ज्योतिषमा शुक्र (Venus) ग्रहको महत्व र यो ग्रहले मानव जीवनमा पार्ने प्रभाव

शुक्र
शुक्र ग्रहलाई वैदिक ज्योतिषमा प्रेम तथा सुखको कारक मानिन्छ। यहि कुराले तपाईं ज्योतिषमा शुक्र ग्रहको स्थान तथा महत्वको बारेमा जान्न सक्नुहुन्छ। यो लेखमा हामी प्रेमको कारक ग्रह शुक्र (Venus) को बारेमा विस्तारले जानकारी प्राप्त गर्नेछौं। हामी जान्नेछौँ कि शुक्रको ज्योतिषमा के  महत्व छ? शुक्रको मानव जीवनमा कस्तो प्रभाव हुन्छ? शुक्रको पौराणिक मान्यता के छ? यसको साथै शुक्रको यन्त्र, मन्त्र, नक्षत्र, रत्न तथा राशिको बारेमा पनि जान्नेछौँ। आउनुहोस् जानौं शुक्र ग्रहको बारेमा -

 

शुक्र ग्रह
शुक्र ग्रहलाई काम तथा सुखको कारक ग्रह मानिन्छ। कुण्डलीमा शुक्रको स्थितिको विचार गरेर नै ज्योतिषले जातकको सुख तथा सम्पन्नता र प्रेमको गणना वा विचार गर्छन्। जातकको जीवनमा प्रेम कस्तो तथा कहिले प्रेमी प्राप्त हुन्छ यसको जानकारी मिल्दछ। शुक्र ग्रह सौर्य मण्डलमा सूर्य पश्चात् दोश्रो ग्रह हो र यो ग्रह चन्द्रमा पछिको  रातमा चम्किने दोश्रो ग्रह हो। शुक्र (Venus) आकार तथा द्रव्यमानमा पृथ्वीको समान छ र यसलाई पृथ्वीको बहिनी वा जुड्वाको रुपमा वर्णित गरिन्छ।

 

वैदिक ज्योतिषमा शुक्र ग्रहको महत्व
वैदिक ज्योतिषमा शुक्र ग्रहलाई एक शुभ ग्रह मानिएको छ। यसको प्रभाव ले व्यक्तिलाई भौतिक, शारीरिक र वैवाहिक सुखको प्राप्ति हुन्छ। त्यसैले ज्योतिषमा शुक्र ग्रहलाई भौतिक सुख, वैवाहिक सुख, भोग-विलास, सम्पन्नता, कला, प्रतिभा, सौन्दर्य, रोमांस, काम-वासना र फैशन-डिजाइन आदिको कारक मानिन्छ। शुक्र वृष र तुला राशिको स्वामी हो र मीन यसको उच्च राशिहो, त्यस्तै कन्या यो ग्रहको नीच राशि हो। शुक्रलाई २७ नक्षत्रहरुमध्ये भरणी, पूर्वा फाल्गुनी र पूर्वाषाढ़ा नक्षत्रको स्वामित्व प्राप्त छ। ग्रहहरुमा बुध र शनि ग्रह शुक्र ग्रहको मित्र ग्रह हुन् र सूर्य र चन्द्रमा यसका शत्रु ग्रह मानिन्छ। शुक्रको गोचर २३ दिनको अवधिको हुन्छ अर्थात् शुक्र (Venus) एक राशिमा क़रीब २३ दिन सम्म रहन्छ।
 

 

ज्योतिष अनुसार शुक्र ग्रहको मनुष्य जीवनमा पर्ने प्रभाव
ज्योतिष शास्त्रको अनुसार शुक्र ग्रह जुन जातकको कुण्डलीमा लग्न भावमा विराजमान हुन्छ त्यो जातक रूप-रंगबाट  सुन्दर तथा आकर्षक हुन्छ। जातकको व्यक्तित्व विपरीत लिंगीका जातकहरुलाई आफुप्रति आकर्षितगर्दछ। जातक स्वभावले मृदुभाषी हुन्छ। लग्नमा शुक्र (Venus) ग्रह हुनु जातकलाई कलाको क्षेत्रमा रूचि पैदा गर्दछ।
 
ज्योतिष शास्त्रको अनुसार शुक्र यदि कुण्डलीमा प्रभावी वा मजबूत स्थितिमा छ भने जातकको प्रेम तथा वैवाहिक जीवन सुखमय रहन्छ। यदि तपाईंको कुण्डलीमा शुक्र ग्रह बलवान् छ भने तपाईंको प्रेम जीवन राम्रो रहन्छ। यदि तपाईं विवाहित हुनुहुन्छ भने तपाईंको वैवाहिक जीवन पनि सुखी र सफल रहन्छ। शुक्रले पति-पत्नी को बीच प्रेमको भावनालाई बढाउँछ। जातक भौतिक जीवनमा रूचि राख्ने हुन्छ।

यदि जातकको कुण्डलीमा शुक्र (Venus) कमजोर स्थितिमा वा कुनै क्रूर ग्रहको साथ प्रतिकूल स्थितिमा रहेको छ भने यस्तो अवस्थामा व्यक्तिलाई प्रेम तथा पारिवारिक जीवनमा समस्याको सामना गर्नुपर्ने हुन सक्छ। शुक्र ग्रह कमजोर हुनाले जातक कम रोमान्टिक हुन सक्छ। यसको साथै प्रेम जीवनमा  उतार-चढ़ाव तथा पती-पत्निको बीच मतभेद भैरहन्छ। यसको साथै त्यो जातकले भौतिक सुखको उचित भोग गर्न पाउंदैन।

 

ज्योतिषीसँग अनलाइन परामर्श गर्नको लागि यहाँ थिच्नुहोला। साथै परामर्श सम्बन्धि जानकारीको लागि यहाँ थिच्नुहोला।
 

शुक्र ग्रहको पौराणिक मान्यता
शुक्रको पौराणिक मान्यताको कुरा गर्दा शुक्रलाई हिन्दू पुराण हरुमा दैत्यको गुरूको रूपमा प्रस्तुत गरिएको छ। शुक्रको पौराणिक कथाहरुमा प्रचलित नाम शुक्राचार्य हो र यिनको साथमा संजीवनी विद्या थियो र यी शिवका परम भक्त थिए। शुक्र महर्षि भृगु ऋषिका पुत्र हुन्। सप्ताहमा शुक्रवारको दिन शुक्रलाई समर्पित छ।

यन्त्र - शुक्र यन्त्र
मन्त्र - ऊँ द्रां द्रीं द्रौं सः शुक्राय नमः
रत्न - हीरा
रंग – गुलाबी

उपाय – कुण्डलीमा शुक्र ग्रह कमजोर छ भने शुक्र ग्रहको कमजोर प्रभाव हटाउनको लागि तपाईं हीरा धारण गर्न सक्नुहुन्छ। यसको साथै तपाईं शुक्र यन्त्रको प्रयोग गर्न सक्नुहुन्छ। देवीको आराधनाले पनि राम्रो फल दिन सक्छ। 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish