जलेन वृष्टिमाप्नोति व्याधिशान्त्यै कुशोदकै: ।
दध्ना च पशुकामाय श्रिया इक्षुरसेन च ।
मध्वाज्येन धनार्थी च मुमुक्षुस्तीर्थवारिणा ।
पुत्रार्थी पुत्रमाप्नोति पयसा चाभिषेचनात् ।
वन्ध्या वा काकवन्ध्या वा मृतवत्सा च याङ्गना ।
सद्य: पुत्रमवाप्नोति पयसा चाभिषेचनात् ।
अर्थ: भगवान् शिवलाई शुद्ध जलले अभिषेक गर्दा वर्षा हुने, कुशको जलले अभिषेक गर्दा रोगनाश हुने, दहीले अभिषेक गर्दा पशुबाट लाभ हुने, उखुको रसले अभिषेक गर्दा धन प्राप्त हुने, मह तथा घ्यूले अभिषेक गर्दा धन प्राप्त हुने, तिर्थको जलले अभिषेक गर्दा मोक्ष प्राप्ति हुने, दुधले अभिषेक गर्दा पुत्र प्राप्ति हुने, वन्ध्यास्त्री या मृतवत्सा स्त्रीले गाईको दुधले अभिषेक गरे सन्तति प्राप्त हुने कुरा शास्त्रोक्त वचन रहेको छ ।