वि. सं. २०८२ सालको स‌ङ्क्रान्ति अनुसार मासफल

वि.सं. २०८२ सालको मासफल

सङ्क्रान्तिको वार सूर्य ग्रहले राशि परिवर्तन गरेको दिनको आधारमा फल प्रस्तुत गरिएको छ।

वैशाख
सोमवार सङ्‌क्रान्ति परेको छ। दक्षिणी हावा चल्नेछ। धान्यादि वस्तुहरू सस्ता हुनेछन् । घ्यू तेल र किराना सामानको मूल्य बढ्‌नेछ । पाँचवटा सोमवार र अक्षयतृतीयामा रोहिणी नक्षत्रको संयोग हुनु राम्रो देखिन्छ । राष्ट्रमा राम्रा कामहरू हुनेछन् । जनताले सुखको अनुभूति गर्नेछन् । आइतवार औंसी परेकाले दैवी एवं प्राकृतिक घटना र दुर्घटनासमेत हुनछ । आँधिहुरीले पशु चराचुरुङ्गीमा क्षति पुन्याउनेछ । दही, दुध र सागसब्जीको मूल्य बढ्नेछ।

जेठ
बुधवार वृष राशिमा सूर्यको प्रवेश भएकाले घ्यू, तेल आदि वस्तुको मूल्य बढ्नेछ तर कपडाको मूल्य घट्‌नेछ। चतुर्मासमा वर्षा कम हुनेछ । गर्मी बढ़नेछ। महिनाको तुरुमा झज्जावातको स्थिति रहेकोछ । राजनेताहरुमा वैमनस्यता एवं विश्वासको सङ्कट देखापर्नेछ। अग्निभय र दुर्घटना बढ्नेछन। महामारी रोगको विकासले कतैकतै जनधनको क्षति हुनेछ। महिनाको अन्त्यभागमा वर्षणको योग रहेको छ ।

असार
आइतवार सङ्क्रान्ति परेकाले लड़ाई र झगडा बढ्‌नेछन् । राज्य-राज्यबीच दुश्मनी बढ्नेछ। तापक्रम अत्यधिक बढ्‌नाले नयाँ-नयाँ रोगहरू देखापर्नेछन् । धान्यादि वस्तुहरुको मूल्य बढ्नेछ। महिनाको सुरुमै मनसुनी वर्षाका प्रभाव रहनेछ। आर्द्रा नक्षत्रमा सूर्यको प्रवेश नै वर्षाकारक योग हो। २२ र २३ गते व्यापक वर्षा हुनेछ । दुग्धजन्यपदार्थ र तैलजन्यपदार्थका मूल्य बढ्नेछ तर सुनचाँदीको मूल्य घट्नेछ । शेयर बजारमा सन्तोषजनक स्थिति देखापर्नेछ ।

साउन
बिहीवार स‌ङ्क्रान्ति परेकाले पहेंला वर्गका वस्तुहरूको मूल्य बढ्नेछ तर धान्यादि वस्तुहरूका मूल्य भने घट्नेछ । वर्षे वाली राम्रो हुनेछ। सबैतिर यज्ञअनुष्ठानहरूको आयोजनामा वृद्धि हुनेछ । दुग्धजन्यपदार्थको उत्पादन बढ़नेछ। फलफूलको मूल्य सामान्य रहनेछ। सागसब्जीको मूल्य बढ़नेछ। शेयरबजारमा चहलपहल बढ्‌नेछ । पहिलो हप्ता र १८ गतेदेखि २५ गतेसम्म वर्षणयोग रहेको छ। देशको पूर्वी तथा दक्षिणी भेगमा बाढीले हानी पुन्याउनेछ ।

भदौ
आइतवार स‌ङ्क्रान्ति परेको छ । शासकवर्गमा वैमनस्य उत्पन्न हुनेछ । महामारी रोगहरूका कारण जनजीवन प्रभावित हुनेछ । धान्यादि खाद्यान्नको मूल्य बढ्‌नेछ । भै-झगडा, चोरी डकैतीउता घटनाहरू बढ्‌नेछन्। शनिवारको औंसीले पनि दुःख निम्त्याउनेछ। कतैकतै खाद्यान्न आदि उपभोग्य वस्तुहरूको अभाव देखापर्नेछ। दुग्धजन्यपदार्थको उत्पादन बढ्‌नेछ। प्राकृतिक आप‌द्विपदका घटनाहरू बढ्‌नेछन् । कतै अनावृष्टि र कतै अतिवृष्टिको मारमा कृषकहरू पर्नेछन् ।

असोज
बुधवारको संक्रान्ति र आइतवारको औंसीका कारण घ्यू, तेललगायतका स्नेहासिक्त पदार्थहरूको मूल्य बढ्‌नेछ। हरिया तथा पहेंला तरकारीको मूल्य बढ्नेछ। कपडाको मूल्य सामान्य रहनेछ। पहिलो हप्ता र १०, ११ गतेको आसपास वर्षणयोग रहेको छ। बजारमा मुल्यवृद्धिसमेत हुनेछ । शेयरबजार सामान्य रहनेछ । व्यापारीवर्गले अधिक नाफा कमाउनेछन् । कतैकतै सम्प्रदायिक तनावसमेत देखापर्नेछ ।

कात्तिक
शुक्रवार तुला राशिमा सूर्यको प्रवेश र मङ्‌गलवारको औंसीका कारण सुन, चाँदीलगायत पशुजातिको मूल्यसमेत बढ्‌नेछ। घ्यू, तेलजस्ता स्नेहासिक्त पदार्थका मूल्य सामान्य रहनेछ । दुर्घटनाहरू बढ्‌नेछन् । उच्च प्रशासकीय पदहरूमा हेरफेर हुनेछ । रुघाखोकीजस्ता सर्दीजन्य रोगले जनजीवनलाई कष्टकर बनाउनेछ । राजनैतिक दलहरूबीच मतभेद बढ्ने र विश्वासको स‌ङ्कटसमेत देखापर्नेछ ।

मङ्सिर
शनिवार सूर्यको वृश्चिक राशिमा प्रवेश र गुरुवारको औंसीका कारण सर्दीजन्य रोगहरूबाट जनजीवन कष्टदायी बन्नेछ। लडाई, झै-झगडा, शासनसत्तामा सामान्य फेरबदलजस्ता घटनाहरू हुनेछन् । खाद्यान्नको मूल्य घट्‌नेछ । दिनको तापक्रम शरद्‌को भन्दा बढी नै रहनेछ। दुग्धजन्यपदार्थ र सागसब्जीको मूल्य घट्‌नेछ तर निर्माणसामग्रीको मूल्य बढ्‌नेछ । शैक्षिक संस्थाहरू समस्याग्रस्त रहनेछन्। महिनाको आरम्भमै वर्षाको योग रहेको छ ।

पुस
मङ्गलवार परेको स‌ङ्क्रान्ति र शुक्रवार परेको औंसीका कारण खाद्यान्नको मूल्यवृद्धि हुनेछ । राता वर्णका सामग्रीहरुको मूल्यमा असामान्य वृद्धि हुनेछ । लडाई, झै-झगडाको वातावरण बन्नेछ। शासकवर्गमा मतभेद र बेमेलको स्थिति देखिनेछ। शीतलहर र हिमपातका कारण जनजीवन कष्टदायी बन्नेछ। सर्दीजन्य रोगले अधिकांशलाई दुख दिनेछ साथै अग्निभयको स्थितिसमेत रहेको छ। शेयरबजारमा निराशाका स्थिति देखापर्नेछ । नयाँ राजनैतिक सङ्कट देखापर्नेछ ।

माघ
बुधवार परेको स‌ङ्क्रान्ति आइतवार परेको औंसीका कारण घ्यू तेलजस्ता स्नेहासिक्त पदार्थहरूको मूल्य बढ्‌नेछ तर लत्ताकपडाको मूल्य भने घट्नेछ। हिमपात, तुसारो र शीतलहरका कारण जनजीवन कष्टकर बन्नेछ। वायुयानका साथै अन्य सवारीसाधनहरूको दुर्घटनाना समेत वृद्धि हुनेछ। खाद्यान्नको मूल्य बढ्‌नेछ । १७ र १८ गते मेघबादलसहित बर्षाको योग रहेको छ । शेयरबजार राम्रो रहनेछ। कतैकतै साम्प्रदायिक घटनाहरु देखा पर्नेछन् । राजनैतिक समस्याले निकास पाउनेछ ।

फागुन
शुक्रवार स‌ङ्क्रान्ति र मङ्गलवार औंसी परेका कारण जनताल सुखको अनुभव गर्न पाउनेछन् । सुनचाँदी आदि गरगहना र हात्ती, घोडा, भैंसीलगायतका पशुचौपायको मूल्य बढ्‌नेछ । दुग्धजन्य पदार्थ र खाद्यान्नको मूल्य स्थिर रहनेछ। सागसब्जी आदि तरकारीको मूल्यमा उतारचढाव आउनेछ । कतैकतै झञ्जावातले धनजनको क्षति गराउनेछ।  निर्माण सामग्रीहरूको अभाव देखापर्ने र मूल्यसमेत वृद्धि हुनेछ। 

चैत
शनिवार मीन राशिमा सूर्यको प्रवेश र. बिहिबारको औंसीका कारण हानीनोक्सानी बढ्‌नेछ । कतैकतै महामारी रोगसमेत देखापर्ने छ। आंधिहुरी र अग्निकाण्डले धनजनको क्षति गराउनेछ । कतैकतै खाद्यान्न आदि उपभोग्य वस्तुहरुको अभाव देखिनेछ । शासनसत्तामा सामान्य परिवर्तन हुनेछ। शेयरबजारमा मन्दी आउनेछ । राजनैतिक दलहरूमा मतभेद बढ्ने र विश्वासको स‌ङ्कटसमेत देखापर्नेछ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish