बृहस्पति ग्रहको मीन राशिमा गोचर: कस्तो होला तपाईंको जीवनमा यसको असर ?

देवताहरुको गुरु ‘बृहस्पति’ ग्रहले शनिको राशि कुम्भलाई छोडेर आफ्नो राशि मीनमा गोचर गर्दैछन्। बृहस्पतिलाई राशिचक्रको दुई राशि धनु र मीन राशिको स्वामित्व प्राप्त छ। २०७८ चैत्र २६ गतेदेखि बृहस्पति मीन राशिमा गोचर गर्दैछन्। बृहस्पति ग्रह २०७९ सालभरि मीन राशिमा नै रहन्छन्। 

ज्योतिषमा गुरु अर्थात् बृहस्पति ग्रहलाई सर्वोच्च ज्ञानका साथै न्याय, विकास, आध्यात्मिक, भावनात्मक तथा मानसिक स्थितिको कारक मानिन्छ। गुरु बृहस्पतिको बुद्धिमान, उदारता, धर्म, विश्वास, दर्शन, विवाह, संतान, शिक्षा, सौभाग्य, पुरस्कारको अवसर तथा कानूनको साथ विशिष्ट सम्बन्ध छ। यी विशेषताले युक्त बृहस्पति ग्रहको मीन राशिको प्रभाव तपाईंलाई तथा अन्य राशिका व्यक्तिहरुको कस्तो पर्न सक्छ ?, हामी यो विषयमा चर्चा गर्नेछौं। 

आउनुहोस् जानौं बृहस्पति ग्रहको मीन राशिको गोचरको विभिन्न राशिहरुमा पर्ने प्रभाव-

 

मेष राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव: 
मेष राशिले शिरको प्रतिनिधित्व गर्दछ । यो चर स्वभाव तथा अग्नि तत्वको राशि हो।  बृहस्पति ग्रहको मीन राशिमा गोचरको समयमा मेष राशिका व्यक्तिहरुले उचित योजनापूर्वक कामहरु गर्नुपर्ने हुन्छ । यसका साथै तपाईंले आफ्नो लक्ष्य प्राप्त गर्नको  लागि अन्तिम सम्म  प्रयास गर्नुपर्छ। गुरुको गोचरले तपाईंलाई एकान्त तथा लामो दूरीको यात्राको लागि प्रेरित गर्न सक्छ। तपाईं आध्यात्मिकता तिर आकर्षित हुन सक्नुहुन्छ।  गोचरको अवधिमा तपाईंले मांगलिक अथवा धार्मिक कार्यमा धन खर्च गर्न सक्नुहुन्छ। अनावश्यक खर्चले पनि तपाईंलाई सताउन सक्छ। काम तथा व्यवसाय राम्रो नै रहन सक्छन् भने स्वास्थ्य भने केहि कमजोर रहन सक्छ।

 

वृष राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:
बृहस्पति ग्रहको मीन राशिमा गोचर गर्नाले वृष राशिलाई कार्यक्षेत्रमा ठूलो पद मिल्ने सम्भावना रहन्छ। विद्यार्थीहरुको लागि यो समय पढाईमा सफलताको लागि राम्रो रहन्छ। यो समयमा गरिएको कामले दीर्घकालीन लाभ हुन सक्छ। आम्दानीमा वृद्धि, मनोकामनाहरुको पूर्ति, जेठा दाजु तथा दिदीबाट लाभ मिल्न सक्छ। यो समयमा शासन तथा सरकारबाट चमत्कारिक सहयोग मिल्न सक्छ। यस समयमा तपाईंको लक्ष्य तथा आशाहरु पुरा हुने, रोकिएको कामहरु पुरा हुन्छन्। जीवन प्रति सकारात्मक तथा आत्मविश्वासी दृष्टिकोण बन्न सक्छ। 

 

मिथुन राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:
यो समयमा तपाईंको समाजमा मानसम्मान प्रतिष्ठा तथा आदर बढ्न सक्छ। बौद्धिक क्षेत्रमा महत्वपूर्ण सफलता प्राप्त हुन सक्छ। बृहस्पति ग्रहले मीन राशिमा गोचर गर्ने समयमा तपाईंले राम्रो धन कमाउन सक्नुका साथै ऐश्वर्यवान् र सुखी हुन सक्नुहुन्छ। कार्यक्षेत्रमा निरन्तर सफलताको प्रयासरत रहन सक्नुहुन्छ, व्यापारमा नयाँ साधन तथा नयाँ प्रकारको काम गर्ने मौका मिल्नेछ । भाई वा पिताको कारोबारबाट धन की प्राप्ति हुन सक्छ।

 

कर्कट राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:  
यस गोचरको समयमा तपाईंलाई सफलता प्राप्त गर्न अगाडि बढ्ने मौका मिल्नेछ। यो अवधिमा जो जातक पारिवारिक व्यापार वा कार्य छन् तिनीहरुलाई लाभ मिल्नेछ । यो समयमा तपाईं पराक्रमी र यशस्वी हुन सक्नुहुन्छ। बृहस्पति गोचरको प्रभावले तपाईं  जग्गा वा घर पनि खरिद गर्न सक्नुहुन्छ। तपाईंलाई  पिता, दाजु तथा मित्रबाट लाभ मिल्न सक्छ । तपाईंका सबै रोकिएका कामहरु पूरा हुन्छन् र तपाईंको कारण परिवारलाई मान सम्मान र प्रतिष्ठा मिल्न सक्छ।

 

सिंह राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:
बृहस्पतिको मीन राशिको गोचर गर्ने समयमा तपाईंलाई गुप्त कार्य वा अनुसन्धान सम्बन्धि काममा सफलता मिल्न सक्छ।  तपाईंले यो समयमा पत्नीबाट वा पत्नीको सहयोगले धन प्राप्त गर्न सक्नुहुन्छ। यो गोचरबाट तपाईंलाई पैतृक सम्पत्तिबाट धन प्राप्त हुने योग बन्छ। यो समयमा तपाईंको शारीरिक संरचनाले अरुलाई आकर्षित गर्दछ तर यो समय स्वास्थ्यलाई लिएर केहि चिन्तित हुनुपर्ने समय हुन्छ। चिकित्सा तथा कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई अति उत्तम लाभ मिल्नेछ। कुनै पनि कार्य गर्नुभन्दा अगाडि राम्रोसँग सोच विचार गर्ने र आफ्नो आफ्नो आफन्तहरु प्रति लगाव राख्नुपर्छ।

 

कन्या राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:
बृहस्पतिले मीन राशिमा गोचर गर्नाले विवाहित जातकहरुलाई खुसी जीवन प्राप्त हुन सक्छ। जुन जातकको विवाह तय हुनेवाला छ, तिनीहरुलाई उत्तम पत्नी प्राप्त हुन सक्छ, जातक र उसको पत्नीको बीच राम्रो समझदारी बन्न सक्छ। यो समय कारोबारी जातकहरुको लागि उत्तम रहेकाले यो समयमा राम्रो लाभ मिल्न सक्छ। जागिर पेशा गर्ने जातकहरुलाई यो गोचर अवधिमा प्रसिद्धि र विभिन्न अवसर मिल्न सक्छ। राजनीतिमा कार्यरत जातकले यो समयमा उच्च पद प्राप्त गर्न सक्छ। तपाईं यो समयमा कानूनी तथा व्यापारको सम्झौता पनि यो समयमा गर्न सक्नुहुन्छ। विदेश  यात्रा पनि हुन सक्छ भने मधुर वाणीको कारण र आफ्नो व्याख्यान तथा नेतृत्व क्षमताको कारण तपाईंलाई उचित सम्मान मिल्न सक्छ।

 

ज्योतिष परामर्शको लागि +9779880798240 मा सम्पर्क गर्न सक्नुहुन्छ भने हामीलाई सोहि सम्पर्क नम्बरबाट Whatsapp मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।

 

तुला राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:
बृहस्पतिले मीन राशिमा गोचर गर्नाले तपाईंको कानून तथा न्याय सम्बन्धि कार्यहरु सफल रहन सक्छन्। यो समयमा तपाईंलाई कुनै पुरानो बिरामीले समस्या पर्न सक्छ। यो समयले तपाईंलाई धैर्यवान बनाउँछ र  प्रतियोगी परीक्षाहरुमा सफलता दिलाउँछ। यो समयमा ऋणको लेनदेन, जागिर परिवर्तन, स्थान परिवर्तन पनि हुन सक्छ । कुण्डलीमा बृहस्पति ग्रह राम्रो छ भने यो समयमा तपाईंलाई मानसम्मान र पुरस्कार मिल्ने सम्भावना पनि बन्दछ। सन्तानको कारणले सम्मान प्राप्त हुन सक्छ।

 

वृश्चिक राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:
बृहस्पति मीन राशिको गोचरले व्यापारी जातकहरुलाई सफलता मिल्न सक्छ । नयाँ  व्यवसाय शुरू गर्ने विचार आउन सक्छ। बृहस्पतिको गोचरले तपाईंलाई शेयर बजार, रचनात्मक कार्य, राजनीती, कानून, धर्म, दार्शनिक, धार्मिक वा सांस्कृतिक क्षेत्रहरुमा लाभ दिन सक्छ। तपाईंलाई समाजको हर वर्गबाट प्रेम र उनको नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ। तपाईंको दयालुता र विनम्रताले तपाईंलाई श्रेष्ठ व्यक्ति बनाउँछ। प्रेमको नयाँ सम्बन्ध  बन्न सक्छ भने विवाहको अवसर पनि आउन सक्छ, धन कमाउन तपाईंको लागि यो राम्रो समय हुन सक्छ। कार्यक्षेत्रको लागि यो गोचरको अवधि राम्रो छ।  यो अवधिमा तपाईंको बच्चा वा सन्तानप्रति अधिक लगाव हुन सक्छ।

 

धनु राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:
यो गोचरले धनु राशिका जातकहरुलाई सुख र  माताको कारणबाट सफलता देला  । यो समयमा तपाईं आत्मविश्वासी ,खुसि, कठिनभन्दा कठिन परिस्थितिमा आफुलाई नियन्त्रण गर्न सक्नुहुन्छ। यो अवधिमा तपाईं मजबूत निर्णय लिने क्षमता राख्न सक्नुहुन्छ । तपाईंले यो समयमा घर, पसल, वाहन, विभिन्न वस्तु र भोग विलासको वस्तुहरुको आनन्द प्राप्त गर्न सक्नुहुन्छ। घर, जग्गा र भूमि सम्बन्धित कार्यहरुसँग सम्बन्धित जातकले लाभ गर्नेछन्। बृहस्पति मीन राशिमा आउनाले तपाईं पवित्र वा धार्मिक कार्य गर्नमा दक्ष हुन सक्नुहुन्छ र  आफ्नो परिवारलाई पनि उच्च सम्मान दिलाउन सक्नुहुन्छ । राजनीतिसँग सम्बन्धित व्यक्तिहरुको लागि अति उत्तम समय रहेकाले पद प्राप्तिको योग बन्न सक्छ।

 

मकर राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:
गुरुको मीन राशिको गोचरले तपाईंलाई समझदार र चतुर बनाउँछ। मित्र, भाई बहिनीबाट लाभ मिल्न सक्छ। यो गोचरको समयमा तपाईं धार्मिक यात्रामा जान सक्नुहुन्छ। धर्म प्रति अधिक झुकाव रहन सक्छ। तपाईंले आफ्नो परिश्रमको कारण आफ्नो पहिचान बनाउन सक्नुहुन्छ र यो समयमा गरिएको कामले तपाईंलाई दीर्घकाल सम्म लाभ दिन सक्छ। यो समयमा तपाईंले आफुलाई अरुलाई सहयोग गर्न र आफ्नो इच्छा पुरा गर्न लगाउन सक्नुहुन्छ।  गोचरको प्रभावले एउटाभन्दा धेरै आयआर्जनको बाटो बन्न सक्छ। मीडिया, प्रकाशन, लेखन, गणित, विज्ञान आदि क्षेत्रसँग सम्बन्धित जातकले सफलता प्राप्त गर्नेछन्।

 

कुम्भ राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव:
बृहस्पतिको मीन राशिको गोचरले तपाईंलाई सरकारी कार्यहरुमा सफलता दिलाउने काम गर्नेछ। तपाईंलाई यो समयमा धन लाभ हुनेछ। जो जातक बहुमूल्य धातु तथा रत्नसँग सम्बन्धित काममा  शामिल हुन्छन् उनीहरुलाई अप्रत्याशित लाभ मिल्न सक्छ । यदि तपाईं कुनै कानूनी प्रक्रियामा फस्नुभएको छ भने यो समयमा तपाईंलाई सहयोग मिल्न सक्छ । यो समयमा तपाईं आफ्नो  गुण जस्तै बोल्ने क्षमता, भाषण, मीडिया, फिल्म डायरेक्शन, कविता र कपडासँग सम्बन्धित कार्यहरुमा सफल हुन सक्नुहुन्छ। यो अवधिमा तपाईंले प्रसिद्धि प्राप्त गर्न सक्नुहुन्छ र एक सन्तोषजनक जीवन जिउन सक्नुहुन्छ। तपाईं ज्ञान र बुद्धिको बलको कारण राम्रो पद, मान र धन अर्जित गर्नमा सफल हुन सक्नुहुन्छ। 

 

मीन राशिमा बृहस्पतिको मीन राशिको गोचरको प्रभाव: 
बृहस्पतिको मीन राशिको गोचरको समयमा तपाईंलाई एकभन्दा अधिक क्षेत्रमा लाभ मिल्न सक्छ। तपाईंले गर्नुभएको कुनै पनि कार्यबाट यो समयमा राम्रो लाभ प्राप्त हुन्छ र मानसम्मान पनि मिल्छ।  सन्तान सुखको प्राप्ति हुन सक्छ र सन्तानको कारण तपाईंलाई खुसी मिल्न सक्छ। यो समयमा दिएको कुनै पनि परीक्षा तथा प्रतियोगितामा तपाईं सफल हुन सक्नुहुन्छ। नयाँ व्यापार शुरू गर्ने तथा नोकरीमा कुनै ठूलो पदमा तपाईंको चयन हुन सक्छ। शत्रु परास्त हुन्छन् र आउनेवाला समयको लागि धन सन्चय र नयाँ व्यक्तिहरुसँग परिचय हुने समय छ। 

 

नोट:  यो लेख सामान्य ज्योतिषीय गोचर फलको सिद्धान्तको आधारमा तयार पारिएको हो । तपाईंको कुण्डलीको ग्रहस्थिति तथा दशाको अवस्था अनुसार  गोचर फल भिन्न हुन सक्छ। 

 

ज्योतिष परामर्शको लागि +9779880798240 मा सम्पर्क गर्न सक्नुहुन्छ भने हामीलाई सोहि सम्पर्क नम्बरबाट Whatsapp मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish