साप्ताहिक राशिफल वि. सं. २०८१ मङ्सिर ९ गतेदेखी १५ गते सम्म (Weekly horoscope of 24th To 30th November 2024)

साप्ताहिक राशिफल (वि. सं. २०८१ मङ्सिर ९ गतेदेखी १५ गते सम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आयआर्जनमा अवरोधको सामना गर्नुपर्नेछ । मातापिता तथा मान्यजनको सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा अविश्वास बढ्ने देखिन्छ । स्वास्थ्य अनुकूल रहनेछ । वैदेशिक यात्राको योग छ । आफन्तको सहयोगले अधुरा कार्य सुचारु हुनेछन् । राजनीतिक गतिरोध कायमै रहनेछ । सामाजिक कार्य गर्ने अवसर जुट्नेछ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ ।  

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कृषि कार्यमा लाभ मिल्नेछ । निर्माण सामग्रीको कारोबार बढ्नेछ । स्वास्थ्य प्रतिकूल रहनेछ । आयआर्जनको क्षेत्रमा नयाँ अवसर मिल्ने देखिन्छ । पारिवारिक सम्बन्ध सामान्य रहनेछ । आफन्त तथा साथीभाइको सहयोग मिल्नेछ । पठन–पाठनमा प्रगति देखिँदैन । अचल सम्पत्तिको प्राप्तिका साथै स्थानान्तरणको योग पनि देखिन्छ । दाजुभाइ दिदीबहिनीबीच आत्मीयता बढ्नेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययन–अध्यापनमा सुधार आउनेछ । आफन्तको सहयोग पाइनेछ । यात्रामा कष्ट होला । शत्रुहरू सबल रहनेछन् । शारीरिक दुर्बलता बढ्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । कर्ममा विश्वास गर्ने हुँदा कार्यमा उत्साह र जाँगर भने कायमै रहनेछ । आर्थिक क्षति हुने योग छ । प्रेमी–प्रेमिकाबीच प्रगाढ सम्बन्ध कायम हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अध्ययन–अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नेछ । आयआर्जनमा सुधार आउनुका साथै नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ । अध्ययन–अध्यापन तथा परीक्षा अन्तर्वार्ता आदिमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तको सहयोगले दैनिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग छ । चिन्ता बढ्न सक्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार–व्यवसायबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिएला । रचनात्मक कार्यमा रुचि बढ्नेछ । साहित्यिक गतिविधि बढ्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । अचल सम्पत्तिको कारोबारमा लाभ मिल्ने छैन । पारिवारिक मनमुटाव बढ्न सक्छ । आयआर्जनमा वृद्धि हुनेछ । छालाको समस्या देखिन सक्छ । आर्थिक पक्ष सबल बन्नेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

गरगहना वा धन क्षय हुन सक्ने योग छ । पारिवारिक सद्भाव बढ्नेछ । यात्रामा कष्ट हुने देखिन्छ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ । वाणीको प्रभाव रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । चल सम्पत्ति प्राप्त हुने योग छ । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । 

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शत्रु सबल रहे पनि साथीभाइको सहयोगले कार्यमा सफलता मिल्नेछ । यात्रामा कष्ट पाइने देखिन्छ । सामजिक कार्यमा मन लाग्नेछ । आयआर्जन सन्तोषजनक रहनेछ । वैदेशिक कार्यमा अल्झन आउनेछ । पठन–पाठनमा रुचि बढ्नेछ । अचल सम्पत्तिको कारोबारबाट लाभ मिल्नेछ । अध्ययन–अध्यापनमा अवरोध आउनेछ । सन्तानबाट कष्ट पाइएला ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रशस्त आयआर्जन हुने योग छ । भूमि वाहन तथा घरघडेरीको कारोबार नगर्नु नै उचित रहनेछ । विदेश व्यापारबाट लाभ मिल्ने छैन । अनावश्यक झमेलामा परिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । रचनात्मक कार्यमा मन लाग्नेछ । आदर्श व्यक्तित्वको मार्गदर्शन प्राप्त हुनेछ । दाजुभाइ दिदीबहिनीबीच खटपट देखिनेछ । अध्ययन–अध्यापन अवरुद्ध रहनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दाम्पत्य जीवन सुखमय रहनेछ । शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अध्ययन–अध्यापनमा सुधार आउनेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । अवरुद्ध रहेका कार्य सुचारु हुनेछन् । साहित्य लेखन कार्यबाट लाभ मिल्नेछ । आलस्य बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । यात्रा कष्टदायक रहे पनि कार्य बन्नेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शत्रु परास्त हुनेछन् । मावलीको सहयोगले कार्यमा सफलता मिल्नेछ । साझेदारी व्यवसायमा विवाद उत्पन्न हुन सक्नेछ । चल सम्पत्तिको क्षय हुने योग छ । अनावश्यक खर्च वृद्धि हुनेछ । पति–पत्नीबीच सुमधुर सम्बन्ध कायम हुनेछ । व्यवसायमा प्रगति हुनेछ । समाजमा मान–सम्मान पाइनेछ । शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ । कृषि कार्यमा लाभ मिल्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । वैदेशिक व्यापारमा प्रगति हुनेछ । दैनिक कार्यमा मन जाने छैन । अनावश्यक खर्च बढ्नेछ । भूमि वाहन तथा घर घडेरीको कारोबार नगर्नु नै उचित रहनेछ । आयआर्जनमा सुधार आउनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पारिवारिक सम्बन्धमा सुधार आउनेछ । टाढिएका मित्रसँग भेटघाट हुनेछ । उत्साह बढ्नेछ । विपरीत लिंगीको सहयोगले राम्रो कामको थालनी हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । दाजुभाइको सहयोग रहे पनि शत्रुहरू सक्रिय रहनेछन् । स्वास्थ्यमा सामान्य समस्या आउनेछ । अध्ययन–अध्यापनमा खासै रुचि बढ्ने छैन । मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish