वि. सं. २०८१ साल वैशाख महिनाको मासिक राशिफल

२०८१ साल वैशाख महिनाको राशिफल

मेष
मेष राशि हुनेहरुका लागि वैशाख महिना राम्रो  छ । व्यवसायमा प्रगति गर्न सक्ने र नोकरीमा पनि उन्नति हुन सक्ने समय रहेको छ।  नयाँ कामको थालनी गर्न सक्ने योग रहेको छ। पारिवारिक सहयोग पनि मिल्न सक्छ। आम्दानी र खर्च बराबर हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्ने छ।

वृष
वृष राशि हुनेहरुको लागि वैशाख महिना सामान्य रहन सक्छ। काममा ढिलासुस्तीको सामना गर्नुपर्छ भने साथीभाई तथा पारिवारिक साथ सहयोग पनि अपेक्षा अनुरुप नमिल्न सक्छ। आर्थिक व्यवस्थापनमा उचित ध्यान नदिँदा आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन सक्छ। खर्च बढ्ने तथा स्वास्थ्य केहि कमजोर रहन सक्ने समय रहेकाले ध्यान पूर्याउनुहोला। 

मिथुन
मिथुन राशि हुनेहरुका लागि वैशाख महिना राम्रो रहनेछ । आर्थिक क्षेत्रमा रहेका बाधाहरु हट्नुका साथै आम्दानीमा वृद्धि हुन सक्ने रहेको छ।  गरेका कामहरुबाट सफलता मिल्न सक्नेछ भने काममा नया अवसरहरु पनि मिल्न सक्ने समय छ।  व्यवसायको वृद्धि हुनुका साथै उचित लाभ पनि मिल्न सक्ने समय छ ।

कर्कट
कर्कट राशि हुनेहरुका लागि वैशाख महिना राम्रो रहनेछ । काममा पदोन्नति र नँया अबसरहरु मिल्न सक्छ भने व्यवसायबाट राम्रो लाभ र सफलता मिल्न सक्नेछ।  शत्रुहरुमाथि बिजय प्राप्त हुनेछ।  सुख र आनन्दको प्राप्तिका साथै राम्रो अन्न र वस्त्रको लाभ हुन सक्ने समय रहेको छ। 

सिंह
सिंह राशि हुनेहरुका लागि वैशाख महिना मध्यम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । छोटो यात्रा हुन सक्नेछ। कामबाट वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने समय छ।  काम वा व्यवसायमा भने केहि अवरोध आउन सक्ने सम्भावना छ। अनावश्यक विवादमा फस्न सक्ने भएकाले गर्दा बोल्दा विचार पुर्याउनुपर्ने देखिन्छ। 

कन्या
कन्या राशि हुनेहरुका लागि वैशाख महिना सामान्य रहन सक्नेछ । महिनाभर अष्टम भावमा गोचर गर्ने सूर्यले काममा अवरोध र व्यवसायमा घाटाको सामना गर्नुपर्ने हुनसक्छ भने विश्वास गरेकाहरुबाट पनि धोका हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ। नँया काम सुरु गर्न वा लगानीको लागि उचित समय रहेको छैन र पुरानै काममा अलिक धेरै मेहेनत गर्नुपर्ने रहेको छ।

तुला
तुला राशि हुनेहरुका लागि वैशाख महिना राम्रो रहनेछ। काममा वा व्यवसायबाट सोचेको जस्तो आम्दानी गर्न सकिएला। आर्थिक क्षेत्रमा रहेका बाधाहरु पनि हट्नेछन्  । परिवार वा आफन्तमा विवाद हुन सक्ने र शारीरिक अस्वस्थता हुन सक्ने रहेकाले गर्दा ध्यान दिनुपर्ने रहेको छ। जीवनसाथी तथा साझेदारबाट सहयोग मिल्न सक्छ। 

वृश्चिक
वृश्चिक राशि हुनेहरुका लागि वैशाख महिना राम्रो रहनेछ । व्यापार व्यवसायमा राम्रो उन्नति हुन सक्ने र नोकरीमा पदोन्नति मिल्न सक्ने सम्भावना पनि रहेको छ।  नँया कामको सुचारु गर्ने अवसर हरु पनि रहेका छन्। स्वास्थ्य सम्बन्धि समस्या आउनाले समस्या हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। 

धनु
धनु राशि हुनेहरुका लागि वैशाख महिना मध्यम रहनेछ । पराक्रममा वृद्धि र शत्रु माथि विजय प्राप्त हुन सक्ने रहेपनि काममा अवरोधको सामना गर्नुपर्ने हुन सक्ने भएकाले अलिक धेरै मेहनत गर्नुपर्ने छ। खर्चमा पनि केहि वृद्धि हुन सक्छ। राज्य वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने रहेको छ। 

मकर
मकर राशि हुनेहरुका लागि वैशाख महिना मध्यम  छ । आर्थिक क्षेत्रमा गरिएको मेहनतको राम्रो परिणाम मिल्न सक्नेछ। व्यवसायमा प्रगति गर्न सक्ने र नोकरीमा पनि उन्नति हुन सक्ने समय रहेको छ। शारीरिक असक्ततताले गर्दा भने काममा पूर्ण रुपमा ध्यान नजान सक्छ।  शत्रुहरुले काममा समस्या गर्न सक्ने भएकाले ध्यान दिनुपर्ने छ। 

कुम्भ
कुम्भ राशि हुनेहरुका लागि वैशाख महिना राम्रो रहनेछ । आर्थिक क्षेत्रमा सुधार हुनका साथै आम्दानीमा पनि वृद्धि हुनेछ । रोकिएका आर्थिक कारोबारहरु सफल हुनेछन। व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ ।  काममा ध्यान दिन नसक्दा समस्या आउन सक्ने भएकाले काममा लगनशील भएर लाग्नुपर्नेछ।

मीन
मीन राशि हुनेहरुका लागि वैशाख महिना सामान्य हुनेछ । दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई उचित तरिकाले उपयोग गर्न नसक्दा उपलब्धी हातबाट फुत्किन सक्छ । आर्थिक क्षेत्रमा  बाधाहरु आउन सक्ने रहेको छ।  व्यवसायबाट सोचे जस्तो सफलता नमिल्न सक्छ भने आएका  अवसरहरु पनि गुम्न  सक्छ।  महिनाको अन्त्यतिर व्यवसायबाट उचित लाभ मिल्न सक्छ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish