कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! ध्यानपूर्वक सुन-फेरि कुनै दिन शिवजीलाई वन-विहार गर्ने इच्छा भयो र कसैलाई पनि थाहा नदिई श्लेष्मान्तक वनमा मृग-स्वरूप भई अनेक मृग-मृगीहरूका साथ परम आनन्दले रहन लाग्नुभयो । यता पार्वतीले महादेवलाई नदेखी अनेक स्थानमा खोजिन्, तर कहीं भेट्टाउन नसकी-महादेवले अघि पनि मलाई यसै गरी दुःख दिनुभयो, अब फेरि कहाँ जानु भयो होला! भनी ध्यान-दृष्टिले विचार गर्दा श्लेष्मान्तक वनमा मृगरूप धरेर विहार गरिरहेको थाहा पाइन् र आफू पनि वाग्मती नदीको किनारमा गएर अनेक कष्ट खपी तपस्या गर्न लागिन। कैलासमा शिव-पार्वती, दुवैलाई नदेखी ब्रह्मादि देवताले स्थान-स्थानमा खोजी गरे, तर कहीं पनि पत्ता पाउन सकेनन् र हार मानी आफाफ्ना आश्रममा जान लाग्दा बागमती नदी किनारमा पार्वतीलाई तपस्या गरिरहेकी देखेर सबै देवताहरूले प्रणाम गरी सोधे- हे जगत्माता! कैलासमा हजुर र महादेव बिना संसारै शून्य जस्तो भयो र हामीहरू असहाय अनाथ जस्ता भयौं, अब हामी माथि दया गरेर महादेव कहाँ हुनुहुन्छ, आज्ञा हवस्। फेरि हजुर पनि यस्तो स्थानमा आएर एक्लै किन बस्नु भएको हो, यी सबै कुरा हामीलाई आज्ञा हवस्। यति देवताहरूको प्रार्थना सुनी पार्वती भन्नुहुन्छ-'हे देवता हो! महादेव यतै आउनु भएको हुनाले म उनैको आराधना गरेर यहाँ बसेकी हुँ।
श्लेष्मान्तक वनको नैऋत्य कोणमा यौटा जंगल र सरोवर छ। महादेव त्यहीं मृगस्वरूप भएर वन-विहार गर्दै हुनुहुन्छ। कस्तो मृग भने सुवर्णको जस्तो वर्ण भएको, तीन नेत्र र एक सीङ भएको, मृगहरूको समूहमा सबैभन्दा ठूलो मृग स्वरूप धारण गरेर बस्नुभएको छ। अब तिमीहरू त्यहीं गएर खोजी गर अनि महादेवको दर्शन पाउने छौ।' पार्वतीको वचन अनुसार देवताहरूले 1. त्यहीं गई खोजी गरे तर पाउन सकेनन्। ब्रह्मा, विष्णु, इन्द्र तीनै देवताले अनेक स्तुति गर्दै खोज्न लागे। उसै वेला अकस्मात् लाखौं मृगको यौटा समूह देखे। त्यही फौजका माझमा अत्यन्त राम्रो तीन नेत्र, एक सीङ र सुवर्ण झैं वर्ण भएको सबैभन्दा ठूलो मृगलाई परैबाट देखे। त्यस मृगलाई आउन लागेको यी तीनै देवताले देखेर अलि नगीच गई बिन्ती गरे-हे भगवन्! कैलास शून्य भएको धेरै दिन भयो। हे दयासागर! हामी त्रिदेव ब्रह्मा, विष्णु, इन्द्रमाथि दया गरी दर्शन दिनुहवस्।' यस्तै अनेक स्तुति गर्दै मृगरूप शिवका नगीचै गए। आफूतिर आउन लागेका देवतालाई देखेर रुद्र-मृग उफ्री-उफ्री भाग्न लागे। रुद्रमृगको त्यस्तो चाला देखेर विष्णु भगवान भन्नु हुन्छ-'हे देवेन्द्र! हामीहरूको प्रार्थनाले महादेव चैतन्य हुने भएनन्। अब हामी तीन व्यक्तिले तीन तर्फबाट घेरा दिएर समातौं।
विष्णुको यस्तो वचन सुनेर 'हुन्छ' भनी तीन देवताले तीनतिर उभिई घेरा दिएर रुद्र-मृगको सीङको जरामा विष्णुले र माझमा ब्रह्माले, टुप्पामा इन्द्रले बलपूर्वक 'समाते। ती त्रिदेवले समाउना साथ रुद्र-मृग अन्तर्धान भए। सीङ मात्र त्रिदेवका हातमा रह्यो। त्रिदेवले बेसरी, समातेका हुनाले त्यो सीङ तीन टुक्रा भई तीनै देवताका हातमा एक-एक टुक्रा आयो। त्यस्तो भएको देखेर- यो हामीले ठूलो अपराध गन्यौं, साहै अनर्थ भयो, अब के गर्ने? भन्दै तीने देवता-हे शम्भो! हामीहरूको, यो अपराध क्षमा गरिबक्सियोस् भनी स्तुति गर्नलागे। ब्रह्मा, विष्णु र इन्द्रले त्यसरी स्तुति गरेको देखेर दयाका सागर महादेव प्रसन्न भई ज्योतिःस्वरूपको दर्शन दिनुभयो। अनि देवताहरू खुसी भई दण्डवत् प्रणाम गर्दा भए। अनि महादेव आज्ञा गर्नुहुन्छ-'हे, देवता हो! तिमीहरूको स्तुतिले म प्रसन्न भएँ वर माग।' महादेवको त्यस्तो आज्ञा सुनेर ब्रह्मा, विष्णु र इन्द्र विन्ती गर्दछन्!-हे प्रभो! हजुरको ध्यान कहिले पनि नबिसौं, सदा हाम्रो हृदयमा रहिरहोस्। अरू हामीलाई केही पनि वर चाहिन्न, केवल हजुरका चरणको भक्ति चाहन्छौं।' देवताहरूको त्यस्तो वचन सुनेर महादेवले 'तथास्तु' भन्नुभयो।
फेरि तीनै देवताले भने-'हे ईश्वर! यो हजुरको सीङ तीन टुक्रा पारेको हामीहरूको अपराध क्षमा गरी यी सीङका तीन टुक्रा के गर्ने हो? आज्ञा हवस्।' अनि शिवजीले आज्ञा गर्नुभयो-' हे देवता हो!
मेरो सीङ तीन टुक्रा पारेको तिमीहरूलाई कुनै अपराध लाग्दैन र शंका मान्नु पर्दैन। वरू इन्द्रका हातको इन्द्रलोकमा, ब्रह्माका हातको मर्त्यमण्डल नेपालको गोकर्ण भन्ने स्थानमा र विष्णुको पातालमा लगेर स्थापना गर्नू।' यति शिवजीको आज्ञा सुनी ब्रह्मा, विष्णु र इन्द्र तीनै देवताले दण्डवत् प्रणाम गरी बिदा भएर उपरोक्त तीनै स्थानमा सीङ स्थापना गरेर आफाफ्ना आश्रममा गए। अनि महादेव सरासर गएर तपस्या गरिरहेकी पार्वतीलाई काखमा लिई त्यहाँबाट अन्र्धान भएर कैलास पर्वतमा पुगी नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत पिशाच, प्रमथगण सहित भइ परम आनन्दसाथ रहनुभयो।
हे मुने! त्यसपछि नैऋत्य कोण लंकापुरीबाट दसशिर रावण नित्य गोकर्ण आएर श्रीमहादेवका चरणमा दण्डवत् गरी नाच-गान गरी तपस्या गरेर जान्थ्यो। त्यही क्रमले निकै दिन बितेपछि एक दिन शिवजीले विष, भाड, धतुरो खाई अचेत भइरहेको बेला रावण आएर दण्डवत् गरी नाच-गान र मृदङ्ग बजाई स्तुति गर्न लाग्यो र दिगम्बर शिव प्रसन्न हुनुभयो। अनि हे रावण! तेरो तपस्या र सेवाले म प्रसन्न भएँ, वरदान माग। जे मागे पनि दिन्छु। मेरो निम्ति संसारमा अदेय केही, पनि छैन।' महादेवको यस्तो वचन सुनी रावण भन्दछ 'हे ईश्वर! हजुरको कृपाले मसँग सबै वस्तु छ, मलाई केही पनि चाहिन्न।' रावणको त्यस्तो कुरा सुनी महादेवले फेरि आज्ञा भयो-'हे रावण! केही एक थोक नमागी सुख पाउन्नस्, लौ माग।' शिवको त्यस्तो इच्छा बुझी रावणले मनमा विचार गन्यो-' अब मैले माग्ने कुरा, के छ र माग्ने? महादेवका काखमा बसेकी सकल लक्षण युक्त पार्वती नै माग्दछु' यस्तो निश्चय गरेर, बिन्ती चढायो-'हे प्रभो! मलाई अरू केही पनि चाहिन्न, केवल यौटी पार्वती बक्सनुहवस्' भन्यो र महादेवले 'लौ लैजा' भनेर पार्वती जिम्मा लगाइदिनुभयो।
रावण जगत्माता पार्वतीलाई पीठमा बोकेर शिवजीसँग बिदा मागी हिंड्यो। यो सबै कुरा वैकुण्ठनाथ विष्णुले थाहा पाई 'अनर्थ हुन आँट्यो' भन्दै तत्काल हावाभन्दा पनि शीघ्रगतिले मोहिनी रूप धारण गरी रावणकहाँ पुगेर भन्नुभयो-'हे महाशय! तिमी को हौ? कहाँबाट आइरहेका छौ? पीठमा बोकेकी सुन्दरी को हुन्? किन बोकेर ल्यायौ र कहाँ लैजाने विचार छ?' रावणले भन्यो-'हे सुन्दरी! लंकापुरीको राजा रावण भनेको मै हुँ। मेरो तपस्याले प्रसन्न भई महादेवले मलाई 3. आफ्नी स्त्री पार्वती दिनुभयो र यी तिनै पार्वती हुन् म यिनलाई बोकेर लंकापुरी जाँदैछ।' यति रावणको कुरा सुनी मोहिनी भन्न लागिन्-हे वीर रावण! के तिमीलाई लाज लाग्दैन? के ती पार्वती हुन्? तिमीलाई छलेर महादेवले मायाद्वारा रचेकी यी स्त्री दिएछन्, तिमी जस्ता राजा र वीर व्यक्तिले यस्ती स्त्री पीठमा बोकेर हिंडेको कसैले देखे के भन्लान्? यी पार्वती होइनन्। तिमीलाई महादेवले झुक्याएछन्। बरू पार्वती लैजाने इच्छा भए म तिमीलाई पार्वती पाइने स्थान बताइदिन्छु सुन। महादेवले आसन गरी राखेको बाघको, छालाभित्र साँच्चिकी पार्वती लुकाइ राखेका छन्, त्यही मागेर लैजाऊ। यति भनी अनेक हाउ-भाउ कटाक्षले छोपी मोहिनीरूप विष्णुले कुरा गर्दा रावणको चित्त. बुझ्यो र पार्वतीलाई त्यहीं छाडेर आफू फेरि कैलास, पुग्यो।
यता विष्णुले पार्वतीलाई वैकुण्ठ लगी पूजा र सत्कार गरेर राखे। उता महादेव कुचेष्टा भइरहेकै थिए, त्यसै वेला रावण पुगेर बिन्ती गन्यो-'हे ईश्वर! | हजुरले मलाई छलेर पार्वती भनी मायाले थौटी स्त्री, बनाई दिनुभएछ, त्यो कुरा थाहा पाई मैले बाटैमा फालेर आएँ। दिने इच्छा भए हजुरले आसन गरी राखेको बाघको छाला भित्रकी पार्वती दिनुहवस्। रावणले यति भनेको सुनी महादेवले ध्यान-दृष्टिले विचार गर्दा पार्वतीलाई विष्णुले लगेछन् भन्ने थाहा पाई मायाले यौटी स्त्री उत्पन्न गरेर आसन गरिराखेको बाघको छाला भित्रबाट झिकेर 'लौ लैजा' भनी दिनुभयो। रावण अत्यन्त प्रसन्न भएर माया रचित स्त्रीलाई पीठमा बोकी लंकापुरी गयो। यता विष्णुले पार्वतीलाई महादेवकहाँ पुयाई वैकुण्ठ जानुभयो।
कुमारजी भन्नुहुन्छ-हे अगस्त्य मुनी। एक चित्त । भएर सुन-एक दिन महादेवले पार्वतीसित सल्लाह गरी 'मानसरोवर' तलाऊमा राजहंस भएर जल-क्रीडा गर्न जानु भएको थियो। त्यसै मौकामा 'अन्तःपुर', नामको नगरमा बस्ने यौटा जालन्धर थियो। त्यसकी. वृन्दा नामकी अत्यन्त पतिव्रता स्त्री थिइन्। एक दिन ती दुवै पति-पत्नी बसेर ठट्टा गरिरहेका थिए, त्यसै, बखत जालन्धर अकस्मात् बेसरी हाँस्यो र वृन्दाले सोधिन्-'हे स्वामी ! किन यसरी हाँस्नु भयो?' जालन्धरले भन्यो-'हे वृन्दा! तिमी जस्ती सुन्दरी पत्नी अरू कसकी होली भन्ने लागेर हाँसेको हुँ । अरु कुनै कारण होइन। ' वृन्दाले उत्तर दिइन्-'हे स्वामी! म के राम्री छु र? महादेवकी स्त्री पार्वतीलाई देखे के गर्नुहोला?' वृन्दाको, यस्ता कुरा सुनी जालन्धरले भन्यो-'हे स्त्री! यो कुरा सत्य हो? त्यसो भए म पार्वतीलाई छल्न जान्छु। यति कुरा गरी मायाले महादेवको रूप धारण गरी कैलास पुग्यो। पार्वतीले महादेव आउनुभयो भनी सुनको कमण्डलु लिई पाउ धुन ढोकामा आइन् र पार्वतीलाई देख्नासाथ महादेव रूपधारी जालन्धर मूर्छा परेर लड्यो।
अनि पार्वतीले ध्यान-दृष्टिले विचार गर्दा आफूलाई छल्न महादेवको रूप धारी जालन्धर आएको थाहा पाई द्वारपाललाई भनिन्-'हे नन्दी, भृङ्गी! यहाँ कोही । आए पनि मलाई नसोधी भित्र पस्न नदिनू भनी आफू कसैले नदेख्ने स्थानमा गएर लुकी रीसले चूर भई विष्णुको आराधना गरिन्। पार्वतीले क्रोधित भएर आराधना गरेको विष्णु भगवानले थाहा पाई गरुडमा चढेर तत्काल कैलास पर्वतमा पार्वतीकहाँ पुग्नुभयो र-हे पार्वती! मलाई किन आराधना गरेकी? भनी सोध्नु भयो। अनि पार्वती भन्दछिन्-'हे विष्णु! महादेव जल-क्रीड़ा गर्न मानसरोवर तलाऊमा राजहंस भई आनन्द, मनाउँदै हुनुहुन्छ। यही मौकामा मलाई छल्न महादेवको रूप धारण गरी पापिष्ट जालन्धर आयो र मैले थाहा नपाई महादेव पाल्नु भयो भनी पाउ धुन बाहिर ढोकामा जाँदा मलाई देख्नासाथ मूर्छा परी भूमिमा ढलेको देख्दा महादेव भए मलाई देख्नासाथ मूर्च्छित हुनु पर्दैनथ्यो, यो कुन पापी मलाई छल्न आयो होला भनी ध्यान-दृष्टिले विचार गर्दा जालन्धर रहेछ भन्ने जानी द्वारपाललाई 'यहाँ कोही आए पनि भित्र नपठाउनू"
भन्ने आदेश दिएर यहाँ आई तपाईंको आराधना गरेकी हूँ। अब जे गर्नुपर्ने हो, तत्काल गर्नुहवस्।' यति पार्वतीको वचन सुनी विष्णु भगवान भन्नु हुन्छ 'हे पार्वती माता ! पापिष्ठ जालन्धरले तपाईंलाई दगा गर्न मायारूप धारण गरेर आएपछि म गएर त्यसकी पतिव्रता स्त्री वृन्दाको सत्य डगाएर आउँछु, यसमा कुनै शंका छैन। म पहिले मानसरोवर गएर महादेवलाई यहाँ पठाइदिन्छु।' यति भनेर पार्वतीसित बिदा भई ठूलो वेगले मानसरोवरतिर जाँदा भए।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्य्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां विष्णुमानसरोवरगमनंनाम षोडशोऽध्यायः ।। १६।।
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।