ज्योतिषमा बुध (Mercury) ग्रहको महत्व र यसले मानव जीवनमा पार्ने प्रभाव

बुध
बुध ग्रह ज्योतिषशास्त्रमा एक तटस्थ ग्रह मानिन्छ। सामान्यतया बुध (Mercury) जातकको कुण्डलीमा स्थिति तथा प्रभाव अनुसार परिणाम दिन्छ। कुण्डलीमा जम्मा १२ भाव हुन्छन् । ज्योतिष शास्त्रका अनुसार ग्रहहरुले यी भाव अनुसारको नै परिणाम दिन्छन्। बुध ग्रहमा पनि यो नियम लागु हुन्छ। यो लेखमा हामी बुध ग्रहको ज्योतिषीय तथा पौराणिकका साथै खगोलीय महत्वको बारेमा र  बुध ग्रहले हाम्रो जीवनमा कस्तो प्रभाव वा असर गर्न सक्छ। बुध मन्त्र, यन्त्र, रत्न तथा उपायको बारेमा जान्नेछौँ। आउनुहोस् जानौं बुध ग्रहको बारेमा –

 

बुध ग्रह
बुध ग्रहको ज्योतिषमा आफ्नै आयाम छ। बुधलाई ज्योतिष शास्त्रमा वाणीको कारक मानिन्छ। जुन जातकको कुण्डलीमा बुध कमजोर हुन्छ, त्यो संकोची हुन्छ र त्यसलाई आफ्नो कुरा राख्नमा समस्या हुन्छ वा आफ्नो कुरा सजिलै व्यक्त गर्न सक्दैन।  यसको साथै त्यो जातकले आफ्नो बोलीमा नियन्त्रण राख्न सक्दैन र बोलीको कारण उसको काम बिग्रिन्छ। खगोलीय दृष्टिबाट बुध मुख्यतः सौर्य वायुमण्डलबाट आएको परमाणुबाट बनेको हो। बुध धेरै उष्ण वा तातो छ जसको कारणले यी परमाणु उडेर अंतरिक्षमा जान्छन्। बुध ग्रह पृथ्वी र शुक्रको विपरीत रहेको छ जसको वातावरण स्थायी छ, बुध (Mercury) को वातावरण लगातार बदलिरहन्छ।
 

 

ज्योतिषमा बुध ग्रहको महत्व
ज्योतिषमा बुध ग्रहले हाम्रो जन्म कुण्डलीमा रहेको १२ भावहरुमा अलग-अलग रुपमा प्रभाव पार्दछ। यी प्रभावहरुको असर हाम्रो प्रत्यक्ष जीवनमा पर्दछ। ज्योतिषमा बुध ग्रहलाई एक शुभाशुभ ग्रह मानिएको छ अर्थात् ग्रहहरुको संगति वा अन्य ग्रहसँगको सम्बन्ध अनुसार नै यो ग्रहले फल दिन्छ। यदि बुध ग्रह शुभ ग्रहको साथ युति अर्थात् एकै भावमा छ भने शुभ फल र पाप ग्रहहरुसँग रहेको छ भने अशुभ फल दिन्छ। ज्योतिषमा बुध ग्रहलाई मिथुन र कन्या राशिको स्वामी मानिन्छ। कन्या बुध (Mercury) को उच्च राशि पनि हो र मीन बुधको नीच राशि हुन्छ। वैदिक ज्योतिषमा उपस्थित २७ नक्षत्रहरुमध्ये बुधलाई अश्लेषा, ज्येष्ठा र रेवती नक्षत्रको स्वामित्व प्राप्त छ। यी नक्षत्रमा जन्मेका जातकहरु बुध ग्रहबाट धेरै प्रभावित रहन्छन्।
 

 

बुध ग्रहको मानव जीवनमा प्रभाव
वैदिक ज्योतिषमा बुध ग्रहलाई बुद्धि, तर्क र मित्रको कारक मानिएको छ। वैदिक ज्योतिषमा बुधलाई वाणीको पनि कारक मानिन्छ। ज्योतिष शास्त्र अनुसार सूर्य र शुक्र, बुध ग्रहका मित्र हुन्, त्यस्तै  चन्द्रमा र मंगल बुधका शत्रू रहेका छन्।
 
यदि शारीरिक संरचनामा बुध (Mercury) ग्रहको प्रभावको विचार गरिन्छ भने जुन जातकको जन्म कुण्डलीमा बुध ग्रह लग्न भावमा स्थित हुन्छ, त्यो व्यक्ति शारीरिक रूपबाट सुन्दर हुन्छ। जातक आफ्नो वास्तविक उमेरभन्दा काम उमेरको देखिन्छ र उसको आखाँ आकर्षक हुन्छन्। ज्योतिष शास्त्रको मत अनुसार जातकको जन्म कुण्डलीमा लग्नमा बुध ग्रह छ भने जातक स्वभावले तर्कसंगत र  बौद्धिक रूपले धनी तथा कुशल वक्ता बन्दछ वा हुन्छ।

कुनै पनि जातकको कुण्डलीमा बुध ग्रह प्रभावी अर्थात् बलवान् छ भने जातकको संवाद शैली कुशल हुन्छ। जातक आफ्नो बोली तथा तर्कले सबैलाई आकर्षित गर्ने हुन्छ। बली बुधको कारण जातक कुशाग्र बुद्धि वाला हुन्छ। यस्ता जातक वाणिज्य र कारोबारमा सफल हुन्छन्। यसको साथै यस्ता जातक संवाद र संचारको क्षेत्रमा अग्रणी भूमिकामा रहने हुन्छन्।
 
यदि जातकको जन्म कुण्डलीमा बुध ग्रह कुनै क्रूर अथवा पापी ग्रहबाट पीडित छ भने त्यो जातकको लागि राम्रो रहँदैन। यस्तो हुनाले जातकलाई शारीरिक तथा मानसिक रूपबाट समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ। जसको कारण जातकले आफ्नो विचारलाई स्पष्ट रुपले राख्न सक्दैन। पीड़ित बुधको प्रभावले व्यक्तिको कारोबार तथा व्यवसायमा हानीको सामना गर्नुपर्ने हुन सक्छ।
 

तपाईंको कुण्डलीमा बुध ग्रह कस्तो रहेको छ ? जान्नका लागि हाम्रो ज्योतिषीहरुसँग सम्पर्क गर्नुहोला।

 

बुधको पौराणिक मान्यता
पौराणिक मान्यताको अनुसार बुध (Mercury) को माता तारा हुन् र पिता चन्द्रमा, तर हिन्दू पौराणिक कथामा तारालाई देव गुरू बृहस्पतिको धर्मपत्नीको रूपमा उल्लेख गरिएको छ। तर बुध तारा तथा चन्द्रमाका पुत्र हुन्। यस्तो यसरी भयो किनकि एक पौराणिक कथाको अनुसार चन्द्रमाले बृहस्पतिको पत्नी तारालाई सम्मोहित गरेर आफ्नो वशमा गरेका थिए र त्यसपछि तारा र चन्द्रमाको सहवासको कारण बुधको जन्म भयो । ब्रह्माजीले तारा र चन्द्रमाको पुत्रको नाम बुध राखे। बुध ग्रहले भगवान नारायणको पनि प्रतिनिधित्व गर्दछ।  बुधवारको दिन बुध ग्रहलाई समर्पित छ।

यन्त्र – बुध यन्त्र

मन्त्र - ऊँ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः, ऊँ बुं बुधाय नमः

रत्न - पन्ना

रंग  - हरियो

 

उपाय – यदि बुध कमजोर छ भने तपाईंले बुधको रत्न पन्नाको धारण गर्नुपर्छ। यसको साथै बुध यन्त्रको उपयोग, बुध मन्त्रको जाप तथा बुध ग्रहको दान सामग्री वा हरियो कपडाको दान गर्नाले पनि बुध ग्रहको शुभ फल प्राप्त हुन्छ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish