आजको पञ्चाङ्ग र राशिफल (२०७८ असार १६ गते बुधबार)

आजको पञ्चाङ्ग

वि. सं. :       २०७८ असार १६ गते बुधबार

इ.सं. :         30th June 2021 (Wednesday)

सूर्योदय:       विहान 05:13 बजे

सूर्यास्त:        बेलुका 19:02 बजे

तिथि :          षष्ठी 16:58 सम्म, तत्पश्चात् सप्तमी

पक्ष :            आषाढ कृष्णपक्ष

नक्षत्र :          पूर्वाभाद्रपदा ( अहोरात्र )

योग :           आयुष्मान 11:27 सम्म, तत्पश्चात् सौभाग्य 

करण :          वणिज 13:35 सम्म, तत्पश्चात् विष्टि  

चन्द्रराशि:       कुम्भ 23:45 सम्म, तत्पश्चात् मीन

ऋतु :             ग्रीष्म

अयन :           उत्तरायण

 

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आज समय शुभ रहनेछ, आम्दानीका नया“ स्रोत थपिंदै जानेछन् । नया“–नया“ कार्ययोजना बनाउ“दा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गा“सिएका काममा लगानी हुन सक्नेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशिका लागि आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज सकेसम्म उत्तर दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि पनि आज समय भरपर्दो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज उत्तर दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि आज स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जागर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज मा“गे पाइन्छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय शुभ छैन । साना–साना कुरामा पनि शड्ढा र चिन्ता गर्ने देखिन्छ । जहा नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज स्वास्थ्यमा सुधार आउनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ । समयको राम्रो उपयोग गर्न सक्नु भएमा प्रगति छिटो गर्न सकिनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउ“मा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूस“ग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आÇनै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय अत्यन्तै शुभ छ । भाग्यस्थानको चन्द्रमाको प्रभावले आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय खराब छ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन । लामो समयदेखिको पेशाबाट तनाव उत्पन्न हुनेछ । आम्दानीका स्रोतहरू बन्द हुनेछन् । जागीरमा समेत समस्या आउन सक्छ, आजको कसैसंग धेरै बोल्नु भन्दा नबोल्नु नै तपाइँको जित हुनेछ । समय अत्यन्त खराब रहने भएकाले सबै कार्यमा सतर्क हुन आवश्यक छ ।