आजको पञ्चाङ्ग र राशिफल (२०८१ पुष २८ गते आइतबार, पौष शुक्लपक्ष चतुर्दशी), Daily Horoscope of Sunday 12th January 2025

आजको पञ्चाङ्ग

वि. सं. :       २०८१ पुष २८ गते आइतबार

इ.सं. :         12th January 2025 (Sunday)

सूर्योदय:       बिहान ६:५८ बजे

सूर्यास्त:        बेलुका १७:२७ बजे

तिथि :          चतुर्दशी २८:४९ सम्म, तत्पश्चात् पूर्णिमा

पक्ष :            पौष शुक्लपक्ष

नक्षत्र :          मृगशिरा ११:२७ सम्म, तत्पश्चात् आर्द्रा

योग :            ब्रह्म ०९:३६ सम्म, तत्पश्चात् ऐन्द्र

करण :          गर १७:२३ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि:       मिथुन

ऋतु :             हेमन्त

अयन :           दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुने योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । राम्रो धन आर्जन गर्न सकिने समय छ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ । मिश्रित प्रभाव भएको दिन भएकाले  प्रतिस्पर्धी सँग सतर्क रहनु राम्रो हुन्छ । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएकाहरूका लागि आज समय  शुभ छ । हिम्मतले काम बनाउन सकिने छ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज समय सामान्य रहनेछ । काममा ढिलासुस्ती हुनसक्छ । पढाइलेखाइमा उचित ध्यान दिनुपर्छ । व्यापार व्यवसायमा सामान्य मात्र फाइदा हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्ने भएकाले सतर्क रहनुपर्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ ।  व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन र  मन प्रसन्न रहनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय राम्रो छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ ।  कीर्तिमानी काम गर्ने समय छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय सामान्य छ । अरूका काममा समय बित्न सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।  व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट फाइदा पुग्न सक्छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काम सुरु गर्न उचित समय छैन । मिहिनेत अनुसार प्रतिफल प्राप्त नहुन सक्छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय राम्रो छ । घरायसी समस्या समाधान हुनेछ। मनोरञ्जनात्मक कार्यमा सहभागी हुन सकिन्छ। स्वास्थ्यमा सुधार हुनेछ।  विविध चुनौती र अवसर आउन सक्छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि समय शुभ रहेको छ । प्रयत्न गर्दा कामबाट फाइदा उठाउन सकिन्छ । यात्राबाट लाभ प्राप्त हुनेछ । शत्रुको पराजित हुनेछन् । रोगव्याधिको प्रकोप कम हुनेछ । व्यापारमा फाइदाको योग छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज स्वास्थ्य राम्रो रहन सक्छ भने मानसिक चिन्ता हट्ने समय छ। सन्तान हुनेहरुको सन्तान सम्बन्धि चिन्ता हुन सक्छ। विद्यार्थीले पढाईमा मेहनत गर्दा उचित प्रतिफल प्राप्त गर्न सक्छन्। व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि समय सामान्य रहनेछ । नयाँ काम तथा व्यवसायमा लाग्नको लागि समय त्यति अनुकूल देखिंदैन। स्वास्थ्यमा केहि कमजोरीको अनुभूति हुन सक्छ। पहिलेबाट गर्दै आएको कामबाट भने सामान्य लाभ मिल्न सक्छ। पारिवारिक क्षेत्रमा मतभेद हुन सक्ने भएकाले सचेत रहनुपर्छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish