सिंह राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल

सिंह राशि (Leo)

नामको पहिलो अक्षर: मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राशिस्वामी : सूर्य

कर्मक्षेत्र/जागिर :
सिंह राशिका लागि नयाँवर्ष उपलब्धिमूलक रहनेछ। कर्मक्षेत्र बलवान् देखिन्छ। कार्यप्राप्तिका योग देखिन्छन् । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । मित्र पक्षबाट लाभका योग देखिन्छन् । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन्। साहसिक कार्यमा मन प्रवृत्त रहनेछ। नयाँ व्यवसायिक मार्ग मिल्नुका साथै सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । मित्र जनबाट लाभका योग देखिन्छन् ।

आर्थिक पक्ष सुदृढ रहनेछ । निवेश र विकासका अवसरहरू मिल्नेछन् । साझेदारीमा भएका व्यवसायहरूले केही चुनौतीहरूको सामना गर्नु पर्ने देखिन्छ, जसका लागि स्पष्ट संवाद र सोचविचारपूर्वक निर्णय लिनु उचित हुनेछ । व्यवसाय र रोजगारमा नयाँ अवसरहरू मिल्नेछन्। घर-जग्गा किनबेचबाट लाभ उठाउने सम्भावना छ। सेयर व्यवसाय उन्नत रहनेछ। आषाढदेखि कार्तिकसम्म आम्दानीका राम्रो स्रोतहरू खुल्नेछन् । धातुजन्य वस्तुबाट लाभ हुनेछ। जग्गा जमीनको कारोबारमा पनि वृद्धि हुने देखिन्छ । रसजन्य वस्तुको व्यवसाय बढ्नेछ।

शिक्षाः अध्ययनमा गरेको मेहनत सफल हुनेछ। प्रतियोगितात्मक परीक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक कामका लागि अवसर मिल्नेछ । कलात्मक क्षेत्रमा विशेष अभिरुचि रहनेछ। अनुसन्धानका पक्ष पनि फलिभूत रहनेछन् । विज्ञान र गणितका अध्ययनार्थीका लागि वर्ष सुखद् रहनेछ।

पारिवारिक पक्ष सुखद् रहनेछ । सन्ततिलाभका योग देखिन्छन्। प्रेमसम्बन्धमा गाढा आत्मीयता बढ्नेछ । सन्तान सुखका योग देखिन्छन् । सामाजिक र धार्मिक कार्यका लागि शुभ समय रहनेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । धार्मिक यात्राको अवसर मिल्नेछन् । अरूलाई प्रेरित गर्न सकिने र मान-सम्मान प्राप्ति हुने छ।

स्वास्थ्य: स्वास्थ्यमा विशेषगरी श्रावण, माघ र चैत्र महिनामा प्रतिकूल रहनसक्ने देखिन्छ । खानपानमा ध्यान दिनु उचित हुनेछ। शीतकारक वस्तुको प्रयोगमा सजग रहनु लाभप्रद हुनेछ।

राजनीतिकर्मीका निम्ति वर्ष सुखद् रहनेछ। पद प्रतिष्ठामा वृद्धि हुनेछ । आलोचकबाट सजग रहनु सुखद् रहने देखिन्छ। मित्रपक्षबाट साथ सहयोग मिल्ने देखिन्छ । 

शुभ महिनाः वैशाख, असार, कार्तिक र फाल्गुन रहनेछन् । अन्य महिना मध्यम फलदायी रहनेछन् । आध्यात्मिक कार्यमा मन प्रवृत्त रहनेछ। समग्र कल्याणका निम्ति 'शिवजीको आराधना शुभ रहनेछ। लेनदेनका साथै निर्णय गर्दा बुद्धिपक्षको प्रयोग सुखद् रहने देखिन्छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish