मंगल ग्रहको तुला राशिमा गोचर, के होला तपाईंको जीवनमा यसको असर ?

वैदिक ज्योतिष अनुसार, मंगल ग्रह साहसी र उग्र स्वभाव रहेको छ र यो ग्रहले अग्नि तत्वको प्रतिनिधित्व गर्दछ। मनुष्यको कुण्डलीमा मंगल ग्रहको स्थिति बहादुरी, पराक्रम, साहस एवं आत्मविश्वासको कारक हुन्छ। मंगल ग्रहले व्यक्तिलाई जीवन शक्ति र गतिशीलता प्रदान गर्दछ। ग्रहहरुको सेनापतिको रुपमा चिनिने मंगल ग्रह २०७८ कार्तिक ६ गते शुक्र ग्रहको राशि तुलामा प्रवेश गर्दैछ। यो गोचरओ अवधिमा  मंगल चित्रा, स्वाति र विशाखा नक्षत्रमा विचरण गर्नेछ जुन क्रमशः मंगल, राहु र बृहस्पतिको नक्षत्र हो। मंगल ग्रहको तुला राशिको गोचरले मेष आदि बाह्र राशिहरुलाई कस्तो प्रभाव पार्दछ ? आउनुहोस् जानौं। 

 

मेष राशि
मंगल ग्रहको गोचर मेष राशिबाट सातौँ भावमा हुँदैछ, यसले तपाईंलाई मिश्रित परिणाम दिन सक्छ। यो समयमा तपाईंले विवेकपूर्ण तरिकाले निर्णय लिन आवश्यक छ। जीवनसाथीसँग तपाईं केहि गलतफहमी हुन सक्छ। तपाईंको साझेदारी तथा सहकर्मीसंग पनि विवाद हुन सक्ने भएकाले विवादबाट बच्नुपर्ने रहेको छ।  स्वास्थ्य ध्यान दिएर काममा राम्रोसँग मेहेनत गर्दा सफलता प्राप्त हुन सक्छ भने आर्थिक क्षेत्रमा सामान्य प्रगति हुन सक्ने रहेको छ। मङ्गल ग्रहको उच्च ऊर्जाको उपयोग करियरमा सफलता प्राप्तिको गर्न सकिन्छ। साहसिक निर्णयले व्यवसायमा वृद्धि प्रदान गर्दछ।

वृष राशि
मंगल ग्रह वृष राशिबाट छैटौँ भावमा गोचर गर्दैछ। यसले तपाईंलाई राम्रो परिणाम दिन सक्ने सम्भावना रहन्छ। तपाईं यो समयमा उत्साहित  र ऊर्जावान रहन सक्नुहुन्छ। तपाईंको बुद्धिमा नयाँ सोचहरु आउन सक्छ। पहिले गरिएको प्रयासबाट राम्रो परिणाम मिल्न सक्छ तर तपाईं धेरै आत्मविश्वासी हुनु हुँदैन।  शत्रू तथा प्रतिष्पर्धीहरु माथि विजय प्राप्त हुनेछ। राम्रो परिणामको लागि तपाईं राम्रो मेहनत गर्न सक्नुहुन्छ र तपाईंले आफूभन्दा उच्च तहका कर्मचारीबाट हौसला प्राप्त गर्नुहुनेछ। आर्थिक क्षेत्र तथा आम्दानी राम्रो रहन सक्छ।  वैवाहिक जीवन तथा प्रेम जीवनमा केहि समस्या आउन सक्छ। 

मिथुन राशि
मंगल ग्रह मिथुन राशिबाट पाँचौं भावमा गोचर गर्दैछ। यसले मिथुन राशिका जातकहरुलाई मिश्रित परिणाम दिन सक्छ। चिन्ता र मन अस्थिर रहनाले तपाईंलाई समस्या हुन सक्छ। काममा रोकावट तथा असफलताको सामना गर्नुपर्ने हुन सक्छ। विरोधीहरु सक्रिय रहनाले काम बिग्रिन सक्छ। तपाईंको स्वास्थ्यमा समस्या हुन सक्छ।  जीवनसाथीसँगको सम्बन्ध सामान्य रहन सक्छ। 

कर्कट राशि
मंगल ग्रहको तुला राशिको गोचर कर्कट राशिको लागि खासै राम्रो रहँदैन। तपाईं यो समयमा केहि आक्रामक हुन सक्नुहुन्छ, जसले गर्दा सहकर्मी, साथी तथा परिवारका सदस्यहरु सँग तपाईंको सम्बन्ध बिग्रिन सक्छ । सन्तानको साथ सम्बन्ध बिग्रिन सक्छ तर जीवनसाथीले तपाईंलाई राम्रो साथ दिन सक्छन्। यो समय तपाईंलाई मानसिक चिन्ता हुन सक्छ। साथीभाइबाट धोका हुन सक्ने भएकाले ध्यान दिनुपर्छ। सम्पत्ति तथा शेयरमा लगानीको लागि यो उचित समय छैन। स्वास्थ्यमा ध्यान दिनुपर्छ भने आफ्नो रिसलाई नियन्त्रणमा राख्दा राम्रो होला।

सिंह राशि
मंगल ग्रह तपाईंको राशिबाट तेश्रो भावमा गोचर गर्दैछ र यसले तपाईंलाई राम्रो परिणाम दिन सक्छ। तपाईं अधिक ऊर्जावान र आश्वस्त महसूस गर्न सक्नुहुन्छ। तपाईं आफ्नो जीवनमा कठिन परिस्थिति तथा नयाँ चुनौतिहरुको सामान गर्न सक्षम हुनुहुनेछ। तपाईंको रचनात्मक दृष्टिकोणले अनुकूल परिणाम दिन्छ। यो समय तपाईंले आफ्नो काम वा व्यवसायको क्षेत्र तथा वित्तीय स्थितिलाई बलियो बनाउन सक्नुहुनेछ। राम्रो सोचविचार गरेर निवेश गर्नको लागि पनि यो शुभ समय रहेको छ।

कन्या राशि
मंगल ग्रह तपाईंको राशिबाट दोश्रो भावमा गोचर गर्दैछ, यो गोचरले तपाईंलाई प्रतिकूल परिणाम दिन सक्छ। काममा असफलता मिल्न सक्छ। तपाईं आक्रामक हुन सक्नुहुन्छ, जसले गर्दा तपाईंका नजिकका साथीभाई तथा आफन्तले तपाईंको साथ छोड्न सक्छन्। तपाईंको यो समयमा धनको हानि तथा आर्थिक समस्या हुन सक्छ। पारिवारिक जीवनमा केहि असमझदारी हुन सक्छ भने स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले ध्यान दिनुपर्छ।

तुला राशि
मंगल ग्रहले तपाईंको राशिमा गोचर गर्दैछ, यसले नकारात्मक परिणाम दिन सक्ने सम्भावना रहन्छ। तपाईंले यो समयमा शान्त रहन र राम्रोसँग सोचविचार गरेर निर्णय लिन जरुरी छ। यो समयमा तपाईंलाई आयआर्जनको श्रोत मिल्न सक्छ, तर केहि रोकावट पछि। काममा राम्रो परिणामको लागि राम्रो ध्यान दिनुपर्ने आवश्यकता छ।  तपाईं यो समयमा स्वार्थी बन्न सक्नुहुन्छ जसले गर्दा तपाईंको पारिवारिक तथा वैवाहिक जीवनमा समस्या सिर्जना गर्न सक्छ।  तपाईंले यो समयमा धैर्य गरेर शान्त चित्त गरेर अगाडि बढ्न आवश्यक छ। 

वृश्चिक राशि
मंगल ग्रहको गोचर तपाईंको राशिबाट बाह्रौ भावमा हुँदैछ, यसले मिश्रित परिणाम दिन सक्ने सम्भावना छ। आफ्नो व्यवसायिक जीवनमा संघर्ष गर्नेहरुले सफलता प्राप्त गर्नेछन्। काममा वृश्चिक राशिका व्यक्तिहरुको पदोन्नति हुन सक्छ। पारिवारिक सम्बन्ध राम्रो रहन सक्छ। आर्थिक क्षेत्र तथा आम्दानीको दृष्टिबाट यो गोचर राम्रो रहेपनि खर्चमा भने नियन्त्रण गर्नुपर्ने देखिन्छ।  

धनु राशि
मंगल ग्रहको गोचर धनु राशिबाट एघारौँ भावमा हुँदैछ। यो गोचर तपाईंको व्यावसायिक जीवनको लागि राम्रो रहन सक्छ।  उत्पादन तथा वित्त क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई राम्रो लाभ हुन सक्छ। तपाईंको कामको प्रशंसा हुन सक्छ। यो समयमा लामो तथा छोटो यात्रा पनि हुन सक्छ। पारिवारिक सहयोग र सद्भाव यो समयमा तपाईंलाई प्राप्त हुन सक्छ। केहि अतिरिक्त खर्चको सम्भावना रहेको छ।

मकर राशि
मंगल ग्रहको गोचर मकर राशिबाट दशौँ भावमा हुँदैछ, यसले राम्रो परिणाम दिने सम्भावना रहेको छ । तपाईं आफ्नो उदेश्यमा सफल हुन सक्नुहुन्छ, तर तपाईं आफ्नो व्यावसायिक उपलब्धियले असंतुष्ट हुन सक्नुहुन्छ। यो अवधिमा तपाईंलाई पहिले मेहनत गरेको कामबाट पनि राम्रो लाभ मिल्न सक्ने सम्भावना छ। तपाईं यो समयमा नयाँ चुनौतीहरुको सामान गर्न सक्षम हुन सक्नुहुन्छ। स्वास्थ्यमा भने यो समयमा अलिक ध्यान दिनुपर्छ।  

कुम्भ राशि
मंगल ग्रहको गोचर कुम्भ राशिबाट नवौँ भावमा हुँदैछ, यसले तपाईंलाई सन्तोषजनक परिणाम नदिन सक्छ। तपाईंको आफन्तसँग असमझदारी हुन सक्छ। तपाईंको वैवाहिक जीवन तनावपूर्ण हुन सक्छ। कडा मेहनत गर्दा पनि तपाईंलाई असफलताको सामना गर्नुपर्ने हुन सक्छ। कार्यस्थलमा सहकर्मीसँग विवाद हुन सक्छ। 

मीन राशि
मंगल ग्रहको गोचर मीन राशिबाट आठौँ भावमा हुँदैछ, यसले तपाईंलाई मिश्रित परिणाम दिन सक्छ। यो गोचरमा तपाईंलाई केहि स्वास्थ्य सम्बन्धि समस्या हुन सक्छ।  चोटपटक तथा घाउ लाग्न सक्ने भएकाले हिड्दा वा सवारीसाधन चलाउँदा विशेष सतर्कता अपनाउनु पर्छ। अहंकारी हुनाले तपाईंको जीवनसाथीसँगको सम्बन्धमा समस्या आउन सक्छ। काममा रोकावट तथा आर्थिक समस्या यो गोचरको अवधिमा देखिन सक्छ।