आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन ९ गते शुक्रबार, फाल्गुन कृष्णपक्ष अष्टमी), Daily Horoscope of Friday 21th February 2025

आजको पञ्चाङ्ग

वि. सं. :       २०८१ फागुन ९ गते शुक्रबार

इ.सं. :         21th February 2025 (Friday)

सूर्योदय:       बिहान ६:३८ बजे

सूर्यास्त:        बेलुका १७:५८ बजे

तिथि :          अष्टमी ०८:३३ सम्म, तत्पश्चात् नवमी 

पक्ष :            फाल्गुन कृष्णपक्ष

नक्षत्र :          अनुराधा १२:५९ सम्म, तत्पश्चात् ज्येष्ठा

योग :            व्याघात ०९:३४ सम्म, तत्पश्चात् हर्षण 

करण :          कौलव ०८:३३ सम्म, तत्पश्चात् तैतिल 

चन्द्रराशि:       वृश्चिक

ऋतु :             शिशिर

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पुराना समस्याहरू सुल्झने संकेत छन्। शुभचिन्तकको साथ पाइनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रभाव जमाउने समय हो। अघिल्लो मिहिनेतबाट धन लाभ हुने छ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको संकेत छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

इच्छाशक्ति बलियो बन्नेछ, प्रयास सफल हुनेछन्। परिवारमा आत्मीयता बढ्नेछ। फुर्सदको घडी रमाइलो हुने सम्भावना छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समयको सही उपयोग नगर्दा अवसर छुट्न सक्छ। दौडधुप धेरै तर प्रतिफल कम हुनेछ। योजना बनाउँदा सजग रहनु उत्तम हुनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ आम्दानीको ढोका खुल्नेछ। साझेदारी लाभदायक हुनेछ। व्यवसायिक उचाइ चुम्न सकिनेछ। कर्मको सम्मान पाइनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक फाइदा नभए पनि महत्वपूर्ण जिम्मेवारी आउन सक्छ। आत्मबल प्रयोग गरे सामाजिक रूपमा चम्किने समय छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथीहरूको साथमा अड्किएका काम बन्नेछन्। दीर्घकालीन लाभका लागि आजको मिहिनेत महत्वपूर्ण हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा समय लाग्नेछ, यात्रा पनि हुन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। धैर्यले सफलता दिलाउनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पढाइ, व्यापार र आम्दानी तीनैमा सुधार हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ । प्रतिस्पर्धा बिना अवसर प्राप्त हुने संकेत छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कानुनी वा विवादास्पद मामिलामा सफलता। सानो प्रयासले ठूलो उपलब्धि दिलाउन सक्छ। सहयोगीहरूको साथ पाइनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेम र पारिवारिक सम्बन्ध बलियो बन्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ। आर्थिक लाभ औसत रहनेछ।

https://hamrojyotish.com

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish