धन प्राप्तिको लागि गर्नुहोस् राशि अनुसारको मन्त्रको जप

मेष राशि

मेष राशिको स्वामी मंगल ग्रह हो । जीवनमा आउने हरेक समस्या समाधानका लागि भगवान हनुमानजीको आराधना गर्ने हो भने तपाईंको लागि सहयोगी हुनेछ । तल दिएको मन्त्रको दैनिक जप गरेको खण्डमा आर्थिक तथा वित्तिय क्षेत्रमा तपाईंले लाभ प्राप्त गर्नु सक्नु हुनेछ ।

मन्त्र : ‘ऊँ हं हनुमते नमः


वृष राशि

वृष राशिको स्वामी शुक्र ग्रहलाई मानिन्छ । वृष राशिको धन सम्बन्धी सबै समस्या समाधानका लागि माता दुर्गाको पूजा गरेमा लाभदायक हुनेछ । तल दिएको मन्त्र जप गरेमा वित्तिय समस्या अन्त्य भएर जानेछ ।

मन्त्रः ‘ऊँ श्री दुर्गादेव्यै नमः


मिथुन राशि

मिथुन राशिको स्वामी ग्रह बुध हो । मिथुन राशि भएकाहरुले भगवान गणेशको पूजाआराधना गरेमा प्रसिद्धी प्राप्त गर्ने छन् । तल दिएको मन्त्र जप गरेमा नोकरी तथा व्यवसायमा आएका समस्या दूर भएर जानेछन् ।

मन्त्रः ‘ऊँ गं गणपतये नमः


कर्कट राशि

चन्द्र ग्रह कर्कट राशिको स्वामी हो । ज्योतिषअनुसार चन्द्रमामा भगवान शिवको राज रहेको हुन्छ । त्यसैले कर्कट राशि भएकाले धन सम्बन्धि लाभ प्राप्त गर्न भगवान शिवको पूजा गर्नुपर्दछ । यो मन्त्र दैनिक जप गरे फल प्राप्त हुनेछ ।

मन्त्रः ‘ऊँ नमः शिवायः


सिंह राशि

सिंह राशिको स्वामी ग्रह सूर्य हो । सिंह राशि भएकाले भगवान सूर्यको पूजा गर्ने तथा हरेक बिहान सूर्यलाई अर्घ्य चढाएमा उर्जा प्राप्त हुनेछ । यो मन्त्र जप गरे लाभ मिल्नेछ ।

मन्त्रः ‘ऊँ सूं सूर्याय नमः


कन्या राशि

कन्या राशिको स्वामी बुध ग्रहलाई मानिन्छ । यस राशि भएकाले भगवान गणेशको पूजा गरेमा शीघ्र धन लाभ प्राप्त गर्नेछन् । यो मन्त्र दैनिक बिहान बेलुका जप गरेमा लाभ प्राप्त हुनेछ ।

मन्त्रः ‘ऊँ गं गणपतये नमः

 

ज्योतिषीय परामर्श सम्बन्धि जानकारीको लागि यहाँ हेर्नुहोला।


तुला राशि

तुला राशिको स्वामी शुक्र ग्रह हो । तुला राशि भएकाले देवी लक्ष्मीको पूजा गर्नुपर्दछ । लक्ष्मी त्यसै पनि धनकी देवी भएकाले देवी लक्ष्मीलाई प्रसन्न गरेको खण्डमा धन सम्बन्धि समस्याको समाधान हुनेछ । तल दिएको मन्त्रको जप गरेमा लक्ष्मीको वृद्धि हुने विश्वास छ ।

मन्त्रः ‘ऊँ श्री महालक्ष्म्यै नमः


वृश्चिक राशि

वृश्चिक राशिको स्वामी ग्रह मंगललाई मानिन्छ । वृक्षिक राशि भएकाले भगवान हनुमानको पूजा गरे लाभ प्राप्त गर्नेछन् । यो मन्त्र जप गरे शारीरिक पीडा तथा धन सम्बन्धि पीडा अन्त्य भएर जाने मानिन्छ ।

मन्त्रः ‘ऊँ हं हनुमते नमः


धनु राशि

धनु राशिले बृहस्पति ग्रहसँग सम्बन्ध राख्छ । धनु राशी भएकाहरुका लागि भगवान विष्णुको पूजाआजा शुभ हुनेछ । तल दिएको मन्त्रको दैनिक जप गरेमा व्यवसायमा लाभ प्राप्त हुनेछ ।

मन्त्रः ‘ऊँ श्री विष्णवे नमः


मकर राशि

मकर राशिको स्वामी शनि ग्रहलाई मानिन्छ । शनि वा हनुमानको पूजा गरेमा मकर राशी भएकाले लाभ प्राप्त गर्नेछन् । तल दिएको मन्त्र जप गरेमा बाधा अड्चन हट्ने र सुख-शान्ति मिल्नेछ ।

मन्त्रः ‘ऊँ शं शनैश्चराय नमः


कुम्भ राशि

कुम्भ राशिको स्वामी ग्रह पनि शनि नै हो । शनिको गुरु भगवान शंकरलाई मानिन्छ । त्यसैले यस राशि भएकाले शनिका साथै भगवान शंकरको पनि पूजा गर्न आवश्यक छ । तल दिएको मन्त्र हरेक दिन बिहान र बेलुका १०८ पटक जप गरेमा सबै प्रकारको दुःख हट्नेछ ।

मन्त्रः ‘ऊँ महामृत्यंजयाय नमः


मीन राशि

मीन राशिको स्वामी बृहस्पतिलाई मानिन्छ । यो राशि भएकाले भगवान नारायणको ध्यान तथा मन्त्र जप गरेमा धनसम्बन्धि समस्या हटेर जानेछ । तल दिएका मन्त्रको जप गरेमा शुभ फल मिल्नेछ ।

मन्त्रः ‘ऊँ नारायणाय नमः

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish