जन्मतिथि फल

तिथि फल
प्रतिपदा प्रतिपदा तिथिमा उत्पन्न भएको व्यक्ति दुर्जनको संगत गर्ने, कुलमा दुख दिने, व्यसनमा लाग्ने होला।
द्वितीया द्वितीया तिथीमा उत्पन्न भएको व्यक्ति अजितेन्द्रिय, परस्त्रीमा आसक्त, सत्य र शौच रहित, स्नेह-हीन हुनेछ।
तृतीया तृतीया तिथीमा उत्पन्न भएको व्यक्ति बुद्धि-हीन, अत्यन्त विकल, धनरहित, निष्फल र अन्य व्यक्तिसँग द्वेष गर्ने होला।
चतुर्थी चतुर्थी  तिथीमा उत्पन्न भएको व्यक्ति महाभोगी, दानी, साथीमा प्रेम भाव राख्ने, निपुण, सम्पति र घरपरिवारले युक्त होला।
पन्चमी पन्चमी तिथीमा उत्पन्न भएको व्यक्ति व्यवहार जान्ने, विभिन्न गुणले युक्त, आमा-बाबुको सेवा गर्ने, दान गर्ने, भोगी र सुक्ष्म प्रेम गर्ने होला।
षष्ठी षष्ठी तिथीमा उत्पन्न भएको व्यक्ति यात्रा गरिरहने, कलह प्रिय, पेटको रोगी होला।
सप्तमी सप्तमी तिथीमा उत्पन्न भएको व्यक्ति थोरैमा सन्तोष मान्ने, तेजस्वी, राम्रो गुणहरुले युक्त भएको, धनी र सन्तानले युक्त होला।
अष्टमी अष्टमी तिथीमा उत्पन्न भएको व्यक्ति धार्मिक, सत्य बोल्ने, दानी, भोगी, सबैको प्रिय, धेरै गुणहरुले युक्त भएको र सबै काम जान्ने होला।
नवमी नवमी तिथीमा उत्पन्न भएको व्यक्ति देवता प्रति विश्वास भएको, सन्तानले युक्त, धनी, स्त्रीमा धेरै आसक्त्त, शास्त्रको अध्धयन गर्ने होला।
दशमी दशमी तिथीमा उत्पन्न भएको व्यक्ति धर्म-कर्म जान्ने वा देवतामा विश्वास राख्ने, नेतृत्वको क्षमता भएको, गुणी, धनी, वेद जान्ने, आफन्तको प्रिय होला।
एकादशी एकादशी  तिथीमा उत्पन्न भएको व्यक्ति राज्य गर्ने खालको, पवित्र, धार्मिक, विवेकी, गुरुको सम्मान गर्ने र गुणी होला।
द्वादशी द्वादशी तिथीमा उत्पन्न भएको व्यक्ति चन्चल, ज्ञानी, क्षीणस्वभावको, यात्रा गरिरहने होला।
त्रयोदशी त्रयोदशी तिथीमा उत्पन्न भएको व्यक्ति धेरै ज्ञान भएको, इन्द्रियलाई जित्नमा समर्थ, हरेक काम सिद्ध गर्न सक्ने, सधै अरुलाई सहयोग गरिरहने होला।
चतुर्दशी चतुर्दशी तिथीमा उत्पन्न भएको व्यक्ति धर्ममा आस्था राख्ने, धन सम्पतिले युक्त भएको, साहसी, बोलीको पक्का, सबैको मान्य र धेरै कीर्ति भएको होला।
पुर्णिमा पुर्णिमा तिथीमा उत्पन्न भएको व्यक्ति धनी, बुद्धिमान, मिठो खान रुचाउने, यशस्वी, स्त्रीमा आसक्त होला।
औशी औशी तिथीमा उत्पन्न भएको व्यक्ति परद्वेषी, कुटिल, पराक्रमी, गूढमन्त्री र सम्यक ज्ञानी होला।

 

जन्मबार अनुसारको फल जान्नका लागि यहाँ हेर्नुहोस्।  

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish