कुण्डलीमा प्रथम भाव(लग्न)को महत्व र यसमा ग्रहहरुको फल

कुण्डलीमा प्रथम भाव
वैदिक ज्योतिष अनुसार कुण्डलीमा प्रथम भाव (1st House in Kundali) लाई धेरै महत्व दिइएको हुन्छ। यो भावबाट जातकको बारेमा धेरै महत्वपूर्ण जानकारी प्राप्त हुन सक्छ। ज्योतिष शास्त्रका अनुसार यो भावले जातकको व्यक्तित्व प्रदर्शित गर्दछ।  यदि तपाईं कुण्डलीको प्रथम भावको बारेमा विस्तारले जान्न चाहनुहुन्छ भने यो लेखको अन्तिम सम्म पढ्न आवश्यक छ। यो लेखमा हामी प्रथम भावमा ग्रहहरुको स्थितिको आधारमा जातकमा कस्तो प्रभाव पर्न सक्छ यसको बारेमा जानकारी दिनेछौँ। आउनुहोस् जानौं प्रथम भावको बारेमा -

 

वैदिक ज्योतिष अनुसार कुण्डलीमा प्रथम भाव
वैदिक ज्योतिषमा नवग्रहहरुमा प्रत्येक ग्रह तपाईंको जन्म कुण्डलीमा १२ भावहरुमध्ये कुनै न कुनै एक घर (भाव) मा रहेका हुन्छन्, यो स्थितिले केवल तपाईंको आफ्नो व्यक्तित्वको बारेमा अमूल्य अन्तरर्दृष्टि प्रदान गर्दछ । तपाईंको जन्म कुण्डलीको कुल १२ भाव तपाईंको अतीत, वर्तमान र भविष्यको बारेमा जानकारी प्राप्त गर्नको लागि  एक नक्साको समान छ। जसरी आकाशमा ग्रह यी भावहरुमा चल्छन्, यसले तपाईंको जीवनमा विभिन्न घटनाहरु घटित गर्दछ ।

कुण्डलीको हरेक घर अर्थात् भावको आफ्नै अर्थ तथा महत्व रहेको छ र यसले जीवनको विशेष कुराहरुको प्रतिनिधित्व गर्दछ। ज्योतिषमा विभिन्न कुराहरुको विचार गर्न छुट्टाछुट्टै भावहरु रहेका छन्, जस्तै व्यक्तिको चरित्र तथा स्वभावको बारेमा विचार गर्न प्रथम भाव रहेको छ, त्यस्तै धन, विद्या आदिको विचार गर्नका लागि पनि फरक-फरक भावहरु रहेका छन्।  

 

जन्म कुण्डलीमा प्रथम भाव
कुण्डलीमा प्रथम भाव, जसलाई वैदिक ज्योतिषमा तनु भाव / लग्न पनि भनिन्छ, सामान्य रुपमा यसलाई व्यक्तिको स्वभाव विचार गर्ने भावको रुपमा जानिन्छ। यो भावले हाम्रो आन्तरिक तथा बाह्य स्वभाव प्रदर्शित गर्दछ। यस भावले हाम्रो शारीरिक उपस्थिति, सामान्य व्यक्तित्व लक्षण, स्वास्थ्य र प्रतिरक्षा, हाम्रो जीवनको प्रारम्भिक समय आदिलाई पनि चित्रित गर्दछ।

वैदिक ज्योतिषमा सामान्य रुपमा प्रथम भावलाई लग्न भनेर जानिन्छ। ज्योतिष शास्त्र अनुसार पहिलो भावले अन्य भावहरुलाई प्रभावित गर्दछ। यो अन्य सबै भावहरुमध्येमा महत्वपूर्ण रहेको छ, किनभने यो भाव हाम्रो स्वभाव, शारीरिक बनावट,  रुप, वर्ण, विभिन्न शारीरिक चिन्ह तथा चरित्रको प्रतिक हो। 

यो भावले हरेक समय हामीलाई आकार दिने काम गर्दछ। यो घरले त्यो व्यक्तिको प्रतिनिधित्व गर्दछ जुन हामी बन्दैछौं वा भबिष्यमा बन्नेछौँ, भित्री तथा बाहिरी रुपमा।  यसले अरुले हामीलाई चिन्ने व्यक्तित्व र प्रस्तुतिलाई नियंत्रित गर्दछ।  जीवन, दृष्टिकोण, आवश्यक क्षमताहरु र आधारभूत संवेदनाहरुको दृष्टिकोण दिन्छ।

यिनीहरुमध्ये प्रत्येक कारकहामीहरुमध्ये प्रत्येकलाई अद्वितीय व्यक्ति बनाउँछ, जो बाकी व्यक्तिहरुभन्दा अलग हुन्छ। व्यक्तिगत ज्योतिषीय गणना गर्दा पहिलो घर यस प्रकारले महत्वपूर्ण रहेको छ। यो भावले आगामी दुर्घटनाहरु र दुर्भाग्यको बारेमा पनि बताउन सक्छ। प्रथम भावको केहि अन्य विशेषताहरुमा नाम, प्रसिद्धि, प्रतिष्ठा, पैतृक सम्पत्ति आदि रहेका छन् । यो भावले लामो यात्राहरुको पनि संकेत दिन्छ।

 

कुण्डलीमा प्रथम भाव सम्बन्धि मुख्य कुराहरु -

प्रथम भावको वैदिक नाम: तनु भाव 

प्राकृतिक स्वामी ग्रह र राशि: मंगल र मेष 

शरीरसँग सम्बन्धित अङ्ग: शिर, अनुहार आदि र सामान्य रूपबाट शरीर। 

प्रथम भावको सम्बन्ध : आफु स्वयं

 

कुण्डलीको प्रथम भावमा ग्रहहरुको प्रभाव

प्रथम भावमा सूर्य - तपाईंको कुण्डलीको प्रथम भावमा सूर्यको उपस्थितिले तपाईंलाई एक मजबूत जीवन, शक्ति र स्वस्थ स्वास्थ्यको साथै आत्मविश्वास प्रदान गर्दछ।  तर, यसले तपाईंलाई घमण्डी र अहंकारी पनि बनाउन सक्छ। तपाईं जीवनमा चुनौतीको लागि सधै तैयार रहने हुन सक्नुहुन्छ। यो भावमा  सकारात्मक सूर्य ग्रह रहनुको अर्थ यो पनि हुन्छ कि तपाईं बच्चैबाट स्वतन्त्र स्वभावको हुनुहुन्छ। 

प्रथम भावमा चन्द्रमा - प्रथम भावमा चन्द्रमाले तपाईंलाई एक सुखदायक र मिलनसार व्यक्तित्व बनाउँछ, तर तपाईंमा आत्मविश्वासको कमी हुन सक्छ र तपाईं असन्तुष्टिको काम गर्न सक्नुहुन्छ। तपाईं अरुलाई खुसी पार्नको लागि र अरुसँग राम्रो सम्बन्ध बनाउनको लागि धेरै समय खर्च गर्न सक्नुहुन्छ। 

प्रथम भावमा मंगल - कुण्डलीको प्रथम भावमा मंगल हुनाले जातकलाई उग्र र ऊर्जावान बनाउँछ। आवेगपूर्ण र शिघ्र कार्य गर्नेवाला हुन्छ। यस्तो अवस्थामा तपाईंले विस्तारै सोचविचार गरेर काम गर्नु आवश्यक हुन्छ। मंगलले तपाईंलाई ऊर्जा, साहस, शक्ति, धैर्य र आक्रामक बनाउँछ। 

प्रथम भावमा बुध – कुण्डलीको प्रथम भावमा बुध हुनाले तपाईंलाई जीवनकालमा एक जिज्ञासु र प्रयोगात्मक दृष्टिकोण दिन्छ। तपाईंको साथमा बौद्धिक क्षमताहरु पनि रहन सक्छन्। तपाईंले जीवनमा परिस्थितिहरुको सजिलोसँग समायोजन गर्न सक्नुहुन्छ, तर धेरै बोल्न सक्नुहुन्छ र धेरै बोलेर काम बिग्रिन पनि सक्छ। तपाईं मिलनसार, प्रेरक हुन सक्नुहुन्छ।

प्रथम भावमा बृहस्पति - प्रथम भावको बृहस्पतिले यो दर्शाउँछ कि तपाईं दयालु व्यक्ति हुनुहुन्छ र तपाईंमा सकारात्मक दृष्टिकोण र राम्रो विचार रहेको छ। तपाईं आशावादी व्यक्ति हुन सक्नुहुन्छ। प्रथम भावको बृहस्पतिले तपाईंको व्यक्तित्व विकास गर्ने सम्भावना रहन्छ ।

प्रथम भावमा शुक्र - प्रेम र सुन्दरताको ग्रह शुक्र कुण्डलीको प्रथम भावमा हुन्छ भने व्यक्ति सुखद् र आकर्षक व्यक्तित्वको हुन्छ। आलस्य र कामुक तथा भोगी पनि हुन सक्छ। मानिंसहरुको सजिलै तपाईंतर्फ आकर्षित हुन सक्छन्। तपाईंलाई हरेक कुराहरु प्राप्त गर्न धेरै कडा मेहेनत गर्नुपर्ने हुँदैन। 

प्रथम भावमा शनि -  कुण्डलीको प्रथम भावमा शनि छ भने, तपाईं अग्लो र पातलो शरीर भएको हुन सक्नुहुन्छ। तपाईं गम्भीर र अन्तरमुखी स्वभावको व्यक्ति हुन सक्नुहुन्छ। यसको साथै तपाईं एक वफादार, कर्तव्यनिष्ठ र विश्वासिलो व्यक्ति हुन सक्नुहुन्छ । तर, तपाईंको बाल्यकाल तनावपूर्ण हुन सक्छ। तपाईंको जीवनमा सफलता परिश्रमले मिल्नेछ। भाग्यको भरोसा गर्नु त्यति उचित हुँदैन। 

प्रथम भावमा राहु - कुण्डलीको प्रथम भावमा राहु हुनाले, तपाईंलाई उत्साह प्रदान गर्दछ। सामाजिक काम गर्ने इच्छा बढाउँछ। शुभ स्थितिमा रहेको राहुले तपाईंलाई एक राम्रो र प्रभावशाली व्यक्तित्वको परिचय दिलाउँछ। तपाईं धेरैजसो अपरम्परागत तरीकाबाट जीवनमा अगाडि बढ्नुहुन्छ। एक पीड़ित राहुले तपाईंलाई अवैध व्यवहार र मादक पदार्थहरुको लतले अतिसंवेदनशील बनाउन सक्छ, यदि अन्य कुनै शुभ ग्रह तपाईंलाई सशक्त गर्नको लागि प्रभावकारी हुँदैन भने। 

प्रथम भावमा केतु - कुण्डलीको प्रथम भावमा केतु रहनाले तपाईं आफ्नो चरित्रको हरेक दोषहरुको बारेमा अवगत हुन सक्नुहुन्छ । तपाईंको व्यक्तित्व रहस्यमय हुन सक्छ र अन्य व्यक्तिले सजिलै तपाईंलाई बुझ्न सक्दैनन्।  यदि केतु अशुभ छ भने यसले तपाईंको स्वास्थ्य र सहनशक्तिलाई प्रभावित गर्न सक्छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish