सोह्रश्राद्ध कहिले पर्दछ ? श्राद्धमा के-के कर्म गर्नुपर्छ ?

सोह्रश्राद्ध कहिले पर्दछ ?

प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृ पक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । 

श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता अनुसार  श्रद्धा अनुसार  गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । 

 

श्रद्धया क्रियतेयत्र तच्छाद्धं परिकीर्तितम् ।” 
अर्थात् –पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ ।

 

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । 
पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ।। 

देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राम्हणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यस प्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ ।

 

एक छाके बस्नु भनेको यस दिन अपरान्हपछि मात्र एक छाक खानुपर्छ  । दोस्रो दिन अर्थात् श्राद्धको दिनमा शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाइँलाई खाना खुवाएपश्चात दान दक्षिणा गर्ने गरिन्छ। 

 

हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ ।  शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ । आफ्नो पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । एक पार्वण श्राद्ध औँसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एकपार्वण श्राद्ध पनि भनिन्छ ।

 

श्राद्ध गर्दा श्राद्ध गर्ने अधिल्लो दिनमा कपाल खौरने र एक भक्त रही ब्रह्मचर्य आदिको नियमको पालना गर्ने यसै दिनलाई नै एक छाके अर्थात हबिष्य पनि भनिन्छ – एक छाके भनेको यस दिन अपरान्हपछि मात्र एक छाक खानुपर्छ र श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्मणलाई निमन्त्रण दिने गर्नुपर्छ । दोस्रो दिन अर्थात् श्रद्धाका दिनमा शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाइँलाई खाना खुवाएपश्चात दान दक्षिणा गर्ने गरिन्छ । 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish