प-या झट शरणमा ।। 
स्तुति गर्न्या मन भैकन अधिक काँतर स्वर गरि । 
स्तवन गर्छ्न शास्त्रे-विधी शीत नयनभर जल धरी ।।५।। 

 

हे दुर्गे सबलाई वर पनि दिन्या कौमार स्वरुपकि भई । 
तेज तिम्रो पनि बालसुर्यसरिको मुख पुर्णचन्द्रै झई ।। 
चारै बाहु चतुर्मुखै अति कठोर श्रेणी पयोधर पनि । 
धारण गर्नु हुन्या म पर्दछु शरण मंगल दिनुहोस भनी ।।६।। 

 

मयुर्का रङ जस्ता अति असल बाला छ करमा । 
अधिक खुल्न्या नुपुर मणि जडित पाउ उपरमा । 
प्रभाव लक्ष्मीका झै गरीकन त घुम्न्या गगनमा । 
दया तिम्रो पाउँ भनिकन म पर्छु शरणमा ।।७।। 

 

चार बाहु बिचमा छ पात्र र कमल घण्टा र चक्रै धनु । 
लम्बा हातबिषे छ पाश अति असल शोभायमान क्या भनुँ । 
कुण्डल कान बिषे खजित छ सुनका हीराहरु लाल जडी । 
शोभा गर्नु हुन्या जगत-जननीको माग्छु दया यो घरी ।।८।। 

 

कपालमा केश बन्धन मुकुट पनि धर्न्या अति असल । 
शशी लज्जित गर्न्या मुखकमलको सुन्दर सकल ।। 
अति लामु चुल्ठो सरपसरि झुल्न्या जघनमा । 
लगायाको सिक्री झुनुझुनुनु गर्न्या गमनमा ।।९।। 

 

अगाडि सागर्को मथन गर्दा बासुकीसरि । 
लपेटन्या मंदरझैजघन सुनकी सिक्री कबरी ।। 
बडो शोभा गर्न्या झलमल भई त्यै जघनमा । 
हजुर्को हे दुर्गे स्वरुप पनि ध्यान गर्छु मनमा ।।१०।। 

 

ध्वजा धर्न्या सुन्दर मजुर पनि जस्का उपरिमा ।
कुमारी रुपधारी रहिकन सबै स्वर्गाभरिमा ।। 
पवित्र गर्छन जो पुजन गरदा देवगणमा । 
कृपा माग्छु मातर म पनि परि तिम्रा शरणमा ।।११।। 

 

त्रिलोकको रोग जस्तो असुर महिषासुर हुन गयो । 
दया तीनलोकमाथी धरिकन त मारिदिनुभयो । 
उसै माफिक मेरा उपर पनि दुर्गे धरी दया । 
सहज्मा दु:ख छुटलान यदि मकन मंगल दिनु भया ।।१२।। 

 

जया भंछन सब्ले बिजय पनि नाम हो हजुरको । 
भगत्का खातिर्मा क्षय गरिदिन्या सब असुरको ।। 
अधिक दु:ख पर्नाले घरी घरी म पर्छु चरणमा । 
कृपा राखी अंम्बे मकन लिनु पर्ला शरणमा ।।१३।। 

 

बाँस गर्नु पनि हुन्छ बिन्ध्यगिरीमा काली भनी नाम धरी । 
जो दिन्छन बलिदान मनुश्यहरुले शास्त्रै बिधानले गरि ।। 
फेरि श्री जगदम्बिका-चरणका ध्यान गर्दछन जो यहाँ । 
सन्सार्को सुखभोग गरेर पछि फेर पुग्छन परंपदमहा ।।१४।। 

 

प्रात: कालमहाँ उठि हजुरको जो जन स्मरण गर्द्छन । 
फेरि दु:ख हुँदा चरण कमलमा जस्ले त मन धर्दछन । 
तीन माथी करुणा गरि हजुरले संसारका सुख जति । 
पुर्णै गर्दिनुहुन्छ पुत्र धनले खुशी रहन्छन अति ।।१५।। 

 

जंगलमा परदा समुन्द्र तरदा चोर्ले लगार्दा पनि । 
आपद भारी हुँदा सबै हजुरका नाम्ले त टर्छन भनी । 
दुर्गा नाम भजी चरण कमलको ध्यान गर्छ मनले जउन । 
फेरि दु:ख नपाई जन्म भरी खुप ऎश्वर्य भोग्ला तउन ।।१६।।

 

शोभा कान्ति मति घृती पनि हजुर बिद्या र सिध्दी जति ।
सन्ध्यारात्री दया क्षमा जगतमा कान्ति हुन्या फेर अति । 
हे मातर जगदम्बिके यी जति छन तिम्रा बिभुती भनी । 
जानी ज्ञानीहरु चरण कमलमा धर्छन सदा शिर पनि ।।१७।। 

 

बंन्धनमा गिरदा र मोह परदा धन-पुत्र नाश्मा पनि । 
रोगको जोर हुँदा ठूलो भय हुँदा कल्याण मिलोस लौ भनी ।। 
जस्ले पुजन गर्छ भक्ती रसले तन्मन हजुर्मा धरी । 
उस्माथी करुणा गरि सुख दिन्या सब दु:ख मन्को हरि ।।१८।। 

 

राज्को नाश भएर दु:खित भई बिह्वल भयाको म छु । 
संकट नाश हुन्या उपाय अरु क्यै देख्तिन ऎले कछु ।। 
केवल श्री जगदम्विके हजुरका ऎले शरणमा परी । 
साष्टाङ्गै पनि गर्छु लौ घरी घरी भर सब हजुरकै गरी ।।१९।। 

 

रक्षा गर्नु हवस प-याँ बिपतमा दासहुँ हजुर्को पनि । 
भक्तै हुँ म त भक्तवत्सल हजुर आया शरणमा भनी । 
दर्शन बक्सनुहोसकमल-नयनलेहेर्नुहवसहामीलाई । 
त्राही -त्राही म भन्छु हे भगवती यो गुप्तवास जानलाई ।।२०।। 

 

युधिष्ठिर्को यस्तो स्तुति सुनी बहुत खुश हुन गई । 
तीनै लोककी माई भगवती तहिँ प्रकट भई । 
हुकुम गर्छिन फेरि सुन वचन मेरो कुरुपती । 
सहज संकट छुटला अब-उपर पर्ला जतिजति ।। २१।। 

 

कृपाले मेरा फेर पृथ्वीभरका दुश्मन जति । 
जिति राज गर्नेछौ नगर मनको शोक अब रति । 
सबै भाइ सङ्मा लिईकन तिमी खुशी मनले । 
बिराटका सङ बस्दा कछु खबर जान्दैन जनले ।। २२।। 

 

सबै मेरा तिम्ले स्तुति पनि गरेउ जौन अहिले । 
जउन जन पाठ गर्दा बिपद परदा खेरी कहिले । 
दया राखी उस्का सकल मनको ताप म हरुला । 
बिपदको नाश पारी धन र जनले पुर्ण गरुला ।।२३।। 

 

प्रात: काल्मा सबेरै उठिकन दिन-दिन स्तोत्र यो पाठ जसले । 
गर्ला सुन्ला सुनाउला खुशी शीत म-उपर भक्ती भै प्रेम रस्ले । 
तेस्लाई वर म दिन्छु सकल जगतको भोग ऎश्वर्य  गर्ला । 
फेरि मेरा कृपाले गरिकन रणमा शत्रुको शेखी हर्ला ।। २४।। 

 

राजन ! भंन्छु म ऎले तिमीहरु जति छौ मत्स्य देशमा त जाउ । 
जान्या छैनन कसैले सहजसंग तहाँ बर्ष दिन यो बिताउ । 
भन्या रक्षा सबैको गरिकन बरदान धर्मराज लाई दिई । 
पाल्नु भो धाममा फेर जगतकि जननी अन्तरैध्यान लिई ।।२५।। 

 

अन्तरध्यान भईन जसै भगवती राजा खुशीले गरि । 
पाशा रत्न समानका र थरकी काषीबीषे झट धरी । 
ब्राह्मण झैं मुरती लिई कुरुपती सब्का अगाडि महाँ । 
मत्ता हात्ती सरी गमन पनि गरि पौंच्या बिराट छन जहाँ ।।२६।।

इति भगवती स्तोत्रम् ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish