लग्न भनेको के हो ?
वैदिक ज्योतिषमा लग्नले त्यो क्षणलाई जनाउँछ जब आत्मा पृथ्वीमा आफ्नो नयाँ शरीरसँग एकजुट हुन्छ। व्यक्तिको जन्मको समयमा पूर्व क्षितिजमा जो राशि उदित हुन्छ त्यसको कोणलाई लग्न भनिन्छ।
लग्न निर्धारण कसरी गरिन्छ?
जन्म कुण्डलीमा १२ भावहरु हुन्छन्। यी १२ भावहरु मध्ये पहिलो भावलाई लग्न भनिन्छ। लग्नको निर्धारण बच्चाको जन्मको समयमा पूर्वी क्षितिजमा उदय हुने राशिको आधारमा गरिन्छ। यदि पूरै आकाशलाई ३६० डिग्री मानेर त्यसलाई १२ भाग लगाउँदा १ राशिको ३० डिग्री हुन्छ। यीनै १२ राशिमध्ये कुनै एक राशि जन्म समयमा पूर्वमा स्थित हुन्छ र यहिँ राशि जन्म समयमा लग्नको रुपमा निर्धारण गरिन्छ।
लग्न समयको अवधि
लग्नको समय करिब दुई घण्टाको हुन्छ। त्यसकारण दुई घण्टा पछि स्वचालित रूपमा लग्न परिवर्तन हुन्छ। कुण्डलीमा अन्य भावको तुलनामा लग्नलाई सबैभन्दा महत्त्वपूर्ण मानिएको छ। लग्न भावले व्यक्तिको स्वभाव, चासो, विशेषता र चरित्र आदि गुणहरु प्रकट गर्दछ। केवल लग्नको आधारमा व्यक्तिको प्रकृति र विशेषताहरूको बारेमा धेरै जानकारी दिन सकिन्छ।
ज्योतिषशास्त्रमा लग्न कुण्डलीको ठूलो महत्त्व छ। व्यक्तिको जन्मको समयमा आकाशमा पूर्व दिशामा उदित हुने राशिलाई नै लग्नको संज्ञा दिइन्छ। व्यक्तिको जन्म कुण्डलीको बाह्र भावमध्ये प्रथम भावलाई लग्न भनिन्छ। प्रत्येक लग्नको लागि केहि ग्रह शुभ हुन्छन् भने केहि ग्रह अशुभ हुन्छन्।
यदि कुण्डलीको पहिलो घरमा-
यसरी आफ्नो लग्नको बारेमा जान्न सकिन्छ।