मेष राशि
मिश्रित फलदायी वर्ष रहेको छ। कार्तिकदेखि माघसम्म बृहस्पति शुभ र हनाले सुख प्राप्तहुने, अचानक धन लाभ भैरहने, यशकीर्ति बढ्ने देखिन्छ । कार्तिकसम्म र माघपछिका दिनहरूमा स्वास्थ्य समस्या, डरत्रासको अवस्था, अनावश्यक धन हानी र खर्चवृद्धिले पिरोल्ने छ। शनि साढेसाती दशा र मंसिर पछि राहु अशुभ रहनाले झुट्टा आरोप लाग्ने, मनमा अशान्ति, आफन्तमा वैरभाव, सरकारी झमेलामा फस्ने जस्ता अशुभ फल हुने भएकोले शनिदेव, राहु र केतुको शान्ति गर्नुपर्ने देखिन्छ। मंसिरसम्म राहु शुभ रहनाले नोकरी प्राप्ति, सुख वृद्धि र नयाँ कामको थालनी हुने छ। वैशाखमा स्थानपरिवर्तन र पुर्ख्यौली सम्पत्तिमा विवाद, जेठमा भय, त्रास र हानी, असारमा धनलाभ र सुखवृद्धि, श्रवणमा मानहानी र स्वास्थ्य समस्या, भाद्रमा ऋण बढ्ने, आश्विनमा शत्रुनास, कार्तिकमा खर्चिलो यात्रा, मंसिरमा स्वास्थ्य समस्या, पुसमा मानहानी, माघमा थालेको काम बन्ने र सुख हुने, फाल्गुनमा धनलाभ र चैत महिनामा नोक्सानी खप्नुपर्ने छ। यो वर्ष धर्मकर्ममा रूचि बढ्नुका साथै धार्मिक स्थलहरूको भ्रमण हुनेछ । वैदेशिक क्षेत्रका काम अधुरै रहने देखिन्छ। आर्थिक दृष्टिले असार, असोज, माघ र फाल्गुन महिना शुभ रहेका छन् ।
वृष राशि
बृहस्पति शुभ रहनाले वर्षारम्भमा आर्थिक उन्नती, कुटुम्ववृद्धि र बोलीको प्रभावका कारण कामहरू बन्नेछन् । असारदेखि कार्तिकसम्म स्वास्थ्य कमजोर रहेपनि माघसम्म भूमि बाहन प्राप्त हुने योग रहेको छ। शनि ग्रह शुभ रहनाले आम्दानी बढ्ने, नयाँ कामको थालनी हुने र मान सम्मान मिल्ने छ। राहु र केतुका कारण वर्षको पूर्वार्द्धमा पापकर्ममा मन जानाले अनावश्यक झमेला, स्वास्थ्यमा बाधा भए पनि वर्षको उत्तरार्द्धमा आर्थिक उन्नाति हुनेछ । वैशाखमा धनहानी र पीडा, जेठमा स्थानपरिवर्तन, असारमा खर्चवृद्धि, श्रावणमा सुख र धनलाभ, भाद्रमा मानहानी, असोजमा आर्थिक संकट र तनाव, कार्तिकमा शत्रुनास र सुख, मंसिरमा लामोयात्रा र धननाश, पुसमा स्वास्थ्य समस्या, माघमा मानहानी, फाल्गुनमा सुख र कार्यसिद्धि र चैतमा राम्रै धन प्राप्तिको योग रहेको छ । यो वर्ष वैदेशिक क्षेत्रको काम, पशुपालन व्यवसायमा लाभ हुनेछ । पठनपाठन राम्रो रहने छ। परिवारमा माङ्गलिक कार्यहरू हुनेछन् । आर्थिक दृष्टिले साउन, कार्तिक, फाल्गुन र चैत महिना शुभ रहेका छन् ।
मिथुन राशि
मध्यम फलदायी वर्ष रहेको छ । बृहस्पति शुभ रहनाले यो वर्ष पूर्वार्द्धमा आर्थिक उन्नति हुनेछ । परिवारमा माङ्गलिक कामहरू हुनेछन् । राहु र केतुका कारण मंसिरसम्म संघर्षमय जीवन चल्नेछ । मंसिरपछि आम्दानीका श्रोतहरू बढ्नेछन् । यो वर्ष शनिका कारण पेशागत समस्याहरू थुप्रै झेल्नु पर्नेछ। नोकरीमा समेत अवगाल सहनु पर्नेछ । खुट्टा तान्नेहरूको संख्या समेत् बढ्ने छ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्ने छ । वैशाखमा धन, मान र सुख, जेठमा आफन्तमा वैरभाव र धननाश, असारमा लामोयात्रा र स्थानपरिवर्तन, श्रवणमा हानीनोक्सानी र भय, भाद्रमा धनलाभ र सुख, आश्विनमा मानहानी र स्वास्थ्यमा खराबी, कार्तिकमा आर्थिक संकट, मंसिरमा शत्रुनास र सुख, पुसमा अनावश्यक खर्चिला यात्रा, माघमा स्वास्थ्य समस्या, फाल्गुनमा मान प्रतिष्ठामा आघात र चैतमा धेरै काम बन्ने र सुख प्राप्ति हुनेछ । वर्षको पूवार्द्धमा पठनपाठन कार्य राम्रो रहे पनि उत्तरार्द्धमा कमजोर हुनेछ । व्यापार, पशु व्यवसाय फस्टाउने छ। वैदेशिक क्षेत्रका कामहरू अधुरै रहने छन् । परिवारमा माङ्गलिक कार्य हुनेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, मंसिर र चैत महिना शुभ रहेका छन्।
कर्कट राशि
मध्यम फलदायी वर्ष रहेको छ । बृहस्पति वर्षारम्भ र अन्त्य भागमा
अशुभ रहनाले विवादमा फस्नुपर्ने, ऋणभार बढ्ने, अधिक खर्च हुने जस्ता अशुभ फल लाग्ने भए पनि वर्षको मध्यभागमा शुभ रहनाले आर्थिक उन्नति हुने, अधुरा कामहरू पूरा हुने र शत्रुमाथि विजय प्राप्त हुनेछ । शनि, राहु र केतुले अशुभ फल दिने हुनाले स्वास्थ्यमा समस्या बढ्ने, अत्याधिक खर्च बढ्ने, आफन्तमा वैरभाव र अनावश्यक झमेलामा फस्नु पर्ने देखिन्छ । वैशाख र जेठमा सुख वृद्धि र कार्यसिद्धि, असारमा शत्रुभय, पीडा र धननाश, साउनमा स्थानपरिवर्तन, भदौमा हानीनोक्सानी र विवाद, असोजमा धनलाभ र मान वृद्धि, कार्तिकमा रोगभय र मानहानी, मंसिरमा आर्थिक संकट र ऋण वृद्धि, पुसमा शत्रुनास र सुख, माघमा लामोयात्रा र खर्च, फाल्गुनमा स्वास्थ्य समस्या र चैतमा पापकर्ममा आशक्ति हुनले मानहानी हुनेछ । यो वर्ष वैदेशिक क्षेत्र र व्यापार व्यवसायबाट लाभ हुनेछ । शिक्षा क्षेत्र मध्यम गतिमा चल्ने छ । आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना शुभ रहेका छन् ।
सिंह राशि
सामान्य फलदायी वर्ष रहेको छ । वैदेशिक क्षेत्रका कामहरू बन्ने र लाभ समेत हुनेछ । पूर्वार्द्धमा पठनपाठनमा रूचि नभए पनि वर्षको उत्तरार्द्धमा शिक्षा क्षेत्र राम्रो रहने छ । यो वर्ष बृहस्पति शनि, राहु, केतु अशुभ फलदायी रहनाले स्वास्थ्य समस्या, झुट्टा आरोप लाग्ने, बन्धनमा पर्ने, धनको नोक्शानी हुने, शत्रु बढ़ने, मानसिक तनाव बढ्ने जस्ता अशुभ फल लाग्ने देखिन्छ । शुभफल प्राप्तिका लागि उक्त ग्रहहरूको शान्तिकर्महरू गर्नु पर्ने देखिन्छ । वर्षको उत्तरार्द्धमा राहु केतुको शुभफल प्राप्त हुने भएकोले केही राहत मिल्नेछ । वैशाखमा मानहानी र पापकर्ममा मन बढ्ने, जेठमा सुख र कार्यसिद्धि हुने, असारमा सुख र धनलाभ, श्रावणमा धननाश र पीडा, भाद्रमा स्थाननाश र चिन्ता, आश्विनमा हानी र भय, कार्तिकमा सुख र गुमेको धनहात लाग्ने, मंसिरमा रोगभय र मानहानी, पुसमा धननाश र आर्थिक संकट, माघमा शत्रुनास र सुख, फाल्गुनमा लामोयात्रा र खर्चवृद्धि र चैतमा स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्ने छ । यो वर्ष व्यापार र पशु व्यवसायबाट राम्रो आम्दानी हुनेछ । आर्थिक दृष्टिले जेठ, असार, मंसिर र माघ महिना शुभ रहेका छन्।
कन्या राशि
राम्रो समय रहेको छ । गुरू एकादश रहनाले वर्षारम्भका केही महिनामा प्रशस्तै धनलाभ हुनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछ। नयाँ कामको थालनी हुनेछ । वर्षका मध्यभागमा अनावश्यक झमेलामा फस्ने, शत्रुवाधा र खर्च वृद्धि हुनेछ । मङ्सिर सम्म राहु अनुकुल रहनाले शत्रु माथि विजय प्राप्त गर्न सकिनेछ । आम्दानीका श्रोतहरू समेत बढ्ने छन। मङ्सिर पछि खर्च वृद्धि, स्वास्थ्यमा समस्या र शत्रु बढ्ने देखिन्छ । शनिका कारण व्यापार व्यवसायमा समस्या खडा हुनेछ । पारिवारिक समस्याले सताउने छ। वैशाखमा पारिवारिक स्वास्थ्यमा अधिक खर्च, जेठमा मानहानी, असार र मंसिरमा सुख र धन मिल्ने, श्रावण र भदौमा अनावश्यक खर्च र आफन्तमा मनमुटाव हुने, असोजमा खर्च वृद्धि र लामो यात्रा हुने, कार्तिकमा धननाश र शत्रुभय, पुसमा रोगभय, माघमा शत्रुवृद्धि, फाल्गुनमा शत्रुनास र चैतमा स्थान परिवर्तन र लामोयात्रा हुनेछ । आर्थिक दृष्टिले असार, श्रावण, फाल्गुन र मंसिर महिना शुभ रहेका छन् ।
तुला राशि
मध्यम समय रहेको छ । बृहस्पतिका कारण सुख, नोकरी प्राप्ति र सामाजिक क्षेत्रबाट मानसम्मान मिल्ने छ। मध्यभागका केहि महिनामा आर्थिक संकट पर्नेछ । शनि शुभ फलदायी भएकोले धनलाभ हुने, राहु र केतुका कारण पुख्र्यौली सम्पतिमा विवाद, पारिवारिक समस्या, नौकरीमा समेत अवगाल खानु पर्ने भएकोले उक्त ग्रहहरूको शान्तिकर्म गर्नु पर्ने देखिन्छ। वैशाखमा धननाश र घुमफिर, जेठमा डरत्रासको अवस्था र स्वास्थ्यमा वाधा, असारमा पापकर्ममा मन जानाले मान प्रतिष्ठामा आँच आउने, श्रवणमा सुख, समृद्धि र कार्यसिद्धि, भदौमा धन र सुख प्राप्ति, असोजमा धननाश र पीडा, कार्तिकमा स्थान परिवर्तन र नयाँ ठाउको यात्रा, मंसिरमा व्यवसायमा हानी, पुसमा धन र सुख मिल्ने, माघमा रोग भय र मानहानी, फाल्गुनमा शत्रुनास र सुख र चैतमा नयाँ कामको थालनी हुनेछ । वैदेशिक क्षेत्रको काम सफल हुनेछ। आर्थिक दृष्टिले साउन, भदौ, पुस र चैत महिना शुभ रहेका छन् ।
वृश्चिक राशि
मध्यम फलदायी वर्ष रहेको छ । बृहस्पति शुभ रहनाले पठनपाठन राम्रो रहनेछ । धार्मिक तीर्थस्थलहरूको यात्रा हुनेछ । माङ्गलिक कार्यमा अधिक समय बित्ने छ । मध्यभागमा केही आर्थिक संकटको सामना गर्नुपर्ने छ । शनि अशुभ रहनाले आर्थिक समस्याले चिन्ता थप्नेछ । सन्तानसम्बन्धी चिन्ताले समेत सताउनेछ। राहु र केतुका कारण जग्गा जमिन र वाहनसम्बन्धी विवाद हुनेछ । नोकरीमा थुप्रै अपजस खप्नु पर्ने छ । वैशाखमा शत्रुनास हुनाले सुखको अनुभव हुने, जेठमा यात्राहरू र आर्थिक क्षति हुने, असारमा स्वास्थ्य समस्याले सताउने, श्रावणमा पापकर्म गर्नाले मान प्रतिष्ठामा बाधा पर्ने, भदौमा कामबन्ने र समस्याहरू समाधान हुने, असोजमा धनलाभ र सुख बढ्ने, कार्तिकमा धननाश र पीडा, मंसिरमा स्थान परिवर्तन, पुसमा व्यवसायमा हानी, माघमा ऋणभय र मानहानी, फाल्गुनमा आर्थिक संकट र चैतमा सुख समृद्धि हुनेछ । वैदेशिक क्षेत्रका काममा समस्या आउनेछ । पशु व्यवसाय कृषिबाट राम्रै लाभ हुनेछ । नोकरीमा मान बढ्ने छ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहेका छन्।
धनु राशि
सामान्य फलदायी वर्ष रहेको छ। वर्षको मध्यभागमा गुरू शुभ रहनाले माङ्गलिक कार्य हुनेछ । धार्मिक तीर्थस्थानको यात्रा हुनेछ। नयाँ कामको थालनी हुनेछ । अधिकांश ग्रहहरू अशुभ फलदायी रहनाले जग्गा जमिन आदि पुख्र्यौली सम्पतिमा विवाद हुनेछ । मानसिक तनाव बढ्ने, आफन्तमा वैरभाव हुने, आर्थिक संकट हुने जस्ता अशुभ फल लाग्ने भएकोले अशुभ फलदायी ग्रहहरूको शान्तिकर्म गर्नुपर्ने देखिन्छ । वैदेशिक क्षेत्रका काम बन्नेछन् । नोकरी र व्यापारबाट राम्रै लाभ हुनेछ। शिक्षा क्षेत्रमा सुधार देखा पर्नेछ। वैशाखमा धननाश र आर्थिक संकट, जेठमा शत्रुनास र सुख, असारमा लामोयात्रा, श्रावणमा स्वास्थ्य समस्या, भाद्रमा पापकर्म गर्नाले मानहानी, असोजमा थुप्रै काम बन्ने र सुख हुने, कार्तिकमा धनलाभ र सुख, मंसिरमा धननाश र पीडा, पुसमा स्थानपरिवर्तन, माघमा हानी नोक्सानी र डरत्रासको वातावरण, फाल्गुनमा धनप्राप्ति र सुख र चैतमा स्वास्थ्य समस्या र मानहानी हुने देखिन्छ । आर्थिक दृष्टिले जेठ, असोज, कार्तिक र फाल्गुन महिना शुभ रहेका छन् ।
मकर राशि
शुभ समय रहेको छ । यो वर्ष बृहस्पति शुभ फलदायी रहेकोले आम्दानीका श्रोतहरू बढ्नेछन् । नोकरी र सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । वर्षको मध्यभागमा अशुभ घटनाले चिन्ता थप्ने छ । शनि शुभ रहनाले गुमेको धन हात लाग्ने र सम्पति समेत बढ्ने छ । जोश जाँगर बढ्ने र वैदेशिक रोजगारबाट राम्रै लाभ हुने छ। वैशाखमा रोगभय र मानहानी, जेठमा धननाश र चिन्ता, असारमा शत्रुनास र सुख, श्रवणमा लामो यात्रा र खर्चवृद्धि, भाद्रमा पारिवारिक समस्याबाट चिन्ता, असोजमा मानसम्मानमा असर, कार्तिकमा कर्मसिद्धि र सुख, मंसिरमा धनलाभ र सुख, पुसमा पीडा, भय र अशान्ति, माघमा स्थाननास र यात्रा, फाल्गुनमा मानहानी र भय र चैतमा धनलाभको योग रहेको छ । आर्थिक दृष्टिले असार, कार्तिक, मंसिर र चैत महिना शुभ रहेका छन् ।
कुम्भ राशि
सामान्य वर्ष रहेको छ । वर्षको मध्यभागतिर गुरू अनुकुल रहनाले धनलाभ हुने, मानसम्मान मिल्ने र पदोन्नति हुने देखिन्छ । शत्रुहरुले वर्षको पूर्वार्द्धमा टाउको निहुराउने छन् । शनि, राहु, केतु र गुरु अधिकांश ग्रह यो वर्ष अशुभ फलदायी रहनाले झुट्टा आरोप लाग्ने, मनमा अशान्ति हुने, आलस्यता बढ्ने, शत्रु बढ्ने, सञ्चित धनको नास हुने र आफन्तमा वैरभाव हुने जस्ता अशुभ फल प्राप्त हुने हुनाले ग्रहहरूको शान्तिकर्म गर्नुपर्ने देखिन्छ । वैशाखमा स्वास्थ्य समस्या र धनलाभ, जेठमा मानहानी र कस्ट, असारमा शत्रुनास र सुखप्राप्ति, श्रवणमा अनावश्यक खर्च बढ्ने, भाद्रगा पारिवारिक चिन्ता र स्वास्थ्यमा समस्या, आश्विनमा पापकर्म गर्नाले मानहानी, कार्तिकमा कामहरू बन्ने, मंसिरमा धनलाभ, पुसमा धनलाभ र पीडा, माधमा स्थान परिवर्तन, फाल्गुनमा व्यापार व्यवसायमा हानी र चैतमा सुख बढ्ने छ । आर्थिक दृष्टिले वैशाख, श्रवण, मंसिर र पुस महिना शुभ रहेका छन् ।
मीन राशि
मिश्रित फलदायी वर्ष रहेको छ । बृहस्पति शुभ रहनाले अध्ययन अध्यापन कार्य सफल रहनेछ । परिवारमा माङ्गलिक कार्य हुने छ । यो वर्ष सन्तान सुख मिल्नेछ । मंसिर सम्म राहुको अनुकुलताले नयाँ कामको थालनी र नोकरी प्राप्तिको योग समेत रहेको छ। आम्दानीका श्रोतहरू बढ्नेछन् । मंसिर पछिका महिनामा झमेलामा फस्ने र अनावश्यक खर्च बढ्ने देखिन्छ । नोकरीबाट मान सम्मान मिल्नेछ। वैदेशिक क्षेत्रको व्यापार र रोजगारीबाट राम्रै आम्दानी हुनेछ। साढेसाती शनिको नकरात्मक प्रभावबाट बच्न ग्रहशान्तिका कर्महरू गर्नुपर्ने देखिन्छ । वैशाखमा हानी नोक्सानी, जेठमा धनलाभ र सुख, असारमा स्वास्थ्य समस्या, श्रवणमा आर्थिक संकट, भदौमा शत्रुनास र सुख, असोजमा धननाश र यात्रा, कार्तिकमा स्वास्थ्यबारे चिन्ता, मंसिरमा मानहानी, पुसमा सुख र कार्यसिद्धि, माधमा धनप्राप्ती, फाल्गुनमा धननाश र पीडा र चैतमा स्थान परिवर्तनको योग रहेको छ । आर्थिक दृष्टिले जेठ, भदौ, पुस र माघ महिना शुभ रहेका छन् ।