तुला राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल

तुला राशि (Libra)

नामको पहिलो राशि: रा, रि, रु, रे, रो, ता, ति, तु, ते
राशिस्वामी: शुक्र

कर्मक्षेत्र /जागिर :
तुला राशिका लागि २०८२ साल सुखद् रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै पदप्रतिष्ठा वृद्धिका योग पनि देखिन्छन् । कर्मभावका स्वामी चन्द्रमा लग्नमा निवास गरेकाले कार्यक्षेत्रमा सफलता मिल्नेछ । कलात्मक पक्ष यो वर्ष सुखद् रहने देखिन्छ। प्राविधिक कार्यमा विशेष लगाव रहनुका साथै उन्नतिका योग पनि देखिन्छन् । प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ। परोपकारी कार्यमा संलग्नता रहनुका साथै कार्यव्यवसायमा पनि उन्नति हुने देखिन्छ । 

अर्थ वाणिज्य क्षेत्र:
आर्थिक दृष्टिले तुला राशिका लागि २०८२ साल सबल नै रहनेछ । मेसिनरी वस्तुको व्यवसाय विशेष लाभदायी रहनेछ। भूधनमा वृद्धि हुनेछ । जग्गा जमीनका साथै गृहव्यवसायमा पनि उन्नति हुने देखिन्छ। बैंक एवं वित्तीय क्षेत्रबाट उन्नति नै रहनेछ । सेयर व्यवसायमा भने बुद्धिपक्षको प्रयोग लाभदायी रहनेछ । लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । 

शैक्षिक क्षेत्र :
शैक्षिक दृष्टिले यो वर्ष सबल नै रहनेछ। प्राविधिक पक्षको अध्ययनार्थीलाई वर्ष सुखद् रहने देखिन्छ । अध्ययनकै शिलशिलामा यात्राका योग पनि देखिन्छन् । सृजनात्मक क्षेत्रमा पनि मन अभिप्रेरित रहने देखिन्छ । सांगीतिक क्षेत्र पनि यो वर्ष सफल नै रहनेछ। 

वैदेशिक क्षेत्र एवं यात्रा :
विशेषगरी वर्षको पूर्वाद्र्द्धमा यात्राका योग देखिन्छन् । देश विदेश परिभ्रमण सार्थक र सुखद् रहनेछ । यात्रका साथै खर्चमा भने वृद्धिहुनसक्नेछ । वैदेशिक क्षेत्र पनि उन्नत नै रहनेछ। आमदानीका स्रोत बढ्नुका साथै नयाँ कार्यप्राप्तिका योग पनि देखिन्छन् । 

स्वास्थ्य:
स्वास्थ्यका दृष्टिले २०८२ साल मध्यमफलदायी रहनेछ। स्वास्थ्यभाव सबल नै रहे पनि उत्तरार्धबाट भने पित्तप्रकृतिका रोगले दुःख दिनसक्नेछन् । स्वच्छ आहारका साथै शारीरिक व्यायामले स्वास्थ्यमा अनुकूलता प्राप्त हुने देखिन्छ । 

घर परिवार आफन्तजनमा सरसहयोगको भावना अभिवृद्धि हुनेछ। मातृ पितृस्थान पनि सुखद् नै देखिन्छन् । सन्तान सुखका साथै दाम्पत्य जीवन पनि सफल रहनेछ । प्रेमजीवन पनि तुला राशिका लागि पारखिलो नै रहनेछ। अहंपनको त्यागले प्रेममा अझ नजिक तुल्याउनेछ । श्रावणदेखि कार्तिक महिनासम्मको समय सुखद् रहनेछन् । सामाजिक कार्यमा अग्रसरताका साथै राजनीतिक यात्राका विशेष योग पनि देखिन्छन् । भगवती दुर्गाको उपासना कल्याणकारी रहनेछ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish