प्रत्येक व्यक्ति आफ्नो जीवनमा खुसी, समृद्धि, धन, प्रसिद्धि र सम्मान आदि चाहन्छ। यस्तो अवस्थामा ऊ बिहान सबेरै उठेर शौचाचार गरेर शुद्ध भएर भगवानको आराधना गर्दछ ताकि भगवान सधै उसको अनुकूल भएर भगवानको कृपा प्राप्त होस् । उसको सबै अवरोध हटेर जीवनमा खुसी मिलोस्। नि:सन्देह भाग्य भगवानको अधीनमा छ, तर हामीले यो बुझ्नु आवश्यक छ कि भगवानले त्यसको मद्दत गर्नुहुन्छ, जसले आफ्नो मद्दत गर्दछ । यसको मतलब यो हो कि तपाईं आफैले पहिलो कदम चाल्नु पर्छ। तपाईंले सर्वप्रथम यो निर्णय गर्नुपर्छ कि तपाईं के चाहानुहुन्छ र तपाईं आफ्नो विचारमा प्रष्ट भएर अगाडि बढेपछि भगवानले तपाईलाई सफलताको बाटो देखाउनुहुनेछ। यो कुरा सधैं याद राख्नुहोस् कि भाग्यले तपाईंलाई तब मात्र साथ दिन्छ जब तपाईं कडा मेहेनत गर्नुहुन्छ।
नि:सन्देह, आजको आधुनिक युगमा पनि हाम्रो ज्योतिषशास्त्रमा विश्वास कायम रहेको छ । हामी कर्म र भाग्य दुवैमा विश्वास गर्ने भएकाले ज्योतिष शास्त्र हाम्रो जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ। हामी प्राय कुनै महत्वपूर्ण काम गर्नुअघि ज्योतिषीसंग परामर्श गरेर त्यो काम आफ्नो लागि सहि छ कि छैन र त्यो कामको लागि उपयुक्त समय छ कि छैन त्यो हेरेर मात्र काम गर्दछौँ । उदाहरणको लागि, हामी धन प्राप्त गर्नको लागि लक्ष्मीको पूजा गर्छौं। सबैको जीवनमा यस्तो समय आउँछ जब हामी हाम्रो फाइदाको लागि केहि ज्योतिषीय उपचारहरू प्रयोग गर्दछौं। यी सुझावहरू वा उपचारहरूमा हाम्रा समस्याहरू समाधान गर्ने शक्ति छ भन्ने विश्वास गरिन्छ।
हिन्दू धर्ममा बुधवारलाई शुभ मानिन्छ र यस दिनमा पहिलोपल्ट भगवान गणेशको पूजा गर्नु शुभ परिणाम दिन्छ। नेपालमा मङ्गलबार गणेशको पूजा गर्ने प्रचलन रहेको छ, तर बुधबार पनि गणेशको पुजाको लागि राम्रो रहेको छ। ज्योतिष अनुसार यदि बुध तपाईको कुण्डलीमा राम्रो स्थितिमा छैन भने तपाईंले बुधको खराब प्रभाव कम गर्न बुधबारको दिन पुजा गर्न सक्नुहुन्छ। कुनै पनि नयाँ काम सुरु गर्नु र नयाँ रोजगारीको अवसरमा जानु अघि भगवान गणेशको पूजा गर्दा सफल हुने सम्भावना बढ्छ भन्ने विश्वास छ। त्यसकारण, बुधवार भगवान गणेशको पूजा गर्दा सौभाग्यको प्राप्ति हुन्छ । त्यसोभए आज यस लेखमा हामी तपाईंलाई बुधवारको दिनमा के गर्नु उपयुक्त भनेर बताउनेछौं।
बुधबार यो काम गर्नुहोस्-
सबै समस्याबाट मुक्त हुनका लागि बुधबार हरियो लुगा लगाएर मन्दिर जानु पर्छ।
भगवान् गणेशलाई मन्दिरमा पहेलो फूल र मोदक चढाउनु पर्छ।
यसपछि 'ऊँ गं गणपतये नमः' यो मन्त्र १०८ पटक जप गर्नुपर्दछ ।
यदि तपाइँको बच्चाको पढाईमा मन लाग्दैन भने बुधबार उसलाई गणेश रुद्राक्ष धारण गराउनुहोस् ।
ज्योतिष शास्त्रका अनुसार बुधवार दक्षिण, पूर्वी दिशाको यात्रा गर्नु शुभ मानिन्छ।
यस दिन कृषि सम्बन्धित वस्तुहरू, व्यापारिक वस्तुहरू वा सेयरहरू खरीद गर्नका लागि शुभ मानिन्छ।
यो बुधवार पैसा सम्बन्धि अर्थात् बैंकिंग, फाइनान्स आदिसँग सम्बन्धित काम गर्न लाभदायक मानिन्छ।
यदि तपाई नयाँ गाडी चलाउन सिक्न चाहानुहुन्छ र टेक्नोलोजीको क्षेत्रमा नयाँ केहि सिक्न चाहानुहुन्छ भने बुधबार धेरै नै शुभ हुनेछ।
बुध ग्रहको खराब प्रभावहरू हटाउन ज्योतिषीसँग परामर्श गरेर बुधवार पन्ना लगाउनु पर्छ
भगवान गणेशको आशीर्वाद पाउन गाईलाई बुधवार हरियो घाँस खुवाउनु पर्छ।
सबै चाहना पूर्ण गर्न र समस्याहरू हटाउन बुधवार भगवान गणपतिलाई सिन्दूर चढाउनु पर्छ।
यदि तपाईंलाई व्यवसायमा धेरै समस्याहरू छन् भने बुधबार भगवान गणेशलाई दुबो चढाउनुहोस् ।
बुधवारको कपाल काट्न, नङ काट्न, दाह्री काट्न आदिका लागि राम्रो दिन हो।