कुन ग्रहको शान्तिको लागि कुन रत्न लगाउने ?

ज्योतिषशास्त्रमा प्रत्येक ग्रहको छुट्टाछुट्टै रत्न रहेका छन् र यदि हाम्रो कुनै ग्रह कमजोर छ भने त्यसलाई बलियो बनाउनका लागि रत्न धारण गर्ने परम्परा रहेको छ।  रत्न धारण गर्दा आफ्नो कुण्डली राम्रो ज्योतिषीलाई देखाएर रत्न सम्बन्धि परामर्श लिएर धारण गर्दा त्यसले अझ राम्रो फल दिन सक्छ। हामी यहाँ कुन ग्रहको लागि कुन रत्न धारण गर्ने भन्ने बिषयमा चर्चा गर्दैछौ।

माणिक्य
माणिक्य सूर्यको रत्न हो । सूर्य ग्रह कमजोर छ भने त्यसलाई बलवान बनाउनको लागि   वा सूर्य ग्रहको कुप्रभाव बाट बच्नको लागि माणिक्य धारण गरिन्छ। माणिक्यलाई तामा अथवा तामासँग पहिरिनु शुभ रहेको छ ।

मोती  
चन्द्रमालाई सकारात्मक प्रभाव पार्नका लागि भने मोती पहिरिनु उचित हुन्छ । जो व्यक्तिमा मानसिक उत्तेजना र तनाव धेरै हुन्छ, त्यस्तो मान्छेले मोती धारण गर्नु उचित हुन्छ ।  यो रत्नलाई चाँदीमा पहिरिनु उचित हुन्छ ।

मुगा
मंगल ग्रहको शुभ प्रभावको लागि मुगा रत्न धारण गरिन्छ। यसलाई राजनीतिज्ञ, सेना, प्रहरी तथा अस्पताल र घर निर्माणमा काम गर्ने व्यक्तिहरूले समेत लगाउन सल्लाह दिइन्छ ।  मुंगालाई तामा या सुनसँगै पहिरिनु उचित हुन्छ ।

पन्ना
बुध ग्रहका लागि पन्ना रत्न लगाईन्छ  । विद्यार्थी तथा अध्ययन–अध्यापनमा लागेकाहरूका लागि पन्नाको प्रयोग अत्यन्त लाभकारी मानिन्छ । पन्ना रत्नलाई चाँदीमा लगाउनु उचित हुन्छ ।

के साच्चै रत्नले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ त ?

पुष्पराज  
बृहस्पति ग्रहको लागि  पुष्पराज रत्न धारण गरिन्छ । आध्यात्मिक, शैक्षिक, बौद्धिक प्रगतिको लागि यो रत्न धारण गरिन्छ । यसलाई सुनको अष्टधातुमा पहिरिनु उचित मानिन्छ ।

हीरा
शुक्र ग्रहका लागि हीरा पहिरिने गरिन्छ । यसबाट शुक्रको गलत प्रभाव रोक्न मद्दत मिल्ने बताइन्छ । विवाह र प्रेम सम्बन्ध अनुकूल बनाउनका लागि पनि हीरा लाभकारी छ । यसलाई चाँदी अथवा प्लेटिनमसँग लगाउन सकिन्छ ।

रत्नको रहस्य र महत्व

नीलम

यो शनिको रत्न हो । फलाम सम्बन्धि व्यवसाय वा काममा उन्नति, न्याय सम्बन्धि काममा सफलता, झुट्टा आरोपहरुबाट बच्न र साढेसाती आदि शनि ग्रहको प्रकोपबाट बच्नको लागि शनि ग्रहको रत्न नीलम धारण गरिन्छ।  नीलमलाई सुनमा प्रयोग गर्नु उचित हुन्छ ।

गोमेद
व्यक्तिको जीवनमा रहेको राहुको नराम्रो प्रभाव कम गर्न गोमेद धारण गरिन्छ । मानसिक उथलपुथल, गलत निर्णय तथा विना कारण भइरहेको नोक्सानी रोक्न, व्यक्तिको जीवनमा प्रेम, समृद्धि तथा खुशियाली ल्याउनका लागि गोमेद धारण गर्नु राम्रो मानिन्छ । गोमेदलाई चाँदीमा राखेर लगाउनु उचित हुन्छ ।

लहसुनिया
केतुको शान्तिका लागि यो पहिरनु आवश्यक मानिन्छ । यदि केतु ग्रहको प्रभाव नराम्रो छ भने त्यसलाई कम गर्न लहसुनिया धारण गरिन्छ।  यो रत्नलाई चाँदीमा राखेर प्रयोग गर्नु उचित हुन्छ।

कुन ग्रहका लागि कति मुखे रुद्राक्ष धारण गर्ने ?

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish