आजको पञ्चाङ्ग र राशिफल (२०८१ असोज २२ गते मङ्गलबार, आश्विन शुक्लपक्ष पञ्चमी), Daily Horoscope of Tuesday 8th October 2024

आजको पञ्चाङ्ग

वि. सं. :       २०८१ असोज २२ गते मङ्गलबार

इ.सं. :         8th October 2024 (Tuesday)

सूर्योदय:       विहान ०६:०० बजे

सूर्यास्त:        बेलुका १७:४० बजे

तिथि :          पञ्चमी ०७:१० सम्म, तत्पश्चात् षष्ठी

पक्ष :            आश्विन शुक्लपक्ष

नक्षत्र :          ज्येष्ठा २५:०७ सम्म, तत्पश्चात् मूल

योग :            सौभाग्य २८:४९ सम्म, तत्पश्चात् शोभन

करण :          बालव ०७:१० सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि:       वृश्चिक २५:०७ सम्म, तत्पश्चात् धनु

ऋतु :             शरद्

अयन :           दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ ।  परिवारजनसँग आत्मीयता बढ्नेछ । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा उचित समय दिन नसकिएला । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज साथीभाई तथा सहयोगीको मद्दतले बिग्रेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज काममा समय बित्न सक्छ। विना प्रयोजनको यात्रामा समय खर्चिनुपर्ने हुन सक्छ। स्वास्थ्य केहि कमजोर रहन सक्छ। काममा ढिलासुस्ती भएपनि मेहेनत गर्दा काम सफल हुन सक्छ। मनोरन्जनको क्षेत्र खर्च हुन सक्छ। 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज  प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गर्न सक्ने समय रहेको छ। आर्थिक लाभ सामान्य मात्र रहन सक्छ।

https://hamrojyotish.com

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish