वि. सं. : २०७८ फागुन १२ गते बिहिबार
इ.सं. : 24th February 2022 (Thursday)
सूर्योदय: विहान 06:36 बजे
सूर्यास्त: बेलुका 18:00 बजे
तिथि : अष्टमी 13:39 सम्म, तत्पश्चात् नवमी
पक्ष : फाल्गुन कृष्णपक्ष
नक्षत्र : अनुराधा 12:26 सम्म, तत्पश्चात् ज्येष्ठा
योग : हर्षण 27:12 सम्म, तत्पश्चात् वज्र
करण : कौलव 15:31 सम्म, तत्पश्चात् तैतिल
चन्द्रराशि: वृश्चिक
ऋतु : शिशिर
अयन : उत्तरायण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यायीक क्षेत्रमा सफलता मिल्ला । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज धर्म,कर्ममा रुची बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । विपरित लिंगीप्रति आकर्षण बढ्नेछ ।