यदि तपाईंले जति धेरै मिहिनेत गर्दा पनि धनको कमी भैरहन्छ भने तपाईंले आफ्नो राशि अनुसारको इष्ट देवको पूजा र जप गरेर धनको कमी हुने समस्यालाई केहि समाधान गर्न सक्नुहुन्छ। यी उपायहरु तपाईंले दिनदिनै वा बताईएको दिनमा गर्नुभयो भने अवश्य पनि तपाईंले सकारात्मक परिवर्तन प्राप्त गर्न सक्नुहुन्छ।
मेष
मेष राशिको स्वामी मंगल ग्रह हो । यो राशिको इष्टदेव हनुमानजी हुन् । त्यसैले तपाई हरेक दिन वा मङ्गलबारको दिन हनुमानको मन्दिर गएर दर्शन गर्ने र "ॐ हं हनुमते नमः" को १०८ जप गर्ने गर्नुहोस् । यो आराधना तपाईका लागि चमत्कारीक सहायता हुनेछ । यसले आर्थिक र वित्तिय क्षेत्रमा लाभ दिनेछ ।
वृष
वृष राशिको स्वामी ग्रह शुक्र हो । यो राशिका मानिसको इष्टदेव माता दुर्गा हुन् । तपाईले हरेक दिन वा शुक्रबारको दिन दुर्गा माताको पूजा र उनको मन्त्र जप गरे धन तथा सम्बन्धका सबै समस्य अन्त्य हुनेछन् । "ॐ दुर्गादेव्यै नमः" यो मंत्र को १०८ जप गर्नुहोस् ।
मिथुन
मिथुन राशिको स्वामी ग्रह बुध हो । यस राशिको इष्टदेव भगवान गणेश हृुन् । हरेक दिन वा बुधबारको दिन एक मालाका साथ "ॐ गं गणपते नमः" को १०८ जप गर्नुहोस् । तपाईलाई सफलता अवश्य हुनेछ । जागिर तथा व्यवसायमापनि चमत्कार हुनेछ ।
कर्कट
कर्कट राशिको स्वामी ग्रह चंद्रमा हो । यो राशिको इष्टदेव भगवान शिवजी हुन् । ज्योतिषका अनुसार हरेक बिहान वा सोमबारको दिन "ॐ नमः शिवाय" को १०८ जप गरे धनलाभ हुनेछ । भगवान शिवको जलाभिषेक पनि गर्नुहोस् ।
सिंह
सिंह राशिको स्वामी ग्रह सूर्य हो । यसको इष्टदेव सूर्य हुन् । यो राशिले हरेक बिहान सूर्य देवलाई अर्घ्य दिनुहोस् । यसो गर्दा तपाईको जीवनमा हरहमेशा सकारात्मक ऊर्जा आउँनेछ, साथै "ॐ सूं सूर्याय नमः" यो मन्त्र हरेक दिन वा आइतबारको दिन १०८ जप गर्नुहोस्।
कन्या
यो राशिको स्वामी ग्रह बुध हो । इष्टदेवता भगवान गणेश हुन् । हरेक बिहान वा बुधबारको दिन "ॐ गं गणपते नमः" मन्त्रको १०८ जप गर्नुहोस् । धनप्राप्ति हुनेछ ।
तुला
तुला राशिको स्वामी ग्रह शुक्र हो । इष्टदेव देवी लक्ष्मी हुन् । तपाई हरेक बिहान वा शुक्रबार माता लक्ष्मी को पूजा गर्नुहोस् । "ॐ महालक्ष्म्यै नमः" मन्त्रको १०८ जप गर्नुहोस् । तपाईको आर्थिक अवस्था चमत्कारीक रुपमा सुधार हुनेछ ।
वृश्चिक
वृश्चिक राशिको स्वामी ग्रह मंगल हो । इष्टदेव हनुमानजी हुन् । तपाईले हरेक बिहान वा मङ्गलबार इष्टदेवको आराधना गर्नुभयो भने सबै समस्याबाट छुटकारा मिल्नेछ । तपाईका लागि मन्त्र छ "ॐ हनुमते नमः" यो मन्त्रको १०८ पटक जप गर्नुहोस् ।
धनु
धनु राशिको स्वामी ग्रह बृहस्पति हो । इष्टदेव भगवान विष्णु हुन् । धनु राशिका मानिसले "ॐ श्री विष्णवे नमः" मंत्र को १०८ पटक हरेक दिन वा बिहीबारको दिन जप गर्नुहोस् चमत्कारीक धन प्राप्ति तथा सफलता मिल्नेछ ।
मकर
मकर राशिको स्वामी ग्रह शनि हो । इष्टदेवपनि शनिदेव हुन् । तपाईले शनि या हनुमानजीको पूजा गर्नुहोस् । यो राशिका मानिसको लागि अत्यन्तै राम्रो हुनेछ । तपाई हरेक बिहान वा शनिबार "ॐ शं शनैश्चराय नमः" मंत्र को १०८ पटक जप गर्नुहोस् । यसले सबै बाधा हटाउनेछ ।
कुम्भ
कुम्भ राशिको स्वामी ग्रह शनि हो । शनिको गुरु भगवान शंकर हुन् । कुम्भ राशिवालाको शनिका साथ–साथ भगवान शंकरको पनि पूजा गर्दा राम्रो हुन्छ । हरेक बिहान वा शनिबार "ॐ महामृत्युंजय नमः" को १०८ पटक जप गरे चमत्कारीक फाईदा हुनेछ ।
मीन
मीन राशिको स्वामी ग्रह बृहस्पति हो । इष्टदेव भगवान विष्णु हुन् । यो राशिले हरेक बिहान वा बिहीबार "ॐ नारायणाय नमः" को १०८ पटक जप गर्न जरुरी छ । यो जप गरे धन प्राप्ति तथा व्यवसायमा सफलता मिल्नेछ ।