ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धिको कारक मानिन्छ। बुध जुन प्रकृतिको ग्रहसँग रहेका हुन्छन्, त्यहि ग्रह अनुसारको परिणाम दिन्छन्। त्यसैले बुध ग्रहको गतिविधिको धेरै महत्व रहेको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह रहेका छन् भने बुधबार पनि बुध ग्रहसँग सम्बन्धित छ। चन्द्रमा तथा ताराका पुत्र बुध ग्रहले हाम्रो शरीरमा चर्म अर्थात् छालाको पनि प्रतिनिधित्व गर्दछन्। कुण्डलीमा मातुल अर्थात् मावली तथा साथीभाईको विचार पनि बुध ग्रहबाट गर्ने गरिन्छ बुध ग्रहको प्रभावको कुरा गर्दा यो ग्रहको फल यो कुरामा निर्भर गर्दछ कि बुध ग्रह कस्तो प्रकृतिको ग्रहको साथमा रहेका छन् वा गोचररत छन्। यदि बुध ग्रहको युति शुभ ग्रहसँग छ भने यसले राम्रो परिणाम दिन्छ र यदि बुध ग्रहको युति अर्थात् यो ग्रह पाप ग्रहसँग गएर रहेको छ भने यसले नकारात्मक परिणाम दिन सक्छ। २०७९ फागुन १३ गते विहान ०७:१० मा बुध ग्रह कुम्भ राशिमा प्रवेश गर्दैछन्।आउनुहोस् जानौं बुध ग्रहको कन्या राशिको गोचरले १२ राशिका व्यक्तिहरुमा पार्ने प्रभाव-
मेष राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
बुधको गोचर तपाईंको राशिबाट एकादश अर्थात् एघारौँ भावमा रहन्छ। तपाईंले यो समयमा एक समृद्ध र भाग्यशाली समयको अपेक्षा गर्न सक्नुहुन्छ। व्यावसायिक रूपले तपाईंले लाभ प्राप्त गर्नुहुनेछ र व्यापारमा असाधारण रूपले राम्रो प्रगति हुनेछ । यसका साथै यदि तपाईं यात्रा-सम्बन्धि सेवाहरु वा बिक्रीवितरण सम्बन्धि क्षेत्रहरुमा हुनुहुन्छ भने तपाईं सफल हुन सक्नुहुन्छ। तपाईंले प्रभावशाली र नयाँ साथीहरु बनाउन सक्नुहुन्छ।
कन्या राशिमा बुधको गोचरको कुम्भ राशिमा प्रभाव
वृष राशिबाट दशम भावमा बुध यस गोचर अवधिमा रहन्छ, जसलाई कर्मक्षेत्र पनि भनिन्छ । यो नयाँ काम सुरु गर्नको लागि राम्रो समय हो भने कामको खोजीमा रहेका जातकलाई पनि यो गोचरको समयमा काम मिल्न सक्छ। व्यवसायमा रहेका व्यक्तिहरुले यो समय आफ्नो व्यवसायमा विभिन्न परिवर्तनहरु गर्न सक्नेछन्।
मिथुन राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
तपाईंको राशिबाट नवम भावमा बुधले गोचर गर्दैछन्। यो समयमा वैवाहिक सम्बन्धमा रहेका व्यक्तिहरुमा विश्वास र समझदारीको वातावरण बन्नेछ। तपाईं यो समयमा आध्यात्मिकता र दार्शनिक अध्ययन प्रति आकर्षित हुन सक्नुहुन्छ। तपाईं काममा निष्ठाको साथ लागिरहन सक्नुहुन्छ भने व्यवसाय गर्नेहरुको क्षेत्र विस्तार हुन सक्ने समय छ।
कर्कट राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
यस अवधिमा बुध ग्रह तपाईंको राशिबाट अष्टम अर्थात् आठौँ भावमा रहन्छ, जुन तपाईंको लागि चुनौतीपूर्ण हुन सक्छ। यो समयमा तपाईंको स्वास्थ्यमा समस्या तथा मानसिक तनाब बढ्न सक्छ, त्यसैले खानपान सतर्क हुनुका साथै योग तथा ध्यान गर्नुपर्छ। आफ्ना शत्रूहरुले हानि गर्न सक्ने भएकाले शत्रूहरुबाट सतर्क रहनुपर्छ। व्यवसायको लागि समय केहि अनुकूल रहन सक्छ भने विद्यार्थीले पनि यो समयमा पढाईमा सफलता पाउन सक्छन्।
कुम्भ राशिमा बुधको गोचरको सिंह राशिमा प्रभाव
बुधको गोचर तपाईंको राशिबाट सप्तम भावमा रहन्छ, जुन तपाईंको लागि अनुकूल समय रहन्छ। यो समयमा पारिवारिक सम्बन्ध सुमधुर बन्न सक्छ। व्यवसायबाट नाफा तथा क्षेत्रविस्तार हुन सक्छ भने काम गर्नेहरुले काम सफलता र मानसम्मान प्राप्त गर्न सक्ने समय छ।
कन्या राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
यस गोचर अवधिमा बुध ग्रह तपाईंको राशिबाट छैटौँ भावमा रहन्छ। यो समयमा उचित दृढ़ संकल्प र आत्मविश्वासले तपाईंलाई मदत गर्नेछ। वैवाहिक जीवनमा केहि असमझदारी हुन सक्छ। यस समयमा वादविवाद तथा शेयर बजार तथा अन्य निवेशबाट पनि बच्नुपर्नेछ, किनभने यो समयमा गरेको निवेशले घाटा हुन सक्छ। यो समयमा स्वास्थ्यमा समस्या तथा मानसिक तनाब पनि बढ्न सक्छ।
तुला राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
बुध तपाईंको राशिबाट पंचम भावमा रहन्छ । बुध ग्रहको कुम्भ राशिमा गोचर तपाईंको लागि भाग्यशाली रहन सक्छ। तपाईंलाई सन्तानहरुबाट खुसी र सन्तोष प्राप्त हुन सक्छ। तुला राशिका जातकहरुले आफ्नो कार्यस्थलमा आफ्नो सर्वश्रेष्ठ प्रयास गर्नुपर्ने हुन सक्छ, यस अवधिमा तपाईंले कुनै महत्वपूर्ण जिम्मेबारी प्राप्त गर्न सक्ने योग छ। व्यक्तिगत वा व्यवसायिक यात्रा गर्नुपर्ने हुन सक्छ।
वृश्चिक राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
बुध ग्रहले वृश्चिक राशिबाट चतुर्थ भावमा गोचर गर्नेछन्। वृश्चिक राशिका जातकहरुको लागि यो समय उतारचडावपूर्ण रहन सक्छ। आमाको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले विशेष ध्यान राख्नुपर्छ। साथीहरुबाट विश्वासघात वा धोका हुन सक्ने भएकाले विचार गर्नुपर्नेछ। आफ्नो कार्यक्षेत्रमा केहि नयाँ गर्नाले त्यसबाट लाभ प्राप्त हुन सक्छ।
धनु राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
बुध तपाईंको राशिबाट तृतीय वा तेश्रो भावमा रहन्छ, जसलाई 'पराक्रम क्षेत्र' पनि भनिन्छ। यो अवधिमा तपाईंले आफ्नो उर्जामा वृद्धि देख्नुहुनेछ र आफुलाई उत्साही महसूस गर्नुहुनेछ। तपाईं सामाजिक काममा सहभागी हुन सक्नुहुन्छ। यो समयमा तपाईं आफ्नो भाई-बहिनीको विषयलाई लिएर केहि चिन्तित हुन सक्नुहुन्छ। जागिर गर्ने व्यक्तिहरुलाई यो समयमा पदोन्नति हुन सक्छ भने व्यवसाय गर्नेहरुले यो समय यात्रा गर्नुपर्नेछ।
मकर राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
मकर राशिबाट बुध द्वितीय अर्थात् दोश्रो भावमा रहन्छ, यो भाव संचित धनको घर हो। यो समयमा तपाईंको पारिवारिक तथा अन्य क्षेत्रहरुमा खर्च बढ्न सक्ने सम्भावना रहन्छ र विभिन्न घरेलु उपकरणको खरिदमा पनि खर्च हुन सक्छ। यो समयमा पारिवारिक मतभेद हुन सक्ने भएकाले विवादबाट बच्नुपर्छ र यो समयमा कसैलाई उधारो वा सापटी नदिंदा राम्रो हुन्छ।
कुम्भ राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
कुम्भ राशिमा बुधको गोचरले तपाईंलाई मजबूत स्थिति प्रदान गर्दछ । व्यापारमा नाफा र आम्दानीको विभिन्न अवसर प्राप्त हुन सक्छ। पहिले गरिएको मेहेनतको पनि राम्रो परिणाम प्राप्त हुन सक्छ। यो समयमा तपाईंलाई भाग्यले पनि राम्रो साथ दिनेछ। यसको साथै तपाईंको काममा पनि पद तथा प्रतिष्ठामा वृद्धि हुन सक्छ।
मीन राशिको लागि बुधको कुम्भ राशिमा गोचरको प्रभाव
यस गोचरको समयमा बुध ग्रह तपाईंको राशिबाट द्वादश अर्थात् बाह्रौ घरमा गोचर गर्नेछ। यस समयमा तपाईंको खर्चमा अकस्मात् वृद्धि हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ। विदेश यात्राको कोसिस गर्ने जातकहरुलाई यो समयमा राम्रो परिणाम प्राप्त हुन सक्छ। यो समयमा तपाईंको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
ज्योतिषमा बुध (Mercury) ग्रहको महत्व र यसले मानव जीवनमा पार्ने प्रभाव